लुम्बिनी प्रदेशका १३ अस्पताल विकास समितिको अध्यक्ष नियुक्त

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति अध्यक्षलाई मनोनित गरिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार १३ वटै अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गरिएको शाखा अधिकृत अमरबहादुर वलीले बताए । उनका अनुसार दुईवटा प्रादेशिक अस्पताल र ११ वटा जिल्ला अस्पतालको विकास समिति अध्यक्ष टुंगो लगाइएको हो । दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठलाई मनोनित गरिएको हो । त्यस्तै प्यूठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा…

लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना कार्यान्वयन भए स्वास्थ्य सेवा प्रवाह सहज

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको स्वास्थ्य सेवालाई सहज बनाउन गुरुयोजना कार्यान्वयन गर्नु पर्ने बताईएको छ।प्रदेश सकारले गुरुयोजना कार्यान्वयन नगर्नु सिमित श्रोत र साधनले सेवा उपलब्ध गराउनु पर्दा गुणस्तरीय सेवा प्रवाहमा समस्या भएको सरोकारवालाहरुले बताए । युएनडिपीको सहयोगमा चाँदनी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सम्बन्धी सार्वजनिक संवाद कार्यक्रममा सहभागीहरुले विगतको तुलनामा लुम्बिनी प्रादेशिक अस्पतालमा सेवाग्राहीको आकर्षण बढ्दै गएको उल्लेख गरे । तर, सेवाग्राहीको आकर्षण र चाप अनुसार जनशक्ति व्यवस्थापन तथा भौतिक संरचना तयार नहुँदा सेवा प्रवाह अपेक्षा अनुसारको स्वास्थ्य सेवा प्रवाह हुन नसकेको समेत उनीहरुले बताए…

भुकम्प प्रभावित क्षेत्रमा तिलोत्तमाका स्वास्थ्यकर्मी सुत्केरी आमाहरूको सेवामा सक्रिय

स्वास्थ्यसमाचार /तिलोत्तमाका स्वास्थ्यकर्मीको टोलिले आज चौथो भुकम्प प्रभावित क्षेत्र नलगाढ नगरपालिका ४मा ३सय ४० घरका महिला तथा सुत्केरी आमाहरूको सेवामा सक्रिय रहेको छ। महिला तथा सुत्केरी आमाहरूको स्वास्थ्यमा आउने समस्या लाई मध्यनजर गरी अस्थाई टहरा निर्माण र सुरक्षित एवम न्यानो कपडा समेत वितरण गरेको छ। तिलोत्तमा नगरपालिका स्वास्थ्य अधिकृत कमल पाण्डेका अनुसार त्यस नगरपालिकामा ३१रहेका सुत्केरी आमाहरू रहेका र ति सबै खुल्ला आकाश मुनि रहेकोले अस्थायी टहरा बनाई सुरक्षित राखिएको बताउनु भयो। तिलोत्तमाको स्वास्थ्यकर्मीको टोली र राहत सहित भुकम्प गएको दोश्रो दिन नै उक्त क्षेत्रमा उद्धारको लागी राहत लिएर हिडेको…

फेरिए भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट

स्वास्थ्यसमाचार/ भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट फेरिएका छन् । हाल कार्यरत डा कृष्णप्रसाद पौडेललाई परिवर्तन गरी स्वास्थ्यमन्त्री मोहन बस्नेतले श्रीराम तिवारीलाई जिम्मेवारी दिएका हुन् । संघअन्तर्गत पर्ने यस अस्पतालमा बस्नेतले मन्त्रीस्तरीय निर्णयबाट डा. तिवारीलाई जिम्मेवारी दिएका हुन । हाल कार्यरत मेसु डा. पौडेल १०औँ तहका चिकित्सक हुन् । उनलाई २०७८ साल भदौ १५ गतेको मन्त्रीस्तरीय निर्णयबाट मेसुको जिम्मेवारी दिइएको थियो । हाल डा. तिवारी वीर अस्पतालमा कार्यरत तिवारी ११औँ तहका चिकित्सक हुन् । उनी यसअघि पनि भरतपुर अस्पतालका मेसु भइसकेका थिए ।

डेंगीका मूख्य लक्षण, उपचार र बच्ने उपायहरू

स्वास्थ्यसमाचार/ एडिस एजेप्टाइ र ए.ई. अल्बोपिक्टस  जातको पोथी लामखुट्टेको टोकाइबाट भाइरसको संक्रमण भई सर्ने डेंगी रोग अहिले प्रकोपको रुपमा देखिएको छ। डेंगीका मूख्य लक्षणहरू -उच्च ज्वरो आउनु -जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु -आँखाको गेडी दुख्नु -बेस्सरी टाउको दुख्नु -शरीरमा राता बिमिराहरू आउनु -वाकवाकी लाग्नु वा वान्ता हुनु डेंगीबाट बच्ने उपायहरू: -एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने । -आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने…

भूकम्पबाट घाइतेको उपचार गर्न भेरी अस्पताल पुगे डा.गोविन्द केसी

स्वास्थ्यसमाचार/ डा गोविन्द केसी नेपालगंजस्थित भेरी अस्पताल पुगेका छन्। भूकम्पबाट घाइेहरुको उपचारका लागि डा। केसी आइतबार भेरी अस्पताल पुगेका हुन्। अस्पताल पुगेका केसीले त्यहाा उपचार गराइरहेका बिरामीहरुको रिपोर्ट हेरेर उपचारमा संलग्न भएका छन्।जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती ६/४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा परेर अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ भने २ सय भन्दा जना घाइते भएका छन्। प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र पश्चिम रुकुममा ५२ जनाएको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत वितरण कार्य आइतबारसम्म पनि जारी छ।  

भारतद्वारा १० करोड रुपैयाँ बराबरको भूकम्प राहत सामग्री हस्तान्तरण

स्वास्थ्यसमाचार/ भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि रु १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ। जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धताअनुरुप आज रु १६ करोडबराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज विमानस्थलमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ। भारतीय वायुसेनाको विशेष विमानले आज ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री मन्त्री खड्कालाई हस्तान्तरण गरिएको हो। आज हस्तान्तरित सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधि छन्। भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय…

भेरी अस्पतालमा उपप्रधानमन्त्री द्वारा घाइतेको अवस्थाबारे जानकारी

स्वास्थ्यसमाचार/ उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितको एक उच्चस्तरीय टोलीले आइतबार  भेरी अस्पतालमा पुगेर घाइतेहरूको उपचार र स्वास्थ्यअवस्थाबारे जानकारी लिएको छ । उपप्रधानमन्त्रीसँगै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा, नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीयदलका नेता तथा निवर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही, नेपाली सेना उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी कृष्णदेव भट्ट, काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीसहितको टोलीले अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो । सो अवसरमा उपप्रधानमन्त्री खड्काले घाइतेहरूसँग भेटेर उनीहरूको उपचारबारे जानकारी लिनुहुँदै चिकित्सकहरूसँग पनि उपचारका बारेमा जिज्ञासा राख्नुभयो । सो अवसरमा पत्रकारसँग कुरा गर्दै उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार,…

घाइतेको उपचारमा केन्द्रित हुन स्वास्थ्य मन्त्री राजु खनालको आग्रह

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले भुकम्प प्रभावितहरुको उपचारका लागी मन्त्रालयका तर्फबाट सबै प्रकारको सहयोग गर्न मन्त्रालय मातहतका कर्मचारिलाई निर्देशन दिनुभएको छ । कामको सिलसिलमा विदेश रहनु भएका स्वास्थ्य मन्त्री खनालले सचिवलाई टेलिफोन मार्फत जाजरकोट र रुकुम पुर्वमा भएको मानविय क्षेतीप्रति दुख ब्यक्त गर्दै घाइतेको उद्धार र उपचारमा सबै प्रकारको सहयोग गर्न निर्देशन दिनुभएको हो । घाइतेको उपचारका लागी औषधी सहितको चिकित्सकहरुको टोलि प्रभावित स्थलमै पु¥याउन भन्दै स्वास्थ्य मन्त्री खनालले प्रदेश मातहतका चिकित्सक सहित सबै स्वास्थ्यकर्मीलाई विपदमा परेकाको उपचारमा लाग्न आग्रह गर्नुभएको छ । स्वास्थ्य मन्त्री खनालले भुकम्पमा परी निधन…

भूकम्पका घाइतेहरुको उपचार खर्च संघिय सरकारले बेहोर्ने: स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्यसमाचार : जाजरकोट र पश्चिम रुकुम लगायतका जिल्लामा हिजो मध्य राती गएको भूकम्पमा परि घाइते भएकाहरुको सम्पूर्ण उपचार संघिय सरकारले बेहोर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भूकम्पमा परेर घाइते भएका सबैको उपचार संघिय सरकारले गर्ने बताए । मन्त्री बस्नेतले घाइतेहरुको उपचार नि:शुल्क गरिने जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारसँग समुन्यय गरेर आवश्यक औषधि सहित चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर उपचारमा संलग्न भइसकेको पनि स्वास्थ्य मन्त्री बस्नेतले जानकारी दिए । स्थानिय र प्रदेश स्तरीय अस्पतालमा उपचार संभव नभएका गम्भिर घाइतेको उपचारका…