स्वास्थ्यसमाचार । रुपन्देही, १ मंसिर । नेपाल नर्सिङ काउन्सिलले शनिबार लिएको २३ औँ नाम दर्ता (लाईसेन्स) परीक्षाको नतिजा सार्बजनिक गरेको छ । उक्त नतिजा अनुसार कुल १ हजार ६७१ विद्यार्थी सहभागी भएकोमा ८ सय ७१ जना(५२.१२) प्रतिशत विद्यार्थी मात्र सफल भएका हुन् । जसमध्ये ८ सय बिद्यार्थीअसफल भएको काउन्सिलकी रजिष्टार विन्दा घिमिरेले बताइन। त्यस्तै गत असारमा भएको २२औँ नाम दर्ता परीक्षामा ६५ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए। काउन्सिलको नतिजा www.nnc.org.np मा हेर्न सकिने छ।
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
स्वास्थ्यका कर्मचारीको समायोजन सम्पन्न हुन अझै छ महिना लाग्ने
स्वास्थ्यसमाचार/स्वास्थ्य समूहका कर्मचारीको समायोजन सम्पन्न हुन अझै छ महिना लाग्ने बताइएको छ ।यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशै अघि नै समायोजन टुंगिने बताएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका गुनासो व्यवस्थापन एवं सहजीकरण समितिका संयोजक महेन्द्र प्रसाद श्रेष्ठले समायोजन र पदस्थापन सकिन अझै छ महिना लाग्ने बताएका हुन् । ‘समायोजनको कामहरु त भईरहेको छ तर गुनासो आउने क्रम पनि रोकिएको छैन । यी सबै मिलाउनु पर्ने छ । त्यसैले अझै छ महिना लाग्ने जस्तो देखिएको छ, उनले भने ।गत १५ असार देखि शुरु भएको स्वास्थ्यको समायोजनको जिम्मा शुरुमा संघीय…
युनिभर्सल मेडिकल कलेजका विद्यार्थीद्धारा रिले सुरु
स्वास्थ्यसमाचार/ युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा विद्यार्थीले रिले अनसन सुरु गरेको छन् । सरकारले तोकेको भन्दा बढी १५ लाख बढी शुल्क लिएको र फिर्ता माग गर्दे आएका बिद्याथीहरुले आफनो माग सम्बोधन नगरेपछि आजबाट रिले अनसन सुरु गरेका हुन । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा अध्यनरत एमबीबीएस,बीडीएस फार्मेसी नर्सिङ अध्ययनरत विद्यार्थीले ६ घन्टाका दरले ४ गु्रप बनाएर रिले अनसन सुरु गरेको एमबीबीएस अध्यनर भुपेस चन्दले बताए । उनले भने यस अघि हामीले क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको त्यो सुनाई नभएपछि चरणबद्ध आन्दोलन सुरु गरेको बताएका…
पिएचडी बाबाको स्वास्थ्य जय होस् !
स्वास्थ्यसमाचार । गुल्मीको रुपाकोटको बाटोघाटो, घर -आँगनमा मानसिक बिक्षिप्द मन लिएर डुलीरहने , आफुलाई श्री कृष्ण भगवानको रुप भन्न रुचाउने र हातमा लगाएका प्लास्टिकका बालालाइ संखौंको मुल्यबोध गर्दै र आफुले टेक्ने सामान्य लौरोलाइ सुनको लौरो बताउने देख्दा मानसिक रोगी मान्छे तर अध्ययनले पीएचडी हासिल गर्न सफल व्यक्ति हुन् पीएचडी बाबा । धेरैले धेरै बर्ष यता देख्दै र यो मान्छे त् यस्तै हो भनेर हिड्ने हरुको अगाडी गुल्मीका केहि पत्रकार मित्रहरु चाँसो राखे, बिशेषत भुवन भुषाल र टिमले उनको भिडियो फ्लोअप शुरु गरे । युट्युबमा भिडियो राखे । भिडियो देश विदेश…
अलबिदा लक्ष्मी रसाली !
स्वास्थ्य सेवा मानव जीवनमा महत्त्वपूर्ण हुन्छ । स्वास्थ्य क्षेत्रमा शान्तिपूर्ण रूपमा सेवा प्रदान होस् भन्ने सबैको चाहना हुन्छ। यति हुँदा हुँदै पनि सामान्य रुपमा उपचार गर्न आएको बिरामी उपचारकै क्रममा अचानक मृत्युको मुखमा पुग्छ । यसले मृतकको परिवारलाइ स्तब्ध बनाउने त भयो नै यो कुरा थाहा पाउने सबैको मुखमा हुन्छ- राम राम कस्तो डाक्टर, थुक्क अस्पताल ! के थाहा कुनै उपचार सामान्य भएर पनि डाक्टरको लापरवाहीले जटिल बनिदिन्छन त कतिपय उपचार जटिल भएपनि डाक्टरको साबधानीले चमत्कारिक रुपमा सुधार र निको हुन्छन । यो रहस्य सर्बसाधारणले कसरि जान्ने ? कसरि डाक्टर…
कोल्डचेन उपकरण जडान कार्य बाराबाट शुरु, मङ्सिरसम्म देशभर पुर्याउने लक्ष्य
स्वास्थ्यसमाचार । २८ कार्तिक । बाराको महागढिमाई नगरपालिका स्थित बरियापुर स्वास्थ्य केन्द्रबाट कोल्डचेन उपकरणको जडान कार्य थालनी गरिएको छ । उक्त नगरपालिकाका मेयर उपेन्द्र यादवको प्रमुख आथित्यतामा उपकरणको औपचारिक संचालन संगै कार्यक्रमको शुरुवात गरिएको हो । उद्घाटन कार्यक्रममा मेयर यादवले बालबालिकाको स्वास्थ्यको लागि यस उपकरणले महत्वपूर्ण भूमिका खेल्नुका साथै स्वास्थ्यकर्मीलाई पनि सेवा प्रवाह गर्न सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल एशोसियसन फर मेडिकल साइन्सका अध्यक्ष नवराज बस्नेतले देशका विभिन्न २ सय ९० ठाउँमा जडान गरिन लागेको बताउँदै यसले देशको स्वास्थ्य क्षेत्रमा गुणस्तरीयताको सवालमा इँटा थप्ने विश्वास गरे ।…
एपेन्डिक्सको उपचारत गुल्मीकी १७ बर्षिया युवतीको मृत्यु
स्वास्थ्यसमाचार /एपेन्डिक्सको उपचारत एक १७ वर्षीया युवतीको ज्यान गएको छ ।गुल्मी रेसुङ्गा नपा-८ की लक्ष्मी रसालीको ‘एपेन्डिक्स’को शल्यक्रिया गर्ने क्रममा लुम्विनी मेडिकल कलेज प्रभासमा रक्त नशा फुटेको थियो । ओभरफ्लो भई पेटमा जमेको रगत सफा गरेर नशाको शल्यक्रियाको लागी लुम्विनी मेडिकल कलेजको चिकित्सक सहितको टोली भैरहवा मेडिकल कलेज पुगेको थियो । भैरहवामा उपचारको क्रममा रसालीको ज्यान गएको हो । मृतकको परिवारले सामान्य अवस्थामा उपचारत रसालीको उपचारको क्रममा चिकित्सकको लापरवाहीले ज्यान गएको बताएको छन् । चिकित्सकहरुले भने उपचारको प्रयास गर्दागर्दै समस्या जटिल भएकोले युवतीको ज्यान बचाउन नसकिएको बताएका छन्।
स्वास्थ्य – ख्याल आफैबाट, आजैबाट शुरु गरौँ !
स्वास्थ्यसमाचार ! स्वास्थ्य छ र त सबथोक छ । हाम्रो स्वास्थ्यलाई निरोगी राख्न पहिलो कुरा आहार विहारबाटै ध्यानदिनु जरुरी हुन्छ । धुवाँ, धूलोबाट आफूलाई सुरक्षित राख्ने र प्रसस्त व्यायाम र शारिरमा कुनै असहता हुनासाथ चिकित्सकको सल्लाह र स्वास्थ्य जाँच गराउने बानी बसाल्नुपर्छ । पछिल्लो पटक हृदयघातले धेरैको ज्यान लिईरहेको छ । हामीले केही कुरामा ध्यान दिन सक्यौं भने मात्र हृदयघातबाट बच्न सकिन्छ । पहिलो कुरा खानामा ध्यान दिने, चिल्लो, पिरो नखाने, सागसक्जी, भिटामिन युक्त खाना, माछा खाने, रक्तचाँप बढी भए नुन कम खाने, तनावबाट मुक्त हुने, नियमित व्यायाम गर्ने, धुम्रपान…
यी ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुनसक्छ !
रुपन्देही | लसुन निकै गुणकारी हुन्छ । लसुनले खानालाई स्वादिलो मात्रै मात्रै बनाउँदैन, शरीरलाई स्वास्थ्य राख्नपनि सहयोग गर्छ । लसुन नियमित खाँदा स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्याबाट समेत बच्न सकिन्छ । तर लसुनको प्रयोगले सबै मानिसलाई फाइदाजनक छैन । लसुनको प्रयोग गर्दा आफ्नो स्वस्थ्य अवस्थाका विषयमा पनि ख्याल गर्नुपर्छ । यी ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छ:- १. कलेजोको समस्या भएको व्यक्ति ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर…
तिलोत्तमाको आनन्दवन स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बन्ने
स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिका वडा नंं. ६ सालघारीस्थित आनन्दवन स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बन्ने भएको छ । स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नतिका लागि वडा नं. ६ र तिलोत्तमा नगरपालिकाले निर्णय गरी स्वास्थ्य मन्त्रालयको योजना महाशाखामा फाइल पठाइसकेका छन् । स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्न रुपन्देही २ का प्रतिनिधि सभा सदस्य एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले समेत प्रतिवद्धता जनाए । पौडेलले बिहीबार स्वास्थ्य चौकीको स्थलगत निरीक्षण गरी अस्पताल बनाउन आफूले सम्बन्धित मन्त्रालयमा पहल गर्ने भन्दै ढुक्क बन्न आग्रह गरे । ‘आनन्दवन स्वास्थ्य चौकी अब १५ शैयाको अस्पताल बन्छ, तपाईहरु ढुक्क हुनुस्’–पौडेलले…

