स्वास्थ्यसमाचार/रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा स्तन क्यान्सरको शल्यक्रिया सेवा सुरु गरिएको छ । अस्पतालले स्तन क्यान्सरको शल्यक्रिया सेवा सुरु गरेसँगै एक महिलाको अपरेशन समेत गरिएको छ ।
रुपन्देहीकी ६५ वर्षिय एक महिलाको बायाँतर्फको स्तन क्यान्सरको सफल रुपमा शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । वरिष्ठ स्तन क्यान्सर रोग बिशेषज्ञ (सर्जन) डा.सन्जय पाण्डे, एनएसथेसियोलोजिष्ट डा. सुरेन्द्र कुँवर र डा. समिर आर्चायले लगाएतको डाक्टरहरुको टीमले शल्यक्रिया गरेको सर्जरी विभाग प्रमुख डा.भुवन पौडेलले जानकारी दिए।
डा.पाण्डे विगत लामो समयदेखि स्तन क्यान्सर रोग विशेषज्ञको रुपमा काम गर्दै आएका छन् । उनले पैसाको अभावमा औषधी उपचारमा समस्या नआओस् भन्नका लागि डिल्ली माया मेमोरियल स्तन क्यान्सर फाउण्डेसन खोलेर सेवा प्रदान गर्दै आएका छन् ।
प्रतिकया दिनुहोस्