स्वास्थ्यसमाचार /मध्यरातमा सडकको बीचमा डाक्टर कुट्ने महाराजगञ्जका डिएसपी उमेश लम्साल कारबाहीमा परेका छन । उनको महाराजञ्ज वृतको प्रमुखको पद खोसिएको छ भने अहिले रानीपोखरी तानिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टर कुटपिट प्रकरणपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख लम्साल महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएका छन् । उनीमाथि विभागिय कारबाहीको तयारी समेत गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले उनी माथि थप कारबाहीको तयारी गरिएको समेत जानकारी दिए । बुधबार ड्युटी सकेर फर्कंदै गर्दा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
कोरोनालाई जितेकी नर्स :द्वन्द्वात्मक अवस्थाबाट माथि उठ्नु जीवन विजय हो
म एक नर्स हुँ, जन्म र मृत्युको साक्षी पनि । मृत्युको क्षणको पीडा पनि देखेको छु । बच्चा जन्मँदाको हर्षोल्लास पनि देखेको छु । कहिलेकाहीं लाग्छ कि अस्पताल जन्म र मृत्युको संगम हो । जहाँ एन्ट्री र एक्जिट द्वार छ । कोरोनाको लक्षण देखिँदा म काममै थिएँ । आजको यो शुभ बिहानी मेरो आफ्नो कोरोनाले छाडेका अनुभव साट्न चाहन्छु । सुन्दर चरीको मधुर अनि सुन्दर चीरबीर आवाज सुन्दै, पंक्षीहरुको महफिल भन्न चाहन्छु । साथै मेरो आफ्नो त्यो अवस्थामा गुज्रेका अनुभव बाँड्न मेरा अक्षर आतुर छन्, यो उषामा आज । जीवन…
पिट्सबर्ग विश्वविद्यालय कोभिड-१९ को खोप परीक्षणमा सफल
स्वास्थ्यसमाचार/अमेरिकाको पेनसेलभेनिया राज्यको प्रसिद्ध शहर स्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड-१९ को खोप परीक्षणमा सफल भएको जनाएको छ । यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा खुलाशा गरेका हुन । पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरहरुमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका छन् । पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोना भाइरस कोभिड-१९ लाई निष्प्रभावित पार्ने रिपोर्ट( प्रतिबेदन) प्रस्तुत गरेका छन् । अनुसन्धानकर्ताहरूले आफ्नो निष्कर्ष ईबायोमेडिसिनमा आफ्नो शोधपत्र सार्वजनिक गरेका छन् जुन एक अग्रणी ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले प्रकाशित गरेको…
समाग्री अभाबमा भैरहवा र नेपालगञ्जमा नयाँ आरटी पिसिआर मेशिन संचालनमा ढिलाई
रिमा बिसी स्वास्थ्यसमाचार प्रदेश नं. पाँच सरकारले आरटी पिसिआर मेसिनबाट कोरोना भाइरस संक्रमणका शंकास्पद व्यक्तिहरुको थु्रटस्वाव परिक्षणकोदायरालाई फराकिलो पार्ने भने पनि मेसिनलाई चाहिने सामाग्री र सेटिङ्ग गर्ने इन्जिनियरको अभावका कारण भैरहवामा रहेको कोरोना भाइरस (कोभिड १९) को थ्रुटस्वाव परिक्षणको दायरा बढाउन नसकिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । आरटी पिसिआर मेशिन संचालनमा आएमा मेसिनको मोर्डल हेरेर दैनिक ७० देखि ९० सम्म परिक्षण गर्न सकिन्छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा यो मेसिनलाई स्वाब लिने सामग्री (भिटिएम) र मेसिन जडान गर्ने इन्जिनियरको अभाव हुँदा कठिनाई भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा.राजेन्द्र कुमार…
देवदह नगरबासीको साथ र सहयोगविना कोरोनाविरूद्ध लड्न सकिदैन :नगरप्रमुख खत्री
विश्वव्यापी फैलिएको कोराना भाइरसको संक्रमणसँग सिङ्गो विश्व नै जुधिरहेका अवस्थामा देवदह नगरपालिका पनि यतिखेर कोरोना संक्रमणका विरुद्धमा योजनाबद्ध ढङ्गले होमिएको छ। देशव्यापी लकडाउनका अवस्थामा कोरोनाको रोकथाम एवम् नियन्त्रण सम्बन्धमा नगरमा भइरहेका गतिविधि लगायत आम जनमानसलाई स्पष्ट पार्ने लक्ष्यका साथ देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्री संग गरेको कुराकानी देवदह नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागी चालेको मुख्य कदम के के हुन ? प्रथम चरणमा हामीले सचेतनामूलक काम ग¥यौं । स्वास्थ्य शाखा, महिला स्वास्थ स्वयंसेवक दिदीबहिनी, निर्वाचित जनप्रतिनिधि, विभिन्न संघसंस्था, टोल सुधार समिति, राजनीतिक दलसँग मिलेरे सचेतान फैलायौं । ब्रोसर निर्माण…
प्रदेश ५ सरकारले १३ करोड ६० लाख कोरोना विशेष अनुदान दिने
स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारको मन्त्रीपरिषद बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ । मुख्यमन्त्रीको प्रेस सल्लाहकार सेर बहादुर केसीका अनुसार बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २० लाख रुपैंयाका दरले दिने भएको छ ।त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकालाई २५ लाख सिद्धार्थनगर नगरपालिकालाई २० लाख र अन्य प्रदेशभित्रका अन्य ३१ नगरपालिकालाई १५ लाख रुपैंया दिइने मन्त्री परिषदको निर्णय भएको बताएका छन। त्यस्तै प्रदेशभित्रका ७३ गाउँपालिकालाई १० लाख रुपैंयाको दरले १२ वटा जिल्ला समन्वय समितिलाई ५ लाख रुपैंयाको दरले ६० लाख रुपैंया भएको छ । जिल्ला समन्वय समितिको काम अनुगनको कामलाई…
प्रदेश सभाले फिर्ता गर्यो साढे आठ करोड
स्वास्थ्यसमाचार/ प्रदेश नंं ५ प्रदेश सभा सचिवालयले साढे आठ करोडभन्दा बढी रकम सरकारलाई फिर्ता गरेको छ । कोरोनो रोकथाम, नियन्त्रण र उपचारमा सहयोग होस् भन्ने उद्देश्यले फिर्ता गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।प्रदेश सरकारबाट प्राप्त पूर्वाधार विकास, अवलोकन भ्रमण, कार्यालय खर्च, सामान खरिद लगायतका विभिन्न शिर्षकको बजेट कोरोना नियन्त्रणका लागि प्रदेश सरकारलाई नै फिर्ता गरिएको प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तिले बताए । प्रदेश सचिवालयका अनुसार ८ करोड ६४ लाख ३२ हजार रुपैया आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत प्रदेश सरकारलाई फिर्ता गरेको हो । प्रदेशसभा सदस्यहरु र प्रदेशसभा सचिवालयका कर्मचारीहरुको पारिश्रमिक…
भिम अस्पतालको आइसोलेसनमा रहेका बिरामीको रिर्पोट नेगेटिभ
स्वास्थ्यसमाचार/भैैरहवाको भीम अस्पतालको आइसोलेसनमा उपचार भइरहेका व्यक्तिको दुवै रिपोर्ट नेगेटिभ आएको छ । भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा मंगलबार गरिएको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको हो भिम अस्पतालले बताएको छ । ति व्यक्ति सोमबार अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । ¥यापिड टेस्टमा पनि उनको रिपोर्ट नेगेटिभ नै देखिएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाव परीक्षणका लागि भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रको प्रयोगशालामा पठाइएको थियो । भिम अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायका अनुसार बिरामीको अवस्था सामान्य छ । रुपन्देहीको मायादेवी गाउँपालिका–१ का ५१ वर्षीय एक पुरुषमा १२ दिनदेखि ज्वरो…
लकडाउन बैशाख १५ सम्म जारी राख्ने मन्त्रिपरिषदको निर्णय
स्वास्थ्यसमाचार/ वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारले निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यसअघि सरकारले लगाएको लकडाउनको आदेश बुधबार सकिने भएपछि सरकाले वैशाख १५ सम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो। कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनको आदेश चौथोपटक लम्ब्याएको हो।
कोरोना विरुद्धको लडाइमा सरकारले अपनायो ६ ‘टी’ को फर्मुला
स्वास्थ्यसमाचार/ कोरोना भाइरसको महामारीबाट लड्न सरकारले ६ ‘टी’ को रणनीति अगाडी सारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीले सोमवार नयाँ वर्षको अवसरमा शुभकामना दिँदै कोरोना संक्रमणको लडाइका लागी सरकारले छ ‘टी’ को रणनीति अपनाएको बताए । उनले विश्वव्यापी महामारी बनेको कोरोना भाइरस माथी विजयी हासिल गर्नका लागी सरकारले अपनाएको छ ‘टी’ को बारेमा बताउँदै कोरोना भाइरस विरुद्धको यो लडाईमा सबै एकजुट हुनुपर्ने बताए । उनले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसमाथी सिल गर्नका लागि सरकारले अपनाएको ६ ‘टी’ को बारेमा बताउँदै कोरोना भाइरस विरुद्धको यो लडाईमा सबै एकजुट हुनुपर्ने बताए ।…

