समाग्री अभाबमा भैरहवा र नेपालगञ्जमा नयाँ आरटी पिसिआर मेशिन संचालनमा ढिलाई

आरटी पिसिआर मेशिन संचालनमा आएमा दैनिक ७० देखि ९० सम्म परिक्षण

रिमा बिसी

स्वास्थ्यसमाचार प्रदेश नं. पाँच सरकारले आरटी पिसिआर मेसिनबाट कोरोना भाइरस संक्रमणका शंकास्पद व्यक्तिहरुको थु्रटस्वाव परिक्षणकोदायरालाई फराकिलो पार्ने भने पनि मेसिनलाई चाहिने सामाग्री र सेटिङ्ग गर्ने इन्जिनियरको अभावका कारण भैरहवामा रहेको कोरोना भाइरस (कोभिड १९) को थ्रुटस्वाव परिक्षणको दायरा बढाउन नसकिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

आरटी पिसिआर मेशिन संचालनमा आएमा मेसिनको मोर्डल हेरेर दैनिक ७० देखि ९० सम्म परिक्षण गर्न सकिन्छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा यो मेसिनलाई स्वाब लिने सामग्री (भिटिएम) र मेसिन जडान गर्ने इन्जिनियरको अभाव हुँदा कठिनाई भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा.राजेन्द्र कुमार गिरीले बताए ।

प्रदेश ५ मा अहिलेसम्म २०२ जनाको मात्रै स्वाब परिक्षण गरिएको छ भने भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामाअहिलेसम्म ९५ जनाको थ्रुटस्वाव परिक्षण गरिएको र जसमध्ये ९१ जनाको रिपोर्ट नेगेटिभ आएको र ४ जनाको प्रकृयामा रहेको डा. गिरीले बताए ।

यो अवस्थाले कोरोना सतर्कताका लागि प्रदेशको टेस्स्ङ्गि स्पीड तुलनात्मक रुपमा कम देखिन्छ । अहिले भैरहवाको राष्ट्रिय गहुँबाली परिसरभित्र रहेको विउविजन कार्यालयमा पोर्टेबल पिसिआर मेशिनबाट थ्रुटस्वाव परिक्षण गरिएको छ ।

डा. गिरीका अनुसार अहिले दैनिक १० देखि१२ वटा शंकास्पद व्यक्तिहरुको थ्रुटस्वाब परिक्षण भइरहेको छ । यो मेसिनको क्षमता दैनिक १५ देखि १६ वटासम्म क्षमता भनिए पनि आवश्यक जनशक्तिको कारण पनि सोचेजति हुन नसकेको डा गिरीको भनाई छ ।

उनले अहिले प्रदेश जनस्वास्थ्य प्रयोगशालामा रेगुलर तीन जनाले दैनिक १६ घण्टासम्म सेवा दिइरहनुभएको र जनशक्ति थप गरेर अगाडी बढनका लागि पनि सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर जिल्लामा रहेका जनशक्तिहरुलाई परिचालन गर्ने कुरा भैरहेको बताए ।

आरटी पिसिआर मेशिनको उपलब्धता नहुदा स्वाबको नमूना नै कम लिने गरिएको छ ।आरटी पिसिआर मेसिनको अभावमा सोचे जसरी काम गर्न नसकिएको हो ।प्रदेशभरीका स्वाबका स्याम्पलहरु भैरहवासम्म ल्याउनुपर्ने बाध्यता छ । त्यसैगरी प्रदेशमा थ्रुटस्वावको नमूना संकलन गर्ने सामग्री प्रयाप्त मात्रामा नभएको स्वास्थ्यकर्मीहरुको अनुभव छ ।

सरकारले क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको स्वाब परीक्षण पिसिआर मेशिनबाट गर्ने भन्ने मान्यता राख्ने हो भने प्रदेश ५ मा अहिलेको अवस्थामा यो संभव देखिदैन । त्यसका लागि नेपालगञ्ज र भैरहवामा रहेका पिसिआर मेशिन संचालनमा ल्याउनै पर्ने देखिन्छ भने दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गर्ने भनिएको ल्याबका कामलाई पनि तिब्रता दिनुपर्ने देखिएको छ ।

प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले ल्याबका सामग्री नहुँदा भैरहवा र नेपालगञ्जमा भएका नयाँ आरटी पिसिआर मेशिन संचालन गर्न नसकेको बताए । सामग्री अभाव भयो । हतार हतार गरेर काम गर्न खोजेपनिआरटी पिसिआर मार्फत परीक्षण शुरु गर्न नसकिएको बताए ।

प्रदेश नं. पाँच स्वास्थ्य निर्देशनालय बुटवलका सूचना अधिकृत मन बहादुर वलीका अनुसार बैशाख ३ गतेसम्म दुई सय २९ जनाको थु्रटस्वाब लिइएको भएपनि २ सय ११ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १८ जनाको रिपोर्ट आउने क्रममा छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश नं. पाँचका चार वटा कोरोना विशेष आइसोलेसन अस्पतालमा अहिले पनि २७ जना कोरोनाका शंकास्पद व्यक्तिहरुm भर्ना रहेका भएका छन् । अहिले प्रदेश ५ को क्वारेन्टाइनमा १ हजार ४ सय ८२ जना व्यक्तिहरु रहेका बताएका छन ।

सम्बन्धित शिर्षक :