पिएचडी बाबाको स्वास्थ्य जय होस् !

स्वास्थ्यसमाचार ।

गुल्मीको रुपाकोटको बाटोघाटो, घर -आँगनमा मानसिक बिक्षिप्द मन लिएर डुलीरहने , आफुलाई श्री कृष्ण भगवानको रुप भन्न रुचाउने र हातमा लगाएका प्लास्टिकका बालालाइ संखौंको मुल्यबोध गर्दै र आफुले टेक्ने सामान्य लौरोलाइ सुनको लौरो बताउने देख्दा मानसिक रोगी मान्छे तर अध्ययनले पीएचडी हासिल गर्न सफल व्यक्ति हुन् पीएचडी बाबा ।
धेरैले धेरै बर्ष यता देख्दै र यो मान्छे त् यस्तै हो भनेर हिड्ने हरुको अगाडी गुल्मीका केहि पत्रकार मित्रहरु चाँसो राखे, बिशेषत भुवन भुषाल र टिमले उनको भिडियो फ्लोअप शुरु गरे । युट्युबमा भिडियो राखे । भिडियो देश विदेश फैलियो । एउटा बिधत्तो प्राप्त व्यक्ति कसरि बाटोघाटो नाजुक मानसिक स्वास्थ्य अवस्था लिएर डुलिरहेको छ, चाँसो र चर्चा साथसाथै शुरु भो ।
एकदिन त्यो स्टोरी काठमाडौँस्थित ग्रिनसिटी अस्पताल चलाईरहनु भएका लोक बहादुर टन्डनको आँखामा पुग्यो । धेरै बर्ष अघि गुल्मीकै व्यक्ति भएको नाताले पीएचडी बाबालाइ नजिकबाट आँखाले नियाल्ने मौका पाएका टन्डनले यसपाली उनिप्रति मनमै भावना बसाए । भिडियोमा कमेन्ट लेखे – बाबाको उपचारमा लाग्ने सम्पूर्ण व्यवस्था गर्न तयार छु ।
बाबा अहिले काठमाडौँ छन । हेलिकप्टर चढेर काठमाडौँ पुग्ने र ठुला ठुला राजा महाराजा भेट्ने उनको गाउँ छदाको इच्छा थियो । अहिले उनि दारी कपाल काटेर चिटिक्क छन् । निरन्तर चिकित्सकको निगरानीमा नियमित भोजन र आराममा छन् । उनको मानसिक स्वास्थ्यमा धेरै सुधार आएको छ । चिकित्सकले तिन हप्ता हेरौं र उनको स्वास्थ्यप्रति विचार गरौँ भनेका छन् । एकहप्ता बितिसक्यो । क्रमिक सुधार आएको छ । उनले बालापन,यौवन सम्झने र सामान्य अवस्थामा फर्कने संकेत देखाएका छन् । लोक बहादुर टन्डन अहोरात्र उनको सेवामा छन् । सबैको धन्य छन् टन्डन । धन्य छ भुवन, कमल लगायतको टिम । पिएचडी बाबाको स्वास्थ्य छिट्टै जय होस् !

सम्बन्धित शिर्षक :