स्त्रीरोग बिशेषज्ञ काममा नफर्किदा स्वास्थ्य सेवा प्रभाबित

स्वास्थ्यसमाचार /रुपन्देही जिल्ला अस्पतालमा दरबन्दी भएका चिकित्सक नहुदा बिरामीहरु सेवाबाट बञ्चित हुने अवश्था आएको छ ।

भैरहवा स्थित जिल्लाको सरकारी अस्पताल भिम अस्पतालका स्त्रीरोग बिशेषज्ञ डा. ज्वाला थापा महिनौ देखि कार्यालयमा जानकारी नै नगराई गायब रहेको पाईएको छ । स्त्रीरोग बिशेषज्ञको रुपमा दरबन्दी भएको उनि यहा नभएको कारण उपचारमा अप्ठ्यारो आएको अस्पताल प्रशासनको भनाई छ ।

पछिल्लो समय निकै सुधारात्मक अवश्थामा देखिएको भैरहवा भिम अस्पतालको सेवा थापाकै कारण ओझेलमा पर्दैछ । दरबन्दी देखिएकोले सो पदमा करारमा पनि चिकित्सक राख्न नमिल्ने भिम अस्पतालका मेडिकल सुपरिडेन्टेन नविन दर्नालको भनाई छ ।

दरबन्दी अनुसारका चिकित्सक भने ९ महिना हुदा पनि ४४ दिन मात्र हाजिर गरिएको देखिएको छ । २०७४ साल कार्तिकमा डा. ज्वाला थापा स्त्रीरोग बिशेषज्ञ र उनका पति डा. विप्लव सापकोटा मेडिकल सुपरिडेन्टेनको रुपमा भैरहवा भिम अस्पतालमा आएका थिए । २०७५ को चैत्र सम्म संगै काम गरेका उनिहरु चैत्रमा मेडिकल सुपरिडेन्टेन काठमाण्डौं काजमा गए पनि ज्वालाको पनि हाजिर अनियमितता बढदै गएको छ ।

२०७५ चैत्र १ गते देखी २०७६ बैशाख ३ गते सम्म असाधारण बिदा बसेको उनि बैशाख महिना भरि ८ दिन अस्पतालमा बसेकी थिईन । बैशाखको २९ गते देखी जेठको ६ गते सम्म उनको हाजिर काटिए पनि काटिएको लाईन माथी नै डा. ज्वाला थापाले जवरजस्ती हाजिर गरेको अस्पतालको हाजिर पुस्तिकाबाट देखिन्छ । असार महिना प्रसुति काज लिएकी उनले उक्त महिनामा ३ दिन हाजिर गरेकी छन् ।

साउन महिनामा पनि ३ दिन नै हाजिर गरेकी थापा बाकी दिन घर बिदा लिएर बसेको देखिन्छ । भदौ दोश्रो साता हाजिर भएकी उनि एक साता पछि पुनः काठ्माण्डौ काजमा गएको भैरहवा भिम अस्पतालका प्रशासन शाखा प्रमुख गोविन्द ज्ञवालीले जानकारी दिए ।

भदौ पहिलो साता काजमा गएकी थापा अहिले सम्म सम्पर्कमा नरहेको अस्पताल प्रशासनको भनाई छ । उनले न बिदा लिएकी छिन न कुनै प्रकारको काज नै छ ।
डा. ज्वाला थापा चैत्र पछि नै अस्पतालमा न आएको श्रोतको भनाई छ । बिच बिचमा १ दिन आउने अनि भएको हाजिर गरेर जाने गरेको अस्पतालका कर्मचारीहरु बताउछन् ।
डा. ज्वालाको यो क्रियाकलापको कारण बिस्तारै सुधार हुदै गरेको अस्पतालको सेवा फेरी प्रभावित भएको छ । १ जना स्त्री रोग बिशेषज्ञ दरबन्दी रहेको भिम अस्पतालमा अहिले दरबन्दी अनुसारको चिकित्सक रहे पनि सो सेवा भने प्रभावित बनेको छ । स्त्री रोग सम्बन्धि सेवा अहिले अस्पतालमा कार्यरत अन्य मेडिक अधिकृतहरुबाट गराउनु परेको भैरहवा भिम अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट नविन दर्नाले बताए ।

“बैशाख देखि नै नियमित नभएको कारण उनको तलब रोकिएको रहेछ अहिले म आए पनि तलब भुक्तानी भएको छैन ।” दर्नालले भने । दर्नाल आफै पनि स्त्रीरोग बिशेषज्ञ भएको कारण अस्पतालको प्रशासनिक काम देखि प्रसुति सम्म आफैले हेर्ने गरेको बताए ।

यस अघि अस्पतालमा बालरोग बिशेषत्रको दरबन्दी रहेको र दरबन्दी अनुसारको चिकित्सक नरहेकोले अस्पतालले करारकमा बालरोग बिशेषज्ञ भर्ना गरेको छ । तर स्त्रीरोगमा भने चिकित्सक भर्ना गर्न कठिनाई आईरहेकोले अस्पताललको सेवामा समेत असर देखिएको छ ।

यस बिषयमा काठमाण्डौंमा रहेकी डा. ज्वाला थापाले आफु समायोजनमा परेर प्रदेश नम्बर ३ मा आएको बताईन । भदौ देखी नै अस्पतालमा हाजिर नभएको भन्ने प्रश्नमा उनले बिदा लिएको दावी गरे पनि अस्पताल प्रशासनले यस्तो कुनै बिदा नलिएको जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक :