छोरीलाई जन्म दिएको १० दिनमै पत्रकार सीता शर्माको निधन

स्वास्थ्यसमाचार /छोरीलाई जन्म दिएको १० दिनपछि नवलपरासीकी पत्रकार सीता शर्माको निधन भएको छ । शर्माको ३२ वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीकी सदस्यसमेत रहेकी शर्माको १० दिनअघि काठमाडौं मेडिकल कलेज (केएमसी) मा डेलिभरी भएको थियो । ‘प्रेसर लो ’ सँगै अक्सिजन कम भएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिएको थियो । अवस्था सामान्य भएपछि शर्मालाई काठमाडौंबाट रामग्राम नगरपालिका–१ परासीस्थित घरमा ल्याइएको थियो । मंगलबार दिउँसो स्वास प्रस्वाससँगै मुटु दुख्न थालेपछि परासीस्थित जिल्ला अस्पतालबाट थप उपचारका लागि बुटवल मुटु अस्पताल पु¥याइएकी शर्माको अस्पतालमै निधन भएको…

स्वास्थ्य सजगता अपनाई दशैं हर्ष उल्लासपूर्वक मनाउनुस्: स्वास्थ्य मन्त्री खनाल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाललेसमाजमा रहेका सबै प्रकारका विकृति विसंगति एवं नकारात्मक सोंचलाई रुपान्तरण गर्न सक्नु पर्ने बताउनु भएको छ । विजया दशमीको शुभकामना सन्देश दिदै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खनालले समाजमा विद्यमान नकारात्म सोंचलाई रुपान्तरण गरी शान्ति, सहिष्णुता, धैर्यता तथा सकारात्मक भावका साथ अगाडी बढने प्रण गर्ने दिन विजया दशमी भएको बताउनु भएको छ। मन्त्री खनालले असत्य माथि सत्यको विजयको दिन नै वडादशैं भएको भन्दै यो दिनले सबैलाई सिर्जनशिल समाज स्थापना गर्ने शक्ति दुर्गामाताले प्रदान गरुन भनी कामना गर्नु भएको छ । मन्त्री खनालले स्वास्थ्य सजगता अपनाई दशैं…

गृहमन्त्री ज्यु ‘ प्रिन्सिपलले राजीनामा दिनुपर्छ बाध्यताले आन्दोलनमा छौ

स्वास्थ्यसमाचार/आन्दोलनरत विद्यार्थीहरुलाई भेट्न शनिबार लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवा (युसीएमएस) पुगेका छन् । विगत केही दिनदेखि अस्पतालमा रिले अनसनमा बसेका विद्यार्थीहरुसँग भेटेर गृहमन्त्री पाण्डेयले उनीहरुको माग तथा त्यहाँको अवस्था बारे जानकारी लिएका छन् । गृहमन्त्रीलाई युसीएमएसका एक विद्यार्थीले भने, ‘कलेजको प्रिन्सिपलले राजीनामा दिनुपर्छ । उहाँलाई कुनै पनि प्रशासनिक पदमा नियुक्त गरिनहुँदैन । हामीलाई रहरले नभइ बाध्यताले आन्दोलनमा उत्रिनुपरेको छ । विद्यार्थी तथा चिकित्सकमाथि बल प्रयोग गरियो, तपाई यस क्षेत्रको पनि अभिभावक हुनुहुन्छ, माग सम्बोधनका लागि पहल गरिदिनुहुन…

चिकित्सकको सुझाव:दसैँमा दिनमा ७० ग्रामभन्दा बढी मासु नखानुस

स्वास्थ्यसमाचार/चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले ध्यान दिन सुझाव दिएका हुन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साहले दसैँ–तिहारजस्ता चाडपर्वमा खाइने खानाले विभिन्न क्यान्सरको जोखिम बढाउने बताए । मदिराजन्य पदार्थले कलेजो, घाँटी, पेट, स्तन तथा आन्द्राको क्यान्सरको जोखिम बताउने उनको भनाइ छ । डा साहले भने, “रातो मासुको अत्याधिक प्रयोगले ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउँछ ।” पोलेको डढेको मासुमा पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बन नामक तत्व…

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’अस्पताल भर्ना

स्वास्थ्यसमाचार/चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका हुन् । चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । बीआरईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो । अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव श्रेष्ठले बताए । हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ ।…

लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विमाका बिरामी धान्नै मुस्किल

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई स्वास्थ्य बिमाका बिरामी धान्नै मुस्किल भएको छ।  अस्पतालको स्वास्थ्य बिमाबाट आर्थिक बर्ष २०७९/८०को साउन सम्म १लाख ३४ हजारले सेवा लिएका छन। त्यसमा ७४ हजार महिला र अन्य वाकी ५६ हजार पुरुष रहेका छन। अस्पतालको स्वास्थ्य बिमा प्रमुख भागिरथ रानाका अनुसार अस्पतालमा ४ वटा काउण्टरबाट बिमा सेवा दिएको बृद्ध जेष्ठ नागरिक हरुलाई छुट्टै काउन्टरको ब्यबस्था गरेको वताउनु भयो।  दैनिक अस्पतालमा ६ सय देखी ९ सम्म सम्म बिरामीले बिमामा वाट सेवा लिएको बताउनु भयो। बिमाबाट २६ करोड ४६ लाख ९ हजारका औषधी र सेवामा  प्रयोग भएको…

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन गरेका अस्पताल विकास समिति खारेज गरेको छ। बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति ९गठन तथा सञ्चालन० नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए। उनका अनुसार अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने सूचना राजपत्रमा प्रकाशन गरिनेछ। प्रदेश सरकारले सिकेलसेल, थालेसेमिया र हेमोफिलियाका बिरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ। जसका लागी कार्यविधि, २०८० स्वीकृत गरेको छ। आँखाको नानी निःशुल्क प्रत्यारोपण  कर्निया ट्रान्सप्लान्टेसन शोध…

तिनाउ इन्टरनेशनल हस्पिटल प्रा लि को पाचौं वर्ष प्रवेश

स्वास्थ्यसमाचार/तिनाउ इन्टरनेशनल हस्पिटल प्रालि को पाचौं वर्ष प्रवेश गरेको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । अस्पताल परिसरमा एक कार्यक्रम गरि पाँचौ बर्ष प्रवेशको अवसरमा अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरूको अनुभव, परिपक्वता, लगाव, कार्यकौशलता, इमान्दार र प्रभावकारी भूमिकालेले नै अस्पतालको गरिमा बढाएको भन्दै अस्पताल विकास समितिका अध्यक्ष चिरन्जीवी जोशीले सबैलाई आभार व्यक्त गरेका छन् । यसैगरि अस्पताल ब्यवस्थापन र चिकित्सकहरुप्रतिको विश्वास बिरामीले प्राप्त गरेको सन्तुष्टी र गुणस्तरिय सेवाले नै यस अस्पताल बुटवल नगरकै पहिलो रोजाइ बन्न पुगेको उनले दाबी गरे । उनले भने–‘साथै विशेषज्ञ सेवा प्रदान गर्दैै आइरहेको हाम्रो असपतालले एक सय…

भीममा १० बर्षपछि पुन सुरु भयो एपेन्डिक्स र हर्नियाको शल्यक्रिया

स्वास्थ्यसमाचार/ भैरहवास्थित भीम अस्पतालमा असोज महिनामा ६ जना बिरामीको एपेन्डिक्सको शल्यक्रिया (अपरेशन)भएको छ ।एपेन्डिसाइटिस भइ उपचारका क्रममा भीम अस्पतालमा आएका ६ जना बिरामीको शल्यक्रिया गरिएको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा मोहम्मद नुरुल होदाले बताए । त्यस्तै भदौ महिनामा २ जना बिरामीको एपेन्डिक्सको शल्यक्रिया गरिएको डा। होदाले जानकारी दिए । ‘म भीम अस्पतालमा गत भदौ १ गते हाजिर भए । भदौमा २ वटा शल्यक्रिया भयो । एपेन्डिक्सका बिरामी अस्पतालमा आउने क्रम बढेको छ, ’उनले भने ।हाल भीम अस्पतालमा मेसु डा मोहम्मद नुरुल होदासहितको टीमले एपेन्डिक्सको शल्यक्रिया गरिरहेको छ । उनले लुम्बिनी प्रदेश…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ, नर्भिकमा उपचार जारी

स्वास्थ्यसमाचार/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्।मंगलबार साँझ असहज महसुस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। ‘छातीमा समस्या देखिएपछि नर्भिक भर्ना हुनुभएको छ’, उनले भने, ‘दिउँसोदेखि नै अप्ठ्यारो भयो भनिरहनुभएको थियो।’अस्पतालका सिइओ अजय मिश्रले प्रधानमन्त्रीको चेकजाँच भइरहेको बताए। ‘उहाँको चेकजाँच भइरहेको छ’, उनले भने,‘डाक्टरहरूसँग मेरो कुराकानी भएको छैन।’