एपेन्डिक्सको उपचारत गुल्मीकी १७ बर्षिया युवतीको मृत्यु

स्वास्थ्यसमाचार /एपेन्डिक्सको उपचारत एक १७ वर्षीया युवतीको ज्यान गएको छ ।गुल्मी रेसुङ्गा नपा-८ की लक्ष्मी रसालीको ‘एपेन्डिक्स’को शल्यक्रिया गर्ने क्रममा लुम्विनी मेडिकल कलेज प्रभासमा रक्त नशा फुटेको थियो ।

ओभरफ्लो भई पेटमा जमेको रगत सफा गरेर नशाको शल्यक्रियाको लागी लुम्विनी मेडिकल कलेजको चिकित्सक सहितको टोली भैरहवा मेडिकल कलेज पुगेको थियो । भैरहवामा उपचारको क्रममा रसालीको ज्यान गएको हो ।

मृतकको परिवारले सामान्य अवस्थामा उपचारत रसालीको उपचारको क्रममा चिकित्सकको लापरवाहीले ज्यान गएको बताएको छन् । चिकित्सकहरुले भने उपचारको प्रयास गर्दागर्दै समस्या जटिल भएकोले युवतीको ज्यान बचाउन नसकिएको बताएका छन्।

सम्बन्धित शिर्षक :