अलबिदा लक्ष्मी रसाली !

स्वास्थ्य सेवा मानव जीवनमा महत्त्वपूर्ण हुन्छ । स्वास्थ्य क्षेत्रमा शान्तिपूर्ण रूपमा सेवा प्रदान होस् भन्ने सबैको चाहना हुन्छ। यति हुँदा हुँदै पनि सामान्य रुपमा उपचार गर्न आएको बिरामी उपचारकै क्रममा अचानक मृत्युको मुखमा पुग्छ । यसले मृतकको परिवारलाइ स्तब्ध बनाउने त भयो नै यो कुरा थाहा पाउने सबैको मुखमा हुन्छ- राम राम कस्तो डाक्टर, थुक्क अस्पताल !
के थाहा कुनै उपचार सामान्य भएर पनि डाक्टरको लापरवाहीले जटिल बनिदिन्छन त कतिपय उपचार जटिल भएपनि डाक्टरको साबधानीले चमत्कारिक रुपमा सुधार र निको हुन्छन । यो रहस्य सर्बसाधारणले कसरि जान्ने ? कसरि डाक्टर र अस्पतालको विश्वास गर्ने ? कसरि उपचारमा आफ्नै जिबनको भर पर्ने ? प्रस्न तर्क सबैका आ-आफ्नो ठाउंबाट आआफ्ना आउछन । लुम्बिनी मेडिकल कलेजमा एपेन्डिक्सको उपचार गर्न पुगेकी गुल्मीकी १७ बर्षिया लक्ष्मी रसालीको चिकित्सकको अनुसार उपचारको क्रममा नशा फुट्यो, रगत बग्यो, ब्लडफ्लो रोकथाम भएपनि नशाको सल्यक्रिया त्यहाँ सम्भव भएन । चिकित्सकनै साथमा भैरहवा मेडिकल कलेज आए । तर उपचार यहाँपनि असफल भयो । मृतकको परिवारले चिकित्सकलाइ दोषी ठानें । अस्पताल र मृतक परिवार बीच बार्ता भयो । यो प्रसंग यत्तिकै रोकियो । तर दिनानुदिन यस्तै घटना क्रम भइरहेका छन् र मिलिमतोमै सकिदै पनि छन् । यो कहिले सम्म ? समाधानको उपाए के त ? प्रस्न जति जटिल जवाफ उति कुटिल बनिरहेको छ । अहिले लाइ केवल अलबिदा लक्ष्मी रसाली भन्न सकियो ।

सम्बन्धित शिर्षक :