सत्तारुढ गठबन्धनको साझा संकल्प : आधारभूत स्वास्थ्य सेवा सबै पालिकामा पुर्‍याउने

स्वास्थ्यसमाचार/सत्तारुढ गठबन्धनका पाँच राजनीतिक दलहरुले नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेका छन् ।मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा  एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले,  माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्पका सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्‍याउनदेखि खाद्य तथा औषधि नियमन प्राधिकरण बनाउने उल्लेख छ ।

जसमा सबै जनता निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने, सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्‍याउने, स्वास्थ्य बिमा कार्यक्रममार्फत स्वास्थ्योपचार सहज बनाउने उल्लेख छ ।

यस्तै, सरकारी सामुदायिक, निजी क्षेत्रबाट प्रदान हुने स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चितताका लागि अधिकारसम्पन्न नियमनकारी निकाय राष्ट्रिय प्रत्ययन प्राधिकरण (नेशनल अक्रिडिटेसन अथोरिटी) बनाउने, रोग नियन्त्रण केन्द्र र खाद्य तथा औषधि नियमन प्राधिकरण बनाएर स्वास्थ्य सेवाको नियमन गर्ने संकल्पका छ ।

भत्ताका रूपमा सुरु गरिएको सामाजिक संरक्षणका कार्यक्रम (जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका हितका कार्यक्रम आदि)लाई रूपान्तरण गर्न स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई समेट्ने गरी सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम (स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष आदिले दिइरहेको सेवा) सुदृढ गर्ने संकल्प पनि पाँच सत्तारुढ दलहरुको छ ।

हेर्नुहोस् न्यूनतम साझा सङ्कल्प

सम्बन्धित शिर्षक :