स्वास्थ्यका कर्मचारीको समायोजन सम्पन्न हुन अझै छ महिना लाग्ने

स्वास्थ्यसमाचार/स्वास्थ्य समूहका कर्मचारीको समायोजन सम्पन्न हुन अझै छ महिना लाग्ने बताइएको छ ।यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशै अघि नै समायोजन टुंगिने बताएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका गुनासो व्यवस्थापन एवं सहजीकरण समितिका संयोजक महेन्द्र प्रसाद श्रेष्ठले समायोजन र पदस्थापन सकिन अझै छ महिना लाग्ने बताएका हुन् ।

‘समायोजनको कामहरु त भईरहेको छ तर गुनासो आउने क्रम पनि रोकिएको छैन । यी सबै मिलाउनु पर्ने छ । त्यसैले अझै छ महिना लाग्ने जस्तो देखिएको छ, उनले भने ।गत १५ असार देखि शुरु भएको स्वास्थ्यको समायोजनको जिम्मा शुरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लिएपनि अहिले भने स्वास्थ्यले नै लिएको छ ।

तर समायोजन निकै गोलमाल भएको कर्मचारीहरुले आरोप लगाउने गरेका छन् ।

सम्बन्धित शिर्षक :