मृगौलाको पत्थरी निकाल्ने लेजर पद्धती तिनाउ इन्टरनेशनल हस्पिटलमा

स्वास्थ्यसमाचार /बुटवलमा सञ्चालनमा आएको तिनाउ ईन्टरनेशनल हस्पिटलले यस क्षेत्रमै पहिलो पटक मृगौलाको पत्थरी निकाल्नका लागि लेजर प्रविधी भित्रायाएको छ ।यो प्रबिधिबाट मृगौलामा पत्थरी निकाल्नको लागी अप्रेशन गर्नुपर्ने झण्झट अन्त्य भएको हो ।

पाँच नं. प्रदेशमै पहिलो पटक लेजर प्रविधी भित्र्याएको तिनाउ हस्पिटलले ( आर.आइ.आर.एस) प्रविधी ल्याएसंगै सफल उपचार समेत सुरु गरेको छ ।
लेजर पद्धतीबाट मिर्गौलाको पत्थरी निकाल्न सफल भएको अस्पतालले जनाएको छ । आर.आइ.आर.एस. बिना अप्रेसन लेजरको माध्यमबाट मिर्गौलाको सर्जरी गरी पत्थरी निकाल्ने विधि हो ।

सिनियर चिफ कन्सल्टेन्ट हाड जोर्नी ट्रमा, नसा तथा स्पाईन सर्जन राजेन्द्र सन्जेलका अनुसार यो प्रकारको उपचार सुविधा यस क्षेत्रमा थिएन, हामी गर्न सफल उपचार गरेका बताए ।

अस्पतालका अध्यक्ष चिरञ्जिवी जोशीका अनुसार प्रविधी ल्याएसंगै जनरल सर्जन डा. सन्जय कुमारको टिमले लेजर प्रबिधिद्वारा पत्थरी निकालेको हो । अस्पतालको प्रवन्ध निर्देशक बिमल श्रेष्ठले बिरामीको चुस्त सेवाकालागि अस्पताल प्रतिवद्ध रहेको बताए ।

सम्बन्धित शिर्षक :