भेरी अस्पतालले थाल्यो जाजरकोट भूकम्पका घाइतेको उपचार

स्वास्थ्यसमाचार/जाजरकोट भूकम्पका घाइतेहरूको भेरी अस्पताल नेपालगन्ज उपचार शुरु भएको छ । अस्पतालमा पहिलो घाइते भेरी नपा ३ खलंगा , जाजरकोट निवासी विमलकुमार कार्कीको खुट्टा भाँचिएको अवस्थामा एम्बुलेन्समार्फत आइपुगेको अस्पतालले जनाएको छ । उनको उपचार शुरु भएको छ । भेरी अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा विकास गरि सवै घाइतेलाई एकीकृत सेवा दिने प्रबन्ध मिलाएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले  बताए । यसैगरी आवश्यक व्यवस्थापकीय निर्णयहरू गर्न अहिले १० बजे जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आकस्मिक बैठकसमेत बस्दैछ ।

भूकम्प प्रभावित क्षेत्र गयो लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली

स्वास्थ्यसमाचार/कर्णालीका विभिन्न जिल्लामा गएराति गएको भूकम्पमा परी घाइतेहरूको उद्धार तथा स्वास्थ्य उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ। जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११:४७ मा ६/४ रेक्टर स्केलको भूकम्प गएको थियो।भूकम्पमा परी जाजरकोट र पश्चिम रूकुमका विभिन्न स्थानका १३२ जनाको मृत्यु भइसकेको छ। भूकम्पमा परी ठूलो संख्यामा मानिसहरू घाइते भएपछि उनीहरूको उद्धार तथा स्वास्थ्य उपचारको लागि चिकित्सकहरूको टोली भूकम्प प्रभावित क्षेत्रका लागि प्रस्थान गरेको हो। लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले मानवीय क्षति न्यूनीकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज…

स्वास्थ्य मन्त्रालयसहित सबै सरकारी कार्यालय आजबाट ४ बजेसम्म

स्वास्थ्यसमाचार /आजदेखि स्वास्थ्य मन्त्रालयसहितका सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्नेछ । स्वास्थ्य मन्त्रालयसहित देशभरका सरकारी कार्यालय आजबाट ४ बजेसम्म मात्र नेपाल सरकारको सूचनामा उल्लेख छ । नेपाल राज्यभरका सबै सरकारी कार्यालय कार्तिक १६ आजदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि उपरान्ह ४ बजेसम्म खुल्ने जनाइएको छ । बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म खुल्ने देशभरका कार्यालय कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म १ घण्टा अगाडि नै विदा हुँदै आएको छ । हिउँदमा दिन छोटो हुने भएकाले ४ बजेसम्म मात्र सरकारी कार्यालय खुल्ने परम्परा छ ।शुक्रबार भने सदाझै विहान १० बजेदेखि…

आम्दा अस्पतालको थप २ सय शैया भवन प्रधानमन्त्रीद्धारा शिलान्यास

स्वास्थ्यसमाचार /प्रधानमन्त्री दाहालले आम्दा नेपालले सञ्चालन गरिरहेको सिद्धार्थ बाल तथा महिला अस्पतालको शय्या थपका लागि निर्माण हुन लागेको २ सय शय्याको भवनको शिलन्यास गरे । भवन निर्माणको लागत १० करोड रुपैंयाँ छ । उक्त रकम जापानस्थित आम्दा इन्टरनेसनलले सहयोग गर्ने भएको छ । दाहाल बोल्नुअघि बोल्दै आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगोरु सुगानामीले आफ्नो वैवाहिक जीवनको आगामी वर्ष ५० औं वार्षिकोत्सव पुग्न लागेको र श्रीमान् श्रीमती मिलेर ५० वर्ष अवधिमा जम्मा गरेको रकम प्रधानमन्त्रीले आफ्नी श्रीमतीलाई व्यक्तिगत पत्र लेखेर आग्रह गरेको अवस्थामा उक्त रकम आम्दा नेपालको भवन निर्माणमा खर्च गर्ने प्रतिबद्धता…

आम्दाको२५औ वार्षिकोत्सव भोलि प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

स्वास्थ्यसमाचार/ बुटबलको आम्दा अस्पताल ३ सय शैयाको हुने भएको छ। अस्पतालको २५ वार्षिकत्सवको अबसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले वताउनु भयो। अस्पतालको वार्षिकत्सवको विहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गर्ने बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले वताउनु भयो।प्रधानमन्त्री प्रचण्डले सोही कार्यक्रममा अस्पतालको थप २०० शैया भवनको शिलान्यास तथा शैक्षिक कार्यक्रमको सुभारम्भ गर्ने छन। पत्रकार सम्मेलनमा बोल्दै प्रमुख पाण्डेयले हाल १०० शैयाको क्षमतामा संञ्चालित अस्पतालमा विरामिहरुको चाप र आवश्यकतालाई मध्यनजर गरी ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्नका लागि जेठमा ६ सदस्यीय टोलिले जापान भ्रमण…

शुद्धोधनको आधारभूत अस्पतालमा रेबिज विरुद्धको खोप लगाउन सुरु

स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ फर्साटिकर स्थित मोतीपुर आधारभूत अस्पतालमा रेबिज विरुद्धको खोप सेवाको सुरुवात भएको छ।मंगलबार एक कार्यक्रमको आयोजना गरी अस्पतालमा रेविज विरुद्धको खोप सेवाको सुरुवात गरिएको थियोे। कार्यक्रममा शुद्धोधन गाउँपालिका का स्वास्थ्य संयोजक तथा वडा न ४ का अध्यक्ष गाउँपालिका प्रबक्ता केशवप्रसाद अधिकारीले अब रेविजको खोप लगाउन बुटवल भैरहवा जानु पर्ने समस्याको अन्त्य भएको बताउदै शुद्धोधन गाउँपालिका का नागरिकको स्वास्थ्यप्रति विशेष संवेदशनशिल रहेको र पालिका भित्र स्वास्थ्य सेवाको विस्तारका लागि निरन्तरता दिने अधिकारीले बताउनुभयो। यस रेबिज विरुद्धको खोप सेवा शुद्धोधन गाउँपालिकाका स्थानीयवासीलाई प्राथमिकता दिइने र नजिकका विभिन्न पालिकाका बासिन्दालाई…

गुल्मीमा जंगली च्याउ खाँदा तीन बिरामी ,पाल्पा मिशनमा उपचार हुदै

स्वास्थ्यसमाचार/ गुल्मीमा जंगली च्याउ खाएर तीन जना बिरामी परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर(६ बुल्मका ३९ वर्षीय सरिता कुमाल सोही स्थानका ११ वर्षीय बिमल कुमाल र ८ वर्षीय सुस्मा कुमाल जंगली च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी)  डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । जंगली च्याउ खाएर बिरामी भएका उनीहरुलाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको छ । बिरामी तीनै जनाको अवस्था मध्यम रहेको डिएसपी पाण्डेले बताउनुभयो ।

रुपन्देहीको कञ्चनमा ८ वर्षीय बालिका बलात्कार आरोपमा युवक पक्राउ

स्वास्थ्यसमाचार/रुपन्देहीको कञ्चन गाउँपालिकामा ८ वर्षीया बालिका बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । कञ्चन गाउँपालिका(३ का ४२ वर्षीय बुद्धबहादुर पुन यस्तो गम्भीर आरोपमा पक्राउ परेका हुन्। प्रहरी चौकी रुद्रपुरका अनुसार कञ्चन(३ की बालिकालाई घरमा कोही नभएको मौका छोपी ललाई फकाई बलात्कार गरी आरोपित पुन फरार रहेका थिए । इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीको कमाण्डमा खटिएको सुरक्षा टोलीले उनलाई खोजतलास गर्ने क्रममा कपिलवस्तु बाणगंगा नगरपालिका(१० स्थित कोठी खेलाबाट नियन्त्रणमा लिएको थियो । बलात्कृत बालिकाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप…

दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास, सुत्केरी आमा पक्राउ

स्वास्थ्यसमाचार/दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा सुत्केरी आमा पक्राउ परेकी छन् । लमही नगरपालिका वडा नम्बर ७ कपतानगन्ज निवासी २५ वर्षिया निर्माण चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा तरकारी काट्न प्रयोग गरिने चक्कुले घाँटीमा प्रहार गरेको पाइएको छ । वडा प्रहरी कार्यालय लमहीले आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । उपचारको लागि लमही अस्पतालमा लिएपनि उपचार त्यहाँ सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ । सुत्केरी…

रिले अनसनमै लगाए भैरहवा मेडिकल कलेजका विद्यार्थीले दसैं टीका

स्वास्थ्यसमाचार /प्रिन्सिपलको राजीनामा माग गर्दै आन्दोलित भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस युसिएमएसका विद्यार्थीहरूले अनसन स्थलमै दसैंको टीका लगाएका छन्। मेडिकल कलेजका प्रिन्सिपलको राजीनामा माग गर्दै सुरू गरेको रिले अनसनको नवौं दिन मंगलबार विद्यार्थीहरूले त्यहीँ टीका लगाएर दसैं मनाएका हुन्। मेडिकल कलेजको ओपिडी ब्लक अगाडि अनसनरत विद्यार्थीहरूले सिनियर विद्यार्थी र आवासीय चिकित्सकहूको हातबाट टीका र जमरा लगाए। मेडिकल कलेज प्रशासनले ड्रेस कोड अनिवार्य गरेपछि दुई साताअघि सुरू भएको आन्दोलन नौ दिनदेखि भने प्रिन्सिपलको राजीनामा माग गर्दै रिले अनसनसम्म आइपुगेको हो। हिन्दु नेपालीको सबभन्दा ठूलो चाड दसैंका बेला घरपरिवार छोडेर रिले…