भिम अस्पतालको आइसोलेसनमा रहेका बिरामीको रिर्पोट नेगेटिभ

स्वास्थ्यसमाचार/भैैरहवाको भीम अस्पतालको आइसोलेसनमा उपचार भइरहेका व्यक्तिको दुवै रिपोर्ट नेगेटिभ आएको छ ।

भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा मंगलबार गरिएको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको हो भिम अस्पतालले बताएको छ । ति व्यक्ति सोमबार अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।

¥यापिड टेस्टमा पनि उनको रिपोर्ट नेगेटिभ नै देखिएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाव परीक्षणका लागि भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रको प्रयोगशालामा पठाइएको थियो ।

भिम अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायका अनुसार बिरामीको अवस्था सामान्य छ । रुपन्देहीको मायादेवी गाउँपालिका–१ का ५१ वर्षीय एक पुरुषमा १२ दिनदेखि ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न ग्राहो हुने लगायतका लक्षण देखिएपछि उनलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

सम्बन्धित शिर्षक :