प्रदेश ५ सरकारले १३ करोड ६० लाख कोरोना विशेष अनुदान दिने

१०९ स्थानीय तह र १२ जिल्ला समन्वय समिति लाई

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारको मन्त्रीपरिषद बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ ।

मुख्यमन्त्रीको प्रेस सल्लाहकार सेर बहादुर केसीका अनुसार बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २० लाख रुपैंयाका दरले दिने भएको छ ।त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकालाई २५ लाख   सिद्धार्थनगर नगरपालिकालाई २० लाख र अन्य प्रदेशभित्रका अन्य ३१ नगरपालिकालाई १५ लाख रुपैंया दिइने मन्त्री परिषदको निर्णय भएको बताएका छन।

त्यस्तै प्रदेशभित्रका ७३ गाउँपालिकालाई १० लाख रुपैंयाको दरले १२ वटा जिल्ला समन्वय समितिलाई ५ लाख रुपैंयाको दरले ६० लाख रुपैंया भएको छ । जिल्ला समन्वय समितिको काम अनुगनको कामलाई प्रभावकारी बनाउने । बैठक र अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुखले प्रदेशसभा सदस्यलाई अनिवार्य सहभागी गराउने निर्यण भएको उनले बताए ।

कुल १०९ स्थानीय तहलाई १३ करोड र १२ जिल्ला समन्वय समितिलाई ६० लाख गरी १३ करोड ६० लाख रुपैंया रहेको छ । कोरोना विशेष अनुदानको खर्च सामाजिक विकास मन्त्रालयले तयार गरेको कार्यबिधी अनुसार गर्नुपर्ने भएको मन्त्रीपरिषदको बैठकमा निणर्य भएको छ ।

सम्बन्धित शिर्षक :