दुग्ध ब्यवसायीले उपभोक्ताको स्वास्थ्यमा ख्याल गर्नुस :मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार/ प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले डेरी एशोसीयसनसंग उपभोक्ताको स्वास्थ्यमा  ख्याल गर्नु पर्ने बताएका छन। नेपाल डेरी एशोसीयसनको २१ औ केन्द्रीय साधारण सभा बुटवलमा उदघाटन गर्दे मुख्यमन्त्री पोखरेलले दुग्धजन्य बस्तुका व्यवसायीहरुले बस्तुको गुणस्तरमा र स्वास्थ्यमा विशेष ख्याल गर्न आग्रह गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री पोखरेलले दुग्धजन्य बस्तुको विविधिकरण र ब्रान्डीङ्गको विकल्प नभएको बताएका छन ् ।आफुले उत्पादन गरेको कृषि जन्य उत्पादनहरुलाई माया गर्नुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले विरोधको रुपमा कुनै पनि उत्पादक किसान वा व्यवसवायीहरुले कृषि जन्य उत्पादनलाई नै पोखेर, फोडेर वा अन्य कुनै पनि कारणले विरोध गर्ने परिपाटी गलत भएको बताए ।

दुधको मुल्य पाएनौ भनेर दुध पोख्नु गलत रहेको भन्दै उनले जसलाई विद्यालयमा गएर निशुल्क रुपमा वालबालिकाहरलाई वितरण गरेर पनि विरोध गर्न सकिने र यसमा सरकारको ध्यानाकर्षण हुने बताए ।मुख्य मन्त्री पोखरेलले अरुलाई रोक्नु मात्रै साधानको विषय नभएको बताए । सरकारले बाहिरबाट आयात गरिने पाउन्डर प्लान्ट रोक लगाएको बताए ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य मोहन वानियाले स्वदेशी व्यवसायीहरु लगानीको लागि तयार हुँदा हुदै पनि विदेशबाट लगानी भित्र याउनु आफैमा गलत भएको धारणा राखेका थिए । यस्तै राष्ट्रिय सभा सदस्य लाल कुमार केसीले पनि किसानहरुको हक हितको लागि सरकार गम्भिर बन्नुपर्ने बताए ।

दुग्ध विकास संस्थानका महाप्रबन्धक बैकुण्ठ अधिकारीले धान पछि नेपालको सबैभन्दा बढि कृषि क्षेत्रमा दुधको योगदान बढि रहेको जानकारी गराए।
यस्तै कार्यक्रममा प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले किसान, दुग्ध व्यवसायी र अन्य आम उपभोक्ताहरुको हितको लागि सरकार जहिले पनि तयार रहेको बताएका थिए ।

कार्यक्रममा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यत्रलय भैरहवाका प्रमुख विमल दाहाल, मानव अधिकार तथा शान्ती समाज नेपालका केन्द्रीय उप सभापती गोविन्द खनाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुरा बोहोरा लगायतले आआफ्नो भनाई राखेका थिए ।.

सम्बन्धित शिर्षक :