यौनिकता शिक्षालाई प्रभावकारी बनाउन दृष्टिकोणमा परिवर्तन स्वास्थ्य निर्देशक : गिरी

स्वास्थ्यसमाचार/ बृहत्त यौनिकता शिक्षा सम्बन्धि ३ दिने कार्यशाला गोष्ठी बुटबलमा सुरु भएको छ।नेपाल परिवार नियोजन संघद्धारा सचालित यु.एन.एफ.पिए परियोजना द्धारा आयोजित गोष्ठिमा यौनिकता कार्यशाला गोष्ठीका सहभागीहरुले यौनिकता शिक्षा परिवारबाट प्रारम्भ गर्नुपर्ने बताएका छन।

कार्यक्रमक प्रमुख अतिथि प्रदेश ५का स्वास्थ्य निर्देशक डा.बिनोद गिरिले यौनिकता शिक्षालाई थप प्रभावकारी बनाउन समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए।

ग्रामिण भेगमा किशोर किशोरीहरु र उनिहरुका परिवारमा यौन शिक्षा सम्वन्धी अझै खुलेर कुराकानी हुन नसक्दा किशोर किशोरीको भविस्यमा समस्या परेको महसुस गरि यौन शिक्षा लाई सवैले बुझि सहजरुपमा लिनु पर्नेमा बताए।यौन शिक्षाकै अभावले वाल विवाह बहुविवाह हिंसा हत्या समेत भएकाले यसलाई मानविय आवश्यकताका आधारमा बुझि यसको असर र प्रभावबारे जानकारी दिनु पर्नेमा डा गिरीले बताए ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघका महानिर्देशक के .पि बिष्टले यौनिकता शिक्षा विद्यालयमा राखिए पनि त्यो व्यवहारिक हुन नसकेको बताए।उनले कतिपय किशोरीहरुले १८ वर्षकै उमेरमा पहिलोपल्ट यौन सम्पर्क गर्ने र सानै उमेरमा गर्भवति हुने गरेको बताउँदै यौनिकता शिक्षा दिन कसरी सकिन्छ यस विषयमा सम्बन्धीत सबैको ध्यान जानु पर्ने बताए ।

त्यस्ता किशोर किशोरीलाई सुरक्षित शारीरिक सम्बन्धलगायत उमेर पुगेपछि मात्र विवाह गर्नेबारे अझै जानकारी दिन आवश्यक रहेको बताए। यौन प्रजनन सम्वन्धी विभिन्न जनचेतना फैलाउनका लागि आ–आफनो तवर बाट अगाडि बढ्ने भनि गोष्ठिमा उपस्थीत सम्पुर्ण सहभागिहरुले सामुहिक प्रतिवद्धता समेत ब्यक्त गरेका थिए ।

बृहत्त यौनिकता शिक्षा सम्बन्धि ३ दिने कार्यशाला गोष्ठीमा प्रदेश नम्बर ५ अन्तरगतका सामाजिक बिकास मन्त्रलायका अधिकारी , स्वास्थ्य सस्थाका प्रमुख , पालिका स्तरीय स्वास्थ्य संयोजक , शिक्षा संयोजक , किशोरकिशोरी मैत्रि सुचना केन्द्र भरका बिद्यालयका शिक्षक टिम नेपो रुपन्देहीका अध्यक्ष,प्रतिनिधि र युवा युवतीको सहभागिता रहेको थियो ।

शाखाका उपसभापति प्रदिप शाक्यको अध्यक्षता भएको गोष्ठिको सहजिकरण प्रध्यापक रामकृष्ण महर्जन र डा.भगवान अर्यालले गरेका थिए ।भने रुपन्देही शाखा प्रवन्धक मोहन बस्याल अनु बिस्टले कार्यक्रम संञ्चालन गरेका थिए ।

सम्बन्धित शिर्षक :