कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छैन :क्रिमसन अस्पताल

स्वास्थ्यसमाचार / गुल्मीका कोरोना संक्रमण मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको तर मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको अस्पतालले जनाएको छ ।

रुपन्देन्हीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । अस्पतालले पाँच दिनदेखि भेन्टिलेटर (कृतिम स्वासप्रश्वास)मा राखेर उपचार भइरहेको जनाएको छ ।

अस्पतालका सहायक प्रशासकीय अधिकृत चन्द्रकान्त बस्यालले पनि उनले अवस्था गम्भीर रहेको बताए । ‘अझै डाक्टरहरु उपचारमै हुनुहुन्छ मृत्यु भएको होइन ।बैशाख २५ गतेदेखि नै सामान्य ज्वरो र खोकी देखिएका उनले स्थानीय मेडिकलमा उपचार गराएका थिए ।

सुधार नभएपछि अर्घाखाँची हुँदै जेठ १ गते देखि रूपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका थिए । उनमा जण्डिस र मृगौलामा पनि समस्या देखिएको थियो ।

भर्ना भएदेखि नै उनको शरीरका धेरै अंगले काम गर्न छोडेको  अस्पतालले  जनाएको छ ।। प्रादेशिक जनस्वास्थ्य प्रयोशाला भैरहवामा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण देखिएको थियो ।

सम्बन्धित शिर्षक :