पक्षघातबाट बिरामी रहेका लुम्बिनीका पूर्व प्रदेश प्रमुख यादवको निधन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवको मंगलबार निधन भएको छ। सिरहा गोलबजार नगरपालिका–६ खरहीटोल निवासी यादव २०७६ साल कार्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो।

यादवको ८० वर्षको उमेरमा निवासमै निधन भएको हो।यादव पछिल्लो समयमा पक्षघातका कारण ओछ्यान पर्नुभएको थियो।  नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सिरहा–३ का सङ्घीय सांसद लिलानाथ श्रेष्ठका अनुसार उहाँको निवासमै निधन भएको हो।

उहाँ २०४८ र २०५१ मा तत्कालीन सिरहा–३ बाट प्रतिनिधि सभाकाका लागि नेकपा एमाले बाट उम्मेदवार बन्नुभएको थियो। यादवको अन्तिम संस्कार सुखीपुर नगरपालिका –६ खरहीटोलमा हुने नेकपा एमाले सिरहाले जनाएको छ।

सम्बन्धित शिर्षक :