नर्सिङ लाईसेन्स परीक्षामा ५२ प्रतिशत विद्यार्थी सफल

स्वास्थ्यसमाचार ।
रुपन्देही, १ मंसिर । नेपाल नर्सिङ काउन्सिलले शनिबार लिएको २३ औँ नाम दर्ता (लाईसेन्स) परीक्षाको नतिजा सार्बजनिक गरेको छ ।

उक्त नतिजा अनुसार कुल १ हजार ६७१ विद्यार्थी सहभागी भएकोमा ८ सय ७१ जना(५२.१२) प्रतिशत विद्यार्थी मात्र सफल भएका हुन्  । जसमध्ये ८ सय बिद्यार्थीअसफल भएको काउन्सिलकी रजिष्टार विन्दा घिमिरेले बताइन।

त्यस्तै गत असारमा भएको २२औँ नाम दर्ता परीक्षामा ६५ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए। काउन्सिलको नतिजा  www.nnc.org.np मा हेर्न सकिने  छ।

सम्बन्धित शिर्षक :