स्वास्थ्यसमाचार/ हृदयाघात भएपछि उपचारका क्रममा पूर्व राज्यमन्त्री दुर्योधनसिंह चौधरीको निधन भएको छ । दुई दिन अघि हृदयाघात भएपछि उपचाका क्रममा बुटवलको गौतमबुद्ध सामुदायीक मुटु अस्पतालमा शुक्रबार चौधरीको मृत्यु हो। रुपन्देहीको ओमसतिया गाउँपालिका निवासी चौधरी महिला बालबालिका तथा समाजकल्याण सहायक मन्त्री, आपूर्ति सहायक मन्त्री तथा स्थानीय प्रशासन राज्य मन्त्री गरि ३ पटक थिए । नेपाली कांग्रेसका महासमिति सदस्य चौधरीको ७० बर्षको उमेरमा निधन भएको उनका भतिजा सूर्यभान चौधरीले बताए । चौधरीका ३ छोरा १ छोरी र श्रीमती छन् । उनको मृत्युपछि नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
कोरोनाबाट मृत्यु भएका गुल्मीका शिक्षककोे ३२ घण्टापछि शव उठ्यो
स्वास्थ्यसमाचार/रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कोरोना संक्रमित व्यक्तिको ३२ घण्टा पछि शब व्यवस्थापन गरिएके छ । गुल्मीको मदाने गाँउपालिका ६ पुर्कोट दहका शिक्षकको आज दिउसो शब व्यवस्थापन गरिएको हो । अस्पाताल प्रशाशन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिको लामो समय सम्म चलेको छलफल पछि नेपाली सेनाको गरुण दल बुटवलले शबको व्यवस्थापन गरेको हो । मृतकको सवलाई अस्पतालले वाहिर सम्म ल्याईदिएको थियो त्यसपछि गरुण दल बुटवलका क्याप्टेनको नेतृत्वमा आएको टोली शुरक्षित तरिकाले शबको व्यवस्थापन गरेको जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले जनाएको छ । कोरोना सक्रमित व्यक्तिको शब व्यवस्थापन…
तराईमा २ सय र पहाडमा ५० वेडको आइसोलेसन केन्द्र वनाउने
स्वास्थ्यसमाचार/प्रदेश ५ को मन्त्री परिषदको वैठकले तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने भएको छ। आइसोलेसन केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका र कोभिड १९ को लक्षण नदेखिएका बिरामीलाई राख्ने र आइसोलेसन केन्द्र बनाउन कोभिड कोषबाट रकम दिन निर्णय गरेको छ । यस्तै प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकोमा उनले पाउनुपर्ने बीमा बापतको १० लाख रुपैंया प्रदान गर्ने निर्णय गरेको छ । मन्त्री परिषदको बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७७ -०७८ को नीति कार्यक्रम यही जेठ १० गते ३…
जनउत्थानले सुत्केरी र जेष्ठनागरीक शेयरसदस्यको कोरोना बीमा गर्ने
स्वास्थ्यसमाचार/ जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीले ७० वर्ष कटेका र सुत्केरी भएका शेयर सदस्यलाई कोरोना बीमा गर्ने भएको छ । संस्थामा आबद्ध सदस्यहरुलाई कोरोना भाइरस संक्रमणको पुष्टी भए त्यसबाट हुने समस्याबाट केही राहत होस्भ न्ने उद्देश्यले एक लाखको कोरोना बीमा गरिने जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् । “सुत्केरी भएको ४२ दिन भित्रका तथा ७० वर्ष कटेका शेयर सदस्यले कोरोना बीमा गर्न रु. ३ सय तिर्नुपर्नेछ र संस्थाले पनि रु. ३ सय बेहोर्नेछ, पौडयालले भनिन् ।”बीमाको लागि यही जेठ ११ गते…
प्रदेशसभाका दुई सांसद सहित ११को आरडीटी रिपोर्ट पोजिटिभ
स्वास्थ्यसमाचार/ प्रदेश नम्बर ५ का सांसद सहित ११ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । आज गरिएको परिक्षणमा सांसद र सुरक्षाकर्मी गरी ११ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको हो । २ जना सांसद, २ जना चालक र अन्य कर्मचारीहरुको आरडिटी रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएपछि उनीहरुको पिसिआर परीक्षण गरिएको प्रदेशसभाका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले बताए । आज रिपोर्ट पोजेटिभ आएकाहरु पीसीआर रिपोर्ट नआउँदासम होम क्वारेटाईनमा बस्नेछन् ।४० जना पत्रकारको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । प्रदेश नंं ५ को बजेट अधिवेशनमा सहभागी हुने सांसद, सुरक्षाकर्मी, सचिवालयका कर्मचारी…
पुलिङ टेष्ट र कोभिड–१९ : मापदण्ड र सुझाव
राम बहादुर खड्का/डा. रुपेन्द्र श्रेष्ठ विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणले निम्त्याउने रोग “कोभिड–१९” विरुद्ध निःस्वार्थ सेवामा खटिरहेका स्वास्थ्यकर्मी,सरकारी अधिकारीहरु र अनुसन्धानकर्ता लाई तहसनहस बनाइरहेको छ । हालको अवस्थामा हेर्ने हो भने विश्वभरिका प्रायः सबै राष्ट्रहरु संक्रमित भएको पाइन्छ । यो भाइरसको संक्रमण भए-नभएको पत्ता लगाउन प्रयोगशालाकर्मीहरुले प्रयोग गरिरहेको “पि.सी.आर.विधि” ले निकै महत्वपूर्ण भूमिका खेलिरहेको छ । तर आवश्यक स्रोत–साधनको कमीले र त्यसमाथि नमूनाहरुको अत्याधिक चापले कोरोना संक्रिमत भए–नभएको तथ्याकं छुट्टाउन गाह्रो भइरहे को छ । यो महामारीको अवस्थामा संघर्षरत विभिन्न देशका प्रयोगशाला विज्ञहरुले छिटो छरितो र एक पटकमा धेरै भन्दा…
गुल्मीका कोरोना संक्रमित शिक्षकको उपचारका क्रममा मृत्यु
स्वास्थ्यसमाचार/ रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पताल उपचाररत गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ ।भेन्टिलेटरमा उपचार भइरहेको उनको विहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । प्रदेश ५ सामाजीक बिकास मन्त्रालय का कोभिड–१९ फोकलपर्सन डा उमाशंकर चौधरीले पुष्टि गरे । ४१ वर्षीय ती पुरुषको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको डा चौधरीले बताए। स्वास्थ्य महाशाखा प्रमुख डा उमासंकर चौधरीले पनि उनको मृत्यु भएको पुष्टि गरे । उनको बिहान मृत्यु भएको बताएका छन । मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका पुरुष हुन् ।शिक्षण…
प्रदेश ५ मा आजदेखि दैनिक कोरोना अपडेट सुरु
स्वास्थ्यसमाचार /प्रदेश नम्बर ५ मा आजदेखि दैनिक कोरोना अपडेट सुरु भएको छ । समाजीक विकास मन्त्रालयले कोरोना भाइरस कोभिड १९ सँग सम्बन्धी प्रदेशमा भएका गतिविधिलाई समेटेर दैनिक जानकारी गराउने उदेश्यका साथ कोरोना अपडेट सुरुगरेको हो । जस अनुसार आज प्रदेश ५ का १२ जिल्लामा भएका गतिविधि यस्तो छ । १२ जिल्लामा ७ सय ५० क्यारेनटाईन जसमा १५ हजार ४ सय ४७ व्यक्ति छन् । प्रदेश ५ का विभिन्न स्थानमा गरि २४ हजार ६ सय ९० क्षमताको बेड छन् । आरडिटी टेष्ट ९ हजार ७ सय ७९ गरिएको । त्यसमध्ये बाँके…
कोरोनाबाट मुक्ति पाउन सरकारलाई केही सुझावहरु
कृष्ण पराजुली कोरोना संक्रमणको दर दिनुहुँ बढीरहेको छ। विदेशबाट समेत नेपालीहरु आफ्नै मुलुकमा प्रवेश पाउँ भनेर दवाव दिईरहेको अवस्था छ। यसै सिलसिलामा सर्वोच्च अदालतको फैसलाले पनि सरकारका नाउँमा नेपाली नागरिकहरुलाई स्वदेश ल्याउने उपयुक्त व्यवस्था मिलाउनू भन्ने आदेश जारी गरेको अवस्था छ। विदेशबाट नेपाली नागरिकहरु ल्याएर राख्ने क्वारेन्टाईन निर्माण गर्न सक्ने अवस्था पनि छैन। सरकारसँग रहेका अस्पतालहरुको पूर्वाधारको अवस्था सामान्य छ। नीजि अस्पताल मुकदर्शक बनेर बसिरहेका छन। यस सन्दर्भमा सरकारले अव कसरी कोरोनाबाट नेपाली नागरिकलाई जोगाउने भन्ने हम्मे हम्मे परिरहेको सन्दर्भमा देहाय बमोजिमका सुझावहरु प्रस्तुत गरिएको छ। नेपालको वर्तमान संविधानको धारा…
कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छैन :क्रिमसन अस्पताल
स्वास्थ्यसमाचार / गुल्मीका कोरोना संक्रमण मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको तर मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको अस्पतालले जनाएको छ । रुपन्देन्हीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । अस्पतालले पाँच दिनदेखि भेन्टिलेटर (कृतिम स्वासप्रश्वास)मा राखेर उपचार भइरहेको जनाएको छ । अस्पतालका सहायक प्रशासकीय अधिकृत चन्द्रकान्त बस्यालले पनि उनले अवस्था गम्भीर रहेको बताए । ‘अझै डाक्टरहरु उपचारमै हुनुहुन्छ मृत्यु भएको…

