स्वास्थ्य – ख्याल आफैबाट, आजैबाट शुरु गरौँ !

स्वास्थ्यसमाचार !

स्वास्थ्य छ र त सबथोक छ । हाम्रो स्वास्थ्यलाई निरोगी राख्न पहिलो कुरा आहार विहारबाटै ध्यानदिनु जरुरी हुन्छ । धुवाँ, धूलोबाट आफूलाई सुरक्षित राख्ने र प्रसस्त व्यायाम र शारिरमा कुनै असहता हुनासाथ चिकित्सकको सल्लाह र स्वास्थ्य जाँच गराउने बानी बसाल्नुपर्छ  ।
पछिल्लो पटक हृदयघातले धेरैको ज्यान लिईरहेको छ । हामीले केही कुरामा ध्यान दिन सक्यौं भने मात्र हृदयघातबाट बच्न सकिन्छ । पहिलो कुरा खानामा ध्यान दिने, चिल्लो, पिरो नखाने, सागसक्जी, भिटामिन युक्त खाना, माछा खाने, रक्तचाँप बढी भए नुन कम खाने, तनावबाट मुक्त हुने, नियमित व्यायाम गर्ने, धुम्रपान नगर्ने बानीले हृदयघात हुनबाट बचाउँछन् ।
त्यस्तै मक्षणको टोकाईबाट फैलने डेंगु रोगबारे हामीले सुन्दै र कतिपयले भोग्दै आएका छौं । जति सुन्दा डरलाग्दो रोग मानिरहेका छौं सावधानी अपनाए त्यतिनै खास केही हैन यो रोग । डेंगु लागेमा ज्वरो आउने, आँखाको पछाडीको भाग दुख्ने, शरिर कमजोर हुने, टाउको दुख्ने र खान नरुच्ने लक्षण देखापर्छन । यदि शंका लागेमा प्रसस्त पानी पिउने, व्यायाम गर्ने, चिल्लो खानेकुरा नखाने, टाउको दुखिरहेमा सिटामोल खाने, एकहप्तासम्म पनि सुधार नआएमा चिकित्सककोमा गएर सल्लाह लिने । डेंगु सावधानीबाट निको हुन्छ आत्तिईहाल्नु हुँदैन ।
हामीले खाने सागसब्जी, फलफुल बजारमा विषादीयुक्त पाईने गर्छन । यी सबैको प्रयोग गर्नु अघि पानीमा केहीबेर भिजाउने, सफा मनतातो पानीले पखालेर प्रयोग गर्ने गरेमा पनि स्वास्थ्यको लागी हानी पुग्दैन । बजारमा खाने विविध खानाका परिकारहरु खुल्ला ठाँउमा राखेको, झिंगा भन्केको, बासी कहिल्यै प्रयोग नगर्ने । सफा ठाँऊ, राम्रोसंग छोपेर सुरक्षित ठाउँमा राखेको खाने बानी बसाल्ने ।
स्वास्थ्यको हामीले ख्याल राखे , स्वास्थ्यले हामीलाई दिर्घजिवन दिन्छ । जय होस् ।

सम्बन्धित शिर्षक :