सरकारले डाक्टर उत्पादन गरेपनि लक्षित समुदायमा पुराउन सकेन :मन्त्री बराल

स्वास्थ्यसमाचार /प्रदेश ५ का सामाजीक बिकास मन्त्री शुदर्शन बरालले सरकारले डाक्टर उत्पादन गरेपनि लक्षित समुदायमा पुराउन नसकेको बताएका छन। डाक्टर सेवाका नाममा सुगम केन्द्रित भएको मन्त्री बरालले बताए ।

स्वास्थ्य तालिम केन्द्र प्रदेश ५ले मेडिकल अधिकृत र स्वास्थ्य अधिकृतलाई नसर्नेरोग समन्धी ५ दिने तालिम समापन समारोहमा बोल्दै सामाजीक बिकास मन्त्री बरालले उक्त कुरा बताएका छन। मन्त्री बरालले चिकित्सकहरुलाई स्थानिय परिबेस भाषा अबस्था अनुसार सेवा दिन निर्देशन दिए ।मन्त्री बरालले मानिस बिबेकशिल भएपनि गाईडको समस्या भएको बताउदै भाषा अबस्था परिबेस अनुसार सेवा दिन डाक्टर हरुलाई आग्रह गरे ।

प्रदेश ५का स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीले नेपालमा ६६ प्रतिशत मानिस नसर्ने रोगको समस्यामा रहेको बताए। डा गिरीले ज्ञान दिएर उनीहरुको ब्यवाहरमा परिर्बतन गर्नुपर्ने बताए ।

 

समापन समारोहमा स्वास्थ्य तालिम केन्द्र प्रदेश ५का निर्देशक महेश्वर श्रेष्ठले प्रदेश ५का १२ जिल्लाका २० जना मेडिकल अधिकृतलाई नसर्ने रोगसमन्धी तालिम दिएको बताउदै यस बर्ष अर्घाखाची प्युठान र दाडका सबै स्थानिय तहमा सबै स्वास्थ्य कर्मिलाई तालिम दिने बताए ।

तालिम दिनको लागीे ५ दिने तालिम दिएको बताउदै १२ जिल्लाका सबै स्वास्थ्यकर्मिलाई यो तालिम दिने श्रेष्ठले बताए ।कार्यक्रममा प्रशिक्षक डा मिलन मल्ल, डा सैलेन्द्र पान्डेले बोलेका थिए। समापन कार्यक्रमको संञ्चालन तालिम केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भुबन कुबरले गरेका थिए ।

सम्बन्धित शिर्षक :