प्रदेश सभाले फिर्ता गर्यो साढे आठ करोड

कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सहयोग होस् भन्ने उद्देश्यले फिर्ता

स्वास्थ्यसमाचार/ प्रदेश नंं ५ प्रदेश सभा सचिवालयले साढे आठ करोडभन्दा बढी रकम सरकारलाई फिर्ता गरेको छ ।

कोरोनो रोकथाम, नियन्त्रण र उपचारमा सहयोग होस् भन्ने उद्देश्यले फिर्ता गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।प्रदेश सरकारबाट प्राप्त पूर्वाधार विकास, अवलोकन भ्रमण, कार्यालय खर्च, सामान खरिद लगायतका विभिन्न शिर्षकको बजेट कोरोना नियन्त्रणका लागि प्रदेश सरकारलाई नै फिर्ता गरिएको प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तिले बताए ।

प्रदेश सचिवालयका अनुसार ८ करोड ६४ लाख ३२ हजार रुपैया आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत प्रदेश सरकारलाई फिर्ता गरेको हो ।

प्रदेशसभा सदस्यहरु र प्रदेशसभा सचिवालयका कर्मचारीहरुको पारिश्रमिक मध्येबाट २३ लाख ३० हजार रुपैया प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रदान गरेका छन ।

सम्बन्धित शिर्षक :