नेपाल नर्सिङ संघमा मनकुमारी राई नेतृत्वको प्यानल विजयी

स्वास्थ्यसमाचार /नेपाल नर्सिङ संघको निर्वाचनमा प्राध्यापक मनकुमारी राई नेतृत्वको प्यानल विजयी भएको छ ।राई समूहबाट कोषाध्यक्षका उम्मेद्धार बनेकी कल्पना श्रेष्ठले प्यानलले नै जितेको जानकारी दिइन । यद्धपी घोषणा हुन केही बेर लाग्ने उनले बताइन ।

यसपटकको निर्वाचनमा प्राध्यापक राईले प्रगतिशील प्यानल र प्राध्यापक मुना राना थापाले पेशागत समावेसी प्यानलले नेतृत्व गरेका थिए । प्रगतिशील प्यानललाई नेकपाले समर्थन गरेको थियो । उता पेशागत समावेशी समूहलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो ।

 

सधै प्रगतिशील प्यानल हावी हुने नर्सिङ संघमा यसपटक पेशागत समूहले कडा टक्कर दिने र प्यानल भत्किने सम्मको कतिपयको अनुमान थियो । तर प्रगतिशील प्यानलले सो अनुमानलाई गलत सावित गर्दै प्यानल नै विजयी गराएको छ । नेपालीहेल्थबाट

सम्बन्धित शिर्षक :