मधुमेहका बिरामीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा छुट्टै क्लिनिक

स्वास्थ्य समाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले मधुमेह क्लिनिक सञ्चालनमा ल्याएको छ। आईतवार बिहान एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले क्लिनिक शुभारम्भ गतेको हो। क्लिनिकको लुम्बिनी प्रादेशिक अस्पताल बिकास सामिति अध्यक्ष जीवन प्रसाद वझा, मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापा लगायतले उद्घाटन गरेका हुन। अस्पतालका अध्यक्ष जीवन वझाले सोमबार क्लिनिकको उद्घाटन गर्दै यस कार्यक्रमलाई थप बृहत् बनाउनु पर्नेमा जोड दिए । अध्यक्ष वझाले रोगका कारण अस्पताल आउनुभन्दा पहिलेनै निवारण हुनेगरि सचेतना समेत फैलाउनुपर्नेमा जोड दिए । अस्पतालमा थप गरिएको सानो सेवाले पनि ठूलो परिवर्तन ल्याउन सक्ने उनले बताए । यसैगरी अस्पतालका चिकित्सक तथा…

३ करोडको लगानीमा बुटवलमा ग्याष्ट्रो सेन्टर सञ्चालनमा

स्वास्थ्यसमाचार/बुटवलमा ३ करोडको लगानीमा ग्याष्ट्रो सेन्टर स्थापना भएको छ । वरिष्ठ चिकित्सकसहित चारजना स्वास्थ्यकर्मीहरुको टोलीले ग्याष्ट्रो सेन्टर स्थापना गरेको हो । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा पेट, कलेजो तथा आन्द्रा रोगको सम्पूर्ण उपचार तथा निदान गर्न निजी संस्थाको रुपमा ग्याष्ट्रो सेन्टर प्रालि स्थापना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यसको औपचारिक शुभारम्भ भने मंसिर १६ गते हुने छ । काठमाडौं शिक्षण अस्पतालबाट विज्ञता प्राप्त गरेका डा मोहन भुसालको सक्रियतामा यो संस्थाको स्थापना गरिएको हो । डा भुसाल वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग विशेषज्ञ हुन्…

एचआईभी संक्रमितहरुले मागे ‘राज्यसंग अभिभावकत्व’

स्वास्थ्यसमाचार/३६ औ अन्तरष्ट्रिय एड्स दिवस ‘समुदायको नेतृत्वमा एचआईभी एड्स नियन्त्रण गरौ’ भन्ने नारा सहित मनाइदै छ । एचआइभी संक्रमितहरुको राष्ट्रिय महासंघ केन्द्रिय कार्यालको सहयोग र लुम्बिनी प्रदेशको सहकार्यका बुटवलमा भएको सरोकारवालाहरुको छलफलमा एचआईभी संकमितहरुले सरकारले संकमितहरुको अभिभावको रुपमा भूमिका खेल्नुपर्ने बताएका छन् । उनले एचआईभी संक्रमितहरुले समुदायमा अझै पनि अस्तित्व स्वीकर नगरेको अवस्थामा उनीहरले सरकार संग सहज रुपमा जिउने वातावारण सहित , शिक्षा, स्वाथ्य रोजगारको प्रबन्धनको माग गरेका हुन ।रुपन्देहीको ओमसतियाकी ५० वर्षकी मिनाकुमारी केवटले पहिलाका श्रीमान एचआईभीबाट निधन भएपछि दोस्रो श्रीमान संग जाँदा आफु र छोरा समेत संक्रमित भएको…

सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु डा. राजेन्द्र बस्यालमाथि कुटपिट, चिकित्सकहरु विरोधमा

स्वास्थ्यसमाचार/सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् र दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसंगै विवाद बढेपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ । लुम्बिनी चिकित्सक संघका सचिव डा. सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सक माथि हातपात हुनु दुभाग्यपूर्ण भएको बताए । चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसंग आफुहरु उपचार रोकेर बिरोध गर्ने बताए ।कुटपिटबाट घाइते…

लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागी जस्तोसुकै चुनौतीको सामना गर्न तयार छु:अध्यक्ष वझा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष जीवनप्रसाद वझाले बुधबार पदभारण ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष वझाले स्वास्थ्यकर्मी र कर्मचारीको साथ पाए जस्तोसुकै चुनौतीको पनि मतलब नगरी काम गर्ने उल्लेख गरे।     अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी तथा सम्पूर्ण परिवारको सहयोग र साथमा आफू अघि बढ्ने बताए ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका जनताको भविष्यसँगै जोडिएकाले सोही अनुसार अघि बढ्ने प्रतिवद्धता गरे । अस्पताललाई बुटवलबासीको ठूलो गँहनाको रुपमा बिकास गर्न आफ्नो पहल रहने उनले बताए । अस्पतालमा आउने सेवाग्राहीलाई अपनत्व महशुस हुनेगरी व्यवहार गर्न सुझाब दिँदै उनले सम्पूर्ण स्वास्थ्यकर्मी…

लुम्बिनी प्रदेशमा पाँच वर्षमुनिका बाल मृत्युदर ७ प्रदेशमध्येकै सर्वाधिक

स्वास्थ्यसमाचार/देशमा समग्र बाल मृत्युदर घट्दै गए पनि लुम्बिनी प्रदेशमा पाँच वर्षमुनिका बाल मृत्युदर भने सातवटा प्रदेशमध्येकै सर्वाधिक रहेको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) सन् २०२२ ले देशभरको समग्र बाल मृत्युदर ३.३ प्रतिशत देखाएको थियो। यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशस्तरमा बाल मृत्युदरको अवस्थाबारे गरेको अध्ययनमा लुम्बिनी प्रदेशको बाल मृत्युदर सातवटा प्रदेशमध्येकै सर्वाधिक (४ प्रतिशत) रहेको हो। अर्थात् लुम्बिनी प्रदेशमा हाल जीवित जन्मेका प्रति एक हजार बालबालिकामध्ये ४० जना बालबालिकाले आफ्नो पाँचौँ जन्मदिन मनाउन पाउँदैनन्। यसैगरी लुम्बिनी प्रदेशमा नवजात शिशुको मृत्यु पनि २.२ प्रतिशत रहेको छ। पाँच वर्षमुनिका…

भूकम्पमा परी घाइते भएका ४८ जना उपचारपछि घर फर्किए

स्वास्थ्यसमाचार/जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । ‘सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अब भेरीमा शल्यक्रिया गरिएका छ बिरामीमात्रै हुनुहुन्छ,’ श्रेष्ठले भने, ‘उहाँहरूको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।’ भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको…

एएचएफ नेपालको छ महिनामा सम्पन्न गरिएका कामको समिक्षा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा एच आइ भी र एड्सको रोकथाम, परीक्षण, उपचार र हेरचाहका लागि सुरु भएको परियोजना एएचएफ नेपालको छ महिनाको कार्यक्रमको समिक्षा गरेको छ।परियोजनाले आगामी कार्यदिशा तय गर्दा आउने समस्या तथा रोडम्यापका वारेमा पनि छलफल गरिएको थियो। कार्यक्रममा एएचएफ नेपाल लुम्बिनी प्रदेश का कार्यक्रम संयोजक धर्मराज भट्टराइले सन् २०२२ नोभेम्बर ११ देखि सन् २०२७ लागू भएको परियोजनाको ६ महिनामा भएको काम र आगामी दिनमा गरिने कामको बारेमा जानकारी गराउनु भयो। परियोजनाले नेपाल सरकारलाई दिगो विकास लक्ष्य तथा राष्ट्रिय एचआईभी रणनीति योजना २०२१/२०२६ ले परिकल्पना नयाँ एचआईभी संक्रमण रोकथाम…

भीम अस्पताललाई अझै राम्रो बनाउने प्रयास गर्दछु : अध्यक्ष डा शर्मा

स्वास्थ्यसमाचार/रुपन्देहीको भैरहवास्थित भीम अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष डा.अनन्त कुमार शर्माले अस्पतालको विकासमा राम्रो होस् भन्ने आफ्नो धारणा रहेको बताएका छन् । उनले अस्पताल अझ राम्रो हुनेमा विश्वस्त रहेको बताए । भीम अस्पताल विकास समितिले आइतबार भैरहवामा आयोजना गरेको स्वागत तथा पदस्थापना कार्यक्रममा बोल्दै डा. शर्माले भने, ‘अस्पताललाई सकेसम्म अझै राम्रो पार्ने हो । पूर्वअध्यक्षहरुको पनि सल्लाह लिनेछु । सबैजना सकारात्मक नै हुनुहुन्छ । तपाईहरु सबैको सहयोग पाउने म अपेक्षा गर्दछु ।’ भीम अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेण्ट समेत रहेको डा। शर्माले अस्पतालमा डिजिटल एक्स–रे आफ्नो पालोमा आएको बताए । कहिलेकाही…

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा जीवन वझा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अस्पताल विकास समितिको अध्यक्षमा समाजसेवी जीवनप्रसाद वझा मनोनित हुनु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ निवासी वझालाई लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन गरेको हो । अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली २०८० को नियम ३ उपनियम १ को खण्ड (क) बमोजिम मन्त्रालयको २०८० कात्तिक २३ गते अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरिएको हो ।