दरबन्दी थप्ने उपकरण भने चलेपछि मात्र बजेट : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्यसमाचार/संघिय स्वास्थ्यमन्त्री र प्रदेश स्वास्थ्यमन्त्रीले बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षणपछि गर्नु भएको छ। संघिय स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनीका स्वास्थ्यमन्त्री राजु खनालले निरीक्षणपछि अस्पतालमा छलफल गरि जनशक्ति, भवन, उपकरण सबैको वारेमा जानकारी लिनु भएको छ। स्वास्थ्यमन्त्री बस्नेतले अस्पतालमा दक्ष जनशक्ति थप्न अर्थ मन्त्रालय सहमत भएको बताउदै आबश्यक सहयोगको लागी सरकार तयार रहेको बताउनु भयो। हाले क्यान्सर अस्पतालको अस्थायी दरवन्दी स्वीकृत क्याबिनेटमा गएको जानकारी दिँदै उहाँले आजै निर्णय हुने पनि बताउनुभयो । स्थानीयले मुठि दान गरेर क्यान्सर अस्पताल स्थापना गरेको भन्दै उहाँले यो अस्पताल यहाँका नागरिकको लागि…

भूकम्पपछि बझाङकी मनिषाले चौरमा बच्चा जन्माइन्

स्वास्थ्यसमाचार/भूकम्पपछि बझाङमा एक महिलालाई अस्पतालको चौरमा सुत्केरी गराइएको छ । जिल्लालाई नै केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण सुत्केरी हुन जिल्ला अस्पताल बुझाङ पुगेकी एक महिलालाई अस्पतालको चौरमा लगेर सुत्केरी गराइएको हो । अस्पतालका डाक्टर इन्द्र शाहका अनुसार तलकोट गाउँपालिका १ गोथीचौरकी २० वर्षीय मनिषा ऐडीले ३स/ २५ मिनेटमा बच्चालाई जन्म दिएकी हुन् । नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिएकी मनिषा र बच्चाको अवस्था सामान्य रहेको डाक्टर शाहले  जानकारी दिए । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६/३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको थियो।…

डाक्टर कुट्नेलाई धरौटी होईन सिधै जेल हाल्नुपर्छ :गगन थापा

स्वास्थ्यसमाचार/नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले डाक्टरहरूमाथि कुटपिट गर्नेलाई धरौटीमा छाड्न नहुने बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले डाक्टरमाथि कुटपिट गर्नेलाई जेल नै पठाउने कानुन बनाउन सांसदहरूले सहयोग गर्ने बताए । सम्झौता भएको २४ घण्टा नबित्दै डाक्टरमाथि फेरि आक्रमण भएको उनले बताए । ‘आक्रमण हुँदा किन्तु, परन्तु केही नभनी जेल विथआउट बेल हुन्छ भन्ने हुँदैन । अनि, कुनै पनि उपचारको सन्दर्भमा उपभोक्तहरूलाई गुनासो हुन्छ भने यसको वैधानिक सम्बोधन हुन्छ भन्ने भर हुँदैन । यस्तो घटना दोहोरिरहन्छ,’ उनले भने । डाक्टरहरूमाथि आक्रमणको घटनाको क्रम तोड्न सरकारले मेडिकल एसोसिएसनसँग…

कपिलवस्तुको बाणगंगामा कपिलधाम प्राकृतिक चिकित्सालय सञ्चालन

स्वास्थ्यसमाचार/कपिलवस्तुको बाणगंगा नगरपालिका ९ मा रहेको कपिलधाम प्राकृतिक चिकित्सालयको स्थापना भएको छ । अस्पतालको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले एक समारोहबीच उद्घाटन गर्नुभयो । अस्पतालको उदघाटन गर्दै सांसद पन्थीले प्राकृतिक चिकित्सालयबाट धेरै नागरिकले सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले जीवन जिउने तरिकामा ध्यान दिनुपर्ने बताउदै स्वस्थ जीवनयापनमा चिकित्सालयले महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । आमनागरिकले स्वस्थ रहन आहार बिहार, रहन–सहनमा ध्यान दिनुपर्ने बताउँदै नागरिक भनेका राज्यका सम्पत्ति भएकाले लगानी गर्नुपर्ने पन्थीले बताउनुभयो । कार्यक्रममा वाणगंगा नगरपालिका प्रमुख चक्रपाणी अर्यालले शाख्य दर्शनका प्रवर्तक कपिलमुनि ऋषिले पवित्र पर्यटकीयस्थल…

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

स्वास्थ्यसमाचार/सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी छ । केही बेरअघि सुरु भएको वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको गृहमन्त्रालयका एक अधिकारी विनोद विश्वकर्माले बताउनुभयो । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएको दुर्व्यवहारका घटनामा संलग्न भएका व्यक्तिलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । दुवै पक्षबीच गृहमन्त्रालयमा वार्ता जारी छ । चिकित्सकले आज पनि काठमाडौंमा प्रदर्शन गरेका थिए ।

आर सी थारु मेमोरियल अस्पताललाई सिकलसेल एनिमिया अस्पतालको रुपमा बिकास गरिने

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश भित्र सिकल सेल एनिमिया रोगको उपचार हुने छुट्टै अस्पतालको आवश्यक्ता रहेको बताउनु भएको छ । जिल्ला अस्पताल बर्दिया, आर सी थारु मेमोरियल अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुको अनुगमनका क्रममा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै खनालले यस्तो बताउनु भयो। यसका लागी चालु आर्थिक वर्षमा ३० लाख रुपियाँ प्रदेश स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको जानकारी दिदै मन्त्री खनालले सिकल सेल एनिमिया अस्पताल सञ्चालनका बारेमा संघिय सरकारसँग पनि आफूले कुरा गरेको बताउनु भयो । स्थानिय सरकारलाई शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्न आग्रह गर्दै मन्त्री खनालले नागरिकलाई…

भीम अस्पताल भैरहवामा वार्षिक ९६ हजार बिरामीको उपचार

स्वास्थ्यसमाचार/रुपन्देहीको जिल्ला अस्पताल भीमले पछिल्लो एक वर्षमा स्वास्थ्य सेवामा धेरै सुधार गरेको छ । भैरहवा क्षेत्रको सबै भन्दा पुरानो र सरकारी अस्पतालको रुपमा रहेको अस्पताल ५० शैय्याको सूचिकृत रहेपनि १ सय ७ शैय्याबाट सेवा दिदै आएको छ । अस्पतालले आर्थिक वर्ष २०७९/०८० मा आकस्मिक र बहिरंग सेवामा ९५ हजार ९ सय ४३ जनालाई सेवा प्रदान गरेको छ भने सञ्चालित स्वास्थ्य कार्यक्रमहरु उत्कृष्ट रहेको र केहीमा सुधार गर्नुपर्ने देखिएको वार्षिक समिक्षामा औल्याएको छ । लुम्बिनी प्रदेशका अस्पतालहरु मध्ये न्युनतम स्वास्थ्य मापदण्ड कार्यान्वयन तथा सेवा प्रदानमा भीम अस्पताल लुम्बिनी प्रदेशमा तेश्रो स्थानमा…

चिडियाको सकस – के चिकित्सक जिम्मेवार हुन् ? डा.शम्भु खनाल

चिडियाको सकसको अन्त्य आज सबै सकसको अन्त्य भयो ।  सबै पीडाको अन्त्य भयो ।  आफ्नै मनलेसम्म धोका दिएको संसारमा सबै दु:ख र पीडाको इति श्री भयो । चिडियाको अमर तर अकथित आत्मा चिडियाजस्तै उडेर शायद स्थानान्तरण गरेको हुनुपर्छ । चिडियाको पार्थिव शरिरबाट दिक्क भएर । उर्जाबिहिन मन र तङ्गिन नखोजेको शरीरको अवस्थामा आत्मा एक्लो परेछ शायद । त्यसैले प्राणवायु खिचेर तानेर आफैसँग लग्यो र छुट्कारा पायो १२७औँ दिनमा । निकै सकसका साथ छुट्कारा पायो तेस्रो पटकको अप्रेसन पश्चात । चिडियाको हारेको मन र कुपोषित शरीरले चिकित्सा शास्त्रका सबै प्रयासहरु बिफल…

विश्व मुटुरोग दिवसमा अन्तरक्रिया: यसरी बच्न सकिन्छ मुटुरोगबाट

स्वास्थ्यसमाचार/ व्यक्ति स्वयम सचेत भएमा मुटु रोगबाट बच्न सकिने एक कार्यक्रमका बक्ताहरुले औल्याएका छन् ।गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले विश्व मुटु दिवस–२०२३ को अवसरमा बुटबलमा आयोजना गरेको अन्तक्र्रियामा बोल्नेहरुले खानपिन र शारीरिक व्याममा ध्यान दिन सकेमा मुटु रोग लाग्नबाट बच्न सकिने वताए। अन्तक्र्रियामा अस्पतालका निर्देशक बरिष्ठ मुटुरोग विशेषज्ञ डा.समिर गौतमले पछिल्लो समय मुटुरोगको अबस्था, मुटुरोगीले ध्यान दिनुपर्ने कुरा र यसबाट जोगिन सर्वसाधारणले अपनाउनुपर्ने सावधानीबारे चर्चा गरे । सबै उमेर समूहका व्यक्तीहरुमा मुटुरोग देखिने भएकाले स्वयमं व्यक्ती आफै सचेतहुनुपर्नेमा जोड दिँदै उनले महिलामा भन्दा पुरुषमा मुटुरोगको समस्या धेरै देखिने गरेको बताए ।उच्च…

सुरक्षाको माग गर्दै पाल्पाका चिकित्सकहरु पनि आन्दोलित

स्वास्थ्यसमाचार/पाल्पामा पनि चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको माग्दै प्रदर्शनमा उत्रिएका छन् । डाक्टरलाई राज्यको तर्फबाट सुरक्षाको प्रत्याभूति नभए नियमित स्वास्थ्य सेवा प्रवाहमा आउन सक्ने अस्वाभाविक परिस्थितिप्रति सरकार जिम्मेवार हुनुपर्ने भन्दै उनीहरु प्रदर्शनमा निस्किएका हुन् । बुधबारदेखि चिकित्सकहरु आन्दोलित भएका छन् । ज्यानको सुरक्षा नभएको भन्दै उनीहरू सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिएका हुन् । लुम्बिनी मेडिकल कलेज तथा टिचिङ अस्पतालमा कार्यरत आवासीय चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सर्घष समिति पाल्पाको आयोजनामा तानसेनमा विरोध गरिएको आवासीय चिकित्सक डा. उज्जवल ठोकरले बताउनुभयो । चिकित्सकहरुले सम्पुर्ण स्वास्थ्यकर्मीहरुको पुर्ण सुरक्षा हुनुपर्ने, दोषिलाई कडा कारवाही गर्नुपर्ने,…