म एक नर्स हुँ, जन्म र मृत्युको साक्षी पनि । मृत्युको क्षणको पीडा पनि देखेको छु । बच्चा जन्मँदाको हर्षोल्लास पनि देखेको छु । कहिलेकाहीं लाग्छ कि अस्पताल जन्म र मृत्युको संगम हो । जहाँ एन्ट्री र एक्जिट द्वार छ । कोरोनाको लक्षण देखिँदा म काममै थिएँ ।
आजको यो शुभ बिहानी मेरो आफ्नो कोरोनाले छाडेका अनुभव साट्न चाहन्छु । सुन्दर चरीको मधुर अनि सुन्दर चीरबीर आवाज सुन्दै, पंक्षीहरुको महफिल भन्न चाहन्छु । साथै मेरो आफ्नो त्यो अवस्थामा गुज्रेका अनुभव बाँड्न मेरा अक्षर आतुर छन्, यो उषामा आज । जीवन जिउँदै जाँदा हरेक उकालीरओराली पार गर्नु सृष्टिको देन हो । मेरो जन्मअघि म कहाँ थिए रु र मृत्युपश्चात म कहाँ पुग्छु ।
मलाई थाहा छैन् । हामी आ(आफ्नै विश्वासमा चलेका छौं । हामीले स्वर्ग र नरकको निर्माण गरेका छौं । जुन हाम्रो विश्वास हो । केही हदसम्म विश्वासले काम गरिरहेको हुन्छ । तर सबैलाई नगर्न सक्छ । यसैले त सिद्धार्थ गौतम “बुद्ध“ मा रुपान्तरित हुनुभयो र आफैँले सत्यको खोजी गर्नु भो । एउटा अकाट्य सत्य के हो भने जन्मेको क्षणमा जुन हामीले पहिलो श्वास लिन्छौं त्यसै दिनदेखि अन्तिम श्वासको गिन्ती शुरु भएको हुन्छ । यो साक्षात विधिको विधानलाई सम्झन सक्यौं भने हामी बाँचेर मात्र मर्नेछौं । मर्न अघि नै मर्ने छैनौं, प्रत्येक पल उत्सवको रुपमा लिँदै आनन्दले जीवन जिउने छौं ।
प्रेमको अनुभव, मृत्युको भय
जुन अवस्थाले यो पृथ्वी गुज्रिरहेको छ, म किन अछुतो हुन्थें र रु विश्वका ठूला भनिने देश, ठूला भनिने हरेक व्यक्ति त्रासमा जिइरहेका छन् । यो अदृश्य शक्ति कोरोना भाइरसले न दरबार छोड्यो, न सडकका पेटीमा कटौरामा आएका सुका–मोहरमा जीवन धानी रहेकालाई छोड्यो । हामी सबैलाई चेतना भयो होला आज कि, धन, दौलत, मान, सम्मान घटीबढी होला तर मृत्यु समान हो ।
हरेक हृदयले अनुभव गर्ने प्रेमको भाव, दुख र सुखको भाव हरेक प्राणीमा उही हो । मानिस हुन् या जंगलका जीवजन्तु ईश्वरले प्रेमको अनुभव र मृत्युको भय बराबर दिनु भएको छ । हाम्रो बुझ्ने चेतनाले बुझ्न र अनुभव गर्न नसकेको हो भन्दा सायद दुई मत नहोला ।
म एक नर्स हो, जन्म र मृत्युको साक्षी । मृत्युको क्षणको पीडा पनि देखेको छु । बच्चा जन्मदाको हर्षोल्लास पनि देखेको छु । कहिलेकाहीं लाग्छ, अस्पताल जन्म र मृत्युको जक्सन हो । जहाँ एन्ट्री र एक्जिट द्वार छ । मलाई कोरोनाको लक्षण देखिँदा म काममै थिएँ । काममा सबै जनामा अन्योल, अनिश्चय, भय, त्रास थियो नै । तर पनि आफ्नो काम गरिरहेका थियौं । एक जना साथीले आ(आफ्नो ज्वरो नापौं भन्नु भो। कसैको ३५ आयो, कसैको ३६ आयो तर मेरो करिब ३८ थियो, मेरो शरीर दुख्न शुरू भइसकेको थियो । मैले मलाई त ज्वरो छ, कोरोना हो कि के हो भन्दा सबै जनाले जिस्काए । जीउ धेरै असजिलो भएजस्तो भो, अलि(अलि खोकी पनि थियो, अनि सिटामोल खाएँ ।
घर आएँ अनि खाना खाएर सुतें । करिब मध्यराततिर शरीर काँपीरहेको रहेछ । जिउमा असह्य पीडा अनि काम ज्वरो सुरु भयो । ज्वरो नाप्दा ३९ रहेछ । तुरुन्त ज्वरोको औषधि खाएँ । बिहान करिब ५ बजे १११ मा फोन गरेँ, जवाफ आयो तपाईं तुरुन्त आइसोलेसनमा बस्नोस्, श्वास फेर्न गारो भो भने तुरुन्त हामीलाई फोन गर्नोस् । मैले बुझिहालें यो भाइरसको असर बढ्न नदिने घरेलु उपचार नै हो । छोराछोरीलाई जीरा, अदुवा, बेसार, दालचिनी पानी पकाउन भनें, अनि अलिकति नुन हालेर तातोरतातो पानी दिनको तीनपटक पिउन थालें ।
हजुरमुमाको खुब याद आयो । उहाँ धेरै अघि स्वर्गवास भै सक्नु भो। सानोमा रुघाखोकी लाग्दा त्यसरी नै पानी खुवाउनु हुन्थ्यो । तात्तातो खाऊ, आत्था–आत्था गर्दै भाग्छ भन्नु हुन्थ्यो । तर के भाग्थ्यो भन्नु हुन्थेन । उहाँको प्रेम अनि उहाँलाई सम्झँदै तात्तातो पानी पिउन थालें । मनतातो नुनपानीले मुख कुल्ला गर्न थालें । टुथ ब्रसले जिब्रोको तल्लो भागलाई बिस्तारै कोतरेर सफा गर्थें, हरेक बिहान । बेलुका तातो दूध, मह र बेसार पिएर सुत्थें जसले मिठो निन्द्रा दिन्छ र बेसारले ‘एन्टी सेप्टिक’ को काम गर्छ । मलाई राति गाह्रो बनाउँथ्यो । जरोपछि शरीर पूरै पसिनाले भिज्थ्यो ।
मुखमा स्वाद भने पटक्कै थिएन । ज्वरो करिब ७ दिन आयो र हल्का ज्वरो र खोकी १२ दिनसम्म रह्यो। खाना छिन छिनमा खान्थें । फ्रिजम़ा नराखेको जुस प्रशस्त पिउथें । पानी मन तातो पिउथें । शरीरमा संक्रमण छ त्यसैले पहिलेको भन्दा धेरै खानुपर्छ भन्ने ज्ञान थियो । अर्को के पनि ज्ञान थियो भने शरीरले मलाई बचाउन सक्दो प्रयास गर्नेछ । मैले शरीरलाई प्रेम गर्नुपर्छ र शरीरले मलाई प्रेम गर्छ भन्ने पूर्ण विश्वास थियो ।
खोकी लागिरहेको थियो । छाती, घाँटी, नाक, कन्चटतिर लगातार सन्चो लगाउँथें तर त्यति गन्ध आउँथेन। पानीको वाफ लिन्थें । पेटमा गडबडी पनि भयो, उल्टी पनि गरेँ । पखाला पनि लाग्यो तर एक दिन मात्र । तर पनि खाना खान छाडिन । मुख साह्रै तीतो हुन्थ्यो । तीन साता पूरा भई सक्यो तर पनि स्वाद फर्किसकेको छैन् । शरीर यति दुख्योकी, १०र१२ जनाले पिटेर फालिदिएको जस्तो अनुभव हुन्थ्यो । नुहाउँदा पानीको फोहोराले समेत दुखाउँथ्यो । एउटै घरमा बसेपछि परिवार किन अछुतो हुन्थ्यो र मेरो छोरोलाई पनि संक्रमण भयो । अहिले हामी स–परिवार ठिक छौं ।
जीवन एक युद्धभूमि हो, दुख र सुखबीचको । रोग र स्वस्थताबीचको । जन्म र मृत्युबीचको । ज्ञान र अज्ञानबीचको । यो द्वन्द्वात्मक अवस्थाबाट माथि उठ्नु जीवन विजय हो । न दुखले उसलाई रुवाउँछ, न सुखले उ मातिन्छ । हरेक क्षणमा उ शान्त रहन्छ र आनन्दित रहन्छ ।
जीवनमा रुपान्तरण
मलाई मृत्युको कुनै भय थिएन । जब ओशो सन्यास लिएँ त्यही दिनदेखि उहाँको प्रवचन र ध्यानले जीवनमा ठूलो रुपान्तरण भएको थियो, मेरो हृदयमा भय हराएर गयो । प्रत्येक ६ घण्टामा सिटामोल खान्थें १ ग्राम । सिटामोल खाएपछि हल्का हुन्थ्यो, गुरुको प्रवचन सुन्थें, मन पर्ने गीत सुन्थें र धेरै निदाउथें जसले गर्दा धेरै मनले अनेक शंका उपशंका गर्न पाउंदैन थियो । शरीरमा आरामको जरुरत हुन्छ, जब हामी मिठो निदाउंछौं, शरीरले पूर्ण आराम पाउंछ, अनि प्रत्येक सेलले आरामको महशुस गर्छन् र संक्रमणविरुद्ध उर्जा पैदा गर्छन् । जब अलि सक्ने भएँ पछि ध्यान गर्न थालें ।
जब हामीलाई मनमा त्रास आउँछ त्यही समय शरीरका सेलमा, कोषिकामा परिवर्तन आउंछ, हामी शुभ सोच्छौं शरीरमा सकारात्मक उर्जाको निर्माण हुन्छ, अशुभ सोच्छौं त नकारात्मक उर्जाको निर्माण हुन्छ, अनि त्यसबाट शरीरमा हिलिङ्गमा असर गर्न सक्छ ।
हामीलाई आज वनको बाघले खाओस्, नखाओस् मनको बाघले खाइरहेको छ, त्यसैले नकारात्मक नसोचौं, शुभ सोचौं । जीवन एक युद्धभूमि हो दुख र सुखबीचको, रोग र स्वस्थताबीचको, जन्म र मृत्युबीचको, ज्ञान र अज्ञानबीचको । यो द्वन्द्वात्मक अवस्थाबाट माथि उठ्नु जीवन विजय हो । न दुखले उसलाई रुवाउँछ, न सुखले उ मातिन्छ, हरेक क्षणमा उ शान्त रहन्छ र आनन्दित रहन्छ ।
म सेल्फ आइसोलेसनमा बस्दा मेरो भाउजु सीता भण्डारीसँग कुरा भयो जो वेम्ब्लीमा बस्नु हुन्छ र नर्थविक पार्क हस्पिटलमा काम गर्नु हुन्छ । उहाँले भन्नु भो उहाँलाई पनि जिउ दुखेर, शरीर जिरिङ्ग भएको छ र हल्का ज्वरो हो कि जस्तो छ । उहाँले विश्वास गर्नु भएको थिएन, उहाँले भन्नु भो मेरो काम छ अर्को दिन । उहाँको म्यानेजर राम्रो रहेछ आफैँले टेस्ट गर्ने व्यवस्था गरिदियो र अर्को दिन पोजिटिभ रिजल्ट आयो । बिस्तारै जरो बढ्न थाल्यो, खोकी पनि शुरू भयो अनि रमाइलो पक्ष हाम्रो लक्षण साटासाट गर्दै हाँस्थ्यौं हामी ।
धेरैको लक्षण फरक थियो तर हाम्रो सबै उस्तै उस्तै थियो । सबै भन्दा तीतो अनुभव शारीरिक अवस्था सार्है कमजोर हुंदो रहेछ, तर मानसिक अवस्था भने पूर्ण आनन्दित थियो । यो संक्रमण पछि यति धेरै खाना खाने भएको छु, सायद किटाणुले हाम्रो सबै उर्जा लिंदो रहेछ । म ठीक छु अहिले र काममा फर्की सकेकी छु, एक साता भयो, गार्हो छ अस्पतालमा तर हामीले हिम्मत हारेका छैनौं । यो अवधिमा संक्रमणको कारण सेल्फ आइसोलेसनमा बस्ने धेरै हुनुहुन्थ्यो, एक अर्कालाई सान्त्वना दिन्थ्यौं ।
त्यसैले मेरो अनुरोध छ हजुरहरु सबै सावधानी अपनाउनु होला। सरकारको अनुरोधको पालना गर्नुहोला । योग, ध्यान गर्नु होला, राम्रो मुभी हेर्नुहोस्, बुद्ध टेलीसिरियल हेर्नोस्, नाच्नोस्, गाउनोस्, गार्डेनमा काम गर्नोस्, प्रकृतिसंग नजिक हुनुहोस्, भलो सुन्नोस्, आनन्दित रहनोस् । शुभ समय होस् या अशुभ समय त्यो सकिनेछ, फेरि नयाँ बिहानी, नयाँ उत्साह, नयाँ आशा बोकेर उदाउनेछ । “धीरा भै रहनु, विपत्ति सहनु जस्तै परोस् तापनि” यो मलाई हजुरमुमा ले दिनु भएको दिव्य उपदेश थियो ।
सद्गुरु ओशो भन्नु हुन्छ, “जब भयको अन्त्य हुन्छ अनि सही जीवनको सुरुवात हुन्छ । जीवन नृत्यमय हुन्छ, संगीतमय हुन्छ, जीवन उत्सव बन्छ । सूर्य उदाएकै छ, चन्द्रमा झुल्केकै छिन्, फूल फूलिरहेकै छन्, अनन्त आकाश शान्त छन्, पंक्षी संगीतमय छन्, पालुवा पलाउंदै छन् । जीवन सार्है सुन्दर लाग्छ र यो अवसर प्रदान गर्ने परमात्मालाई धन्यवाद दिन चाहन्छु ।
सेल्फ आइसोलेसनमा बस्दा आवश्यक सामान किनेर ल्याइदिनु भई सहयोग गर्नु हुने मंजु श्रेष्ठ दिदी, बागेश्वरी शाक्यजी, आयेल्स्बरीका सम्पूर्ण नेपाली समुदाय, इष्टमित्र ,साथीभाइ, आफन्तजन सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । नेपलिज नर्सिङ्ग असोसिअसन यूके परिवारलाई विशेष धन्यवाद ।
आदरणीय महामहिम नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीज्यू जसले फोन र मेसेज गरेर स्वास्थ्य लाभको कामना गर्नु भयो उहांलाई अनन्त धन्यवाद दिन चाहन्छु । अन्त्यमा सद्गुरू ओशोलाई सप्रेम धन्यवाद दिन चाहन्छु, जसले प्रदान गर्नु भएको ज्ञान र प्रकाशले जीवन ज्योतिर्मय र उर्जामय भएको छ ।
अन्तमा यो भन्न चाहन्छु कि सुखमा धन दौलत काम लाग्छ, दुखमा ज्ञान काम लाग्छ, ध्यान काम लाग्छ । हामीलाई न जन्मको अधिकार छ, न मृत्युको । हामीलाई जीवन कसरी जिउने भनेर चुनाव गर्ने अधिकार छ त्यो अशान्तिले तनावले जिउने कि, शान्ति र आनन्दले जिउने रु अवश्य सकारात्मक डोरी समाउनु उत्तम रोजाइ हो । त्यसैले जे आउंछ सर्व स्वीकार गरौँ, घाम लागे तापौं, झरी परे भिजौं, मिलेसम्म छाताको व्यवस्था गरौं । यो धर्तीमा केही पनि स्थायी छैन, हामी अस्थाई जीवनमा स्थाई जागिर खोज्छौं ।
हामी यो धर्तिका यात्री हौँ केही समयको भिषा लिएर आएका छौं । यो जीवन केवल लिला हो, कति समयको करारनामामा हस्ताक्षर गरेर आएका छौं, अनभिज्ञ छौं । यो शास्वत सत्यम़ा आत्तिने काम नगरौं । भागवत गीतामा श्री कृष्ण भन्नुहुन्छ, “न शस्त्रले काट्छ यसलाई, न आगोले जलाउँछ, न हुरीले उडाउंछ, न पानीले गलाउंछ “यो अकाट्य छ, अविनासी यो चेतना, यो आत्मालाई बुझ्ने तिर लागौं ।
यो समय आत्मविचारको समय हो । हामी कहिले शान्तसंग दिनभरी बस्न पाएका थिएनौं, बिदाको दिनमा पनि विभिन्न कार्यक्रम, पार्टी, भोजभतेर, भेटघाटम़ा व्यस्त हुन्थ्यौं । यो अमूल्य अवसर हो, आत्म विचारमा आफ्नो उर्जा एकत्रित गरौँ, संयमित हौं, अनि सावधानी अपनाउंदै आफू बाँचौं, अरुलाई पनि बचाऔं । हजुरहरु सबैको समय शुभ रहोस्, मेरो परमात्मासंग प्रार्थना छ । ९लेखक ऐल्सवरीस्थित स्टकम्यान्डभिल अस्पतालमा वरिष्ठ नर्सको रुपमा कार्यरत छिन् । वी नेपाली अनलाइनबाट
प्रतिकया दिनुहोस्