पुलिङ टेष्ट र कोभिड–१९ : मापदण्ड र सुझाव

कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउन “पि सी आर विधि” महत्वपूर्ण

राम बहादुर खड्का/डा. रुपेन्द्र श्रेष्ठ

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणले निम्त्याउने रोग “कोभिड–१९” विरुद्ध निःस्वार्थ सेवामा खटिरहेका स्वास्थ्यकर्मी,सरकारी अधिकारीहरु र अनुसन्धानकर्ता लाई तहसनहस बनाइरहेको छ ।

हालको अवस्थामा हेर्ने हो भने विश्वभरिका प्रायः सबै राष्ट्रहरु संक्रमित भएको पाइन्छ । यो भाइरसको संक्रमण भए-नभएको पत्ता लगाउन प्रयोगशालाकर्मीहरुले प्रयोग गरिरहेको “पि.सी.आर.विधि” ले निकै महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

तर आवश्यक स्रोत–साधनको कमीले र त्यसमाथि नमूनाहरुको अत्याधिक चापले कोरोना संक्रिमत भए–नभएको तथ्याकं छुट्टाउन गाह्रो भइरहे को छ । यो महामारीको अवस्थामा संघर्षरत विभिन्न देशका प्रयोगशाला विज्ञहरुले छिटो छरितो र एक पटकमा धेरै भन्दा धेरै नमूनाको परीक्षण गर्न पुलिङ टेष्ट विधिको प्रयोग गरिरहेको पाइन्छ ।

हाम्रो देशका विभिन्न स्थानमा प्रयोग भइरहेको “पिसीआर विधि” लाई पनि यो पुलिङ टेष्टमा संचालन गर्न सकेमा संक्रमित र संक्रमित नभएका हरुको तथ्यांक निकाल्न सकेमा कोरोना भाइरस विरुद्धको लडाईमा केही हदसम्म सजिलो हुनेछ । पुलिङ टेष्ट १९४३ मा भिरिड्डी जाँचको लागि विश्वयुद्ध–२ का सैनिकमा प्रयोग भएको पाईन्छ । त्यसपछि भने यसलाई राम्रो विधिको रुपमा ब्लड बै.क साथै एभियन फ्लुमा प्रयोग गरिदै आएको पाइन्छ ।

यो पुल टेष्ट परीक्षण एल्गोरिथमा थुप्रै व्यक्तिहरुको नमुनाहरुलाई एक टेष्ट ट्युबमा सँगै राखेर त्यसबाट “न्यूक्लिक एसिड” आइसोलेसन गरिन्छ । त्यो पुल “न्यूक्लिक एसीड” नमूनालाई “पिसीआर” परीक्षणको माध्यमबाट जाँच गरिने प्रयोगशाला विधि नै पुलिङ टेष्ट हो ।

यदि पुलिङ टेष्टमा पोजेटिभ परिणाम आउँछ भने प्रत्येक नमूनाहरु छुट्टाछुट्टै परीक्षण गरिन्छ। जसलाई प्रयोगशाला भाषमा क्लष्टर डिकोन्भोलसन भनिन्छ । यसरी प्रयोग गरिएका नमूना जाँचबाट नेगेटिभ परिणाम आएमा भने पूल टेष्टमा परीक्षण गरिएका नमूनाहरु नेगेटिभ मानिन्छ ।

 किन पूल परिक्षण गरिन्छ ।

पर्याप्त लागत र परीक्षण किटहरु बचत गर्न ।

थोरै जनशक्तिको प्रयोगमा परीक्षण दायरा बढाउँदै समय बचत गर्न ।

लक्षण नभएका केशहरुको अनुगमन गरी समुदायलाई दोस्रो प्रकोपको पूर्वानुमान गर्न । संक्रमणको संख्या बढीरहेको अवस्थामा सीमित परीक्षण किटहरुको प्रयोगमा परीक्षण संख्या बढाउने अवस्थामा ।

पुलिङ परीक्षण विधिको उक्त नमूना

पुलिङ टेष्टका केही आवश्यक मापदण्ड

प्रिवलनस वा पोजेटिभ टेष्ट दरको आधारमा पुलिङ टेष्ट गर्ने नगर्ने तय गर्नु पर्छ । केही खोजपत्र अध्ययनको अनुसार पुलिङ टेष्ट गर्दा २–५ वटा नमूनाहरु सँगै पूल गर्न सकिन्छ ।

५ भन्दा बढी पूल गर्दा नमूनाको मात्रा कम पर्न जान्छ र एउटा नमूनाले अर्काे नमूनालाई कमजोर पार्न सक्ने सम्भावनाले गर्दा पीसीआरको नतिजा फल्स–नेगटिभ आउन जान्छ ।

 

संक्रमित केश सुझाव

 

यसरी यो विधिलाई हाम्रो देश नेपालमा रहेका वार्ड, क्षेत्र र सुमदायमा प्रयोग गरीएको खण्डमा थोरै किटको खपतमा कोराना भाइरसको संक्रमण भए नभएको पत्ता लगाई सो समूहलाई कोराना भाइरसबाट बचाउन केहि हद सम्म सजिलो हुनेछ ।

(राम बहादुर खड्का माइक्रोबायोलोजिष्ट, असिष्टेन्ट प्रोफेसर क्रिमशन कलेज अफ टेक्नोलाजि बुटवल/मायादेवी टेक्नीकल कलेज नेपालमा कार्यरत हुनुहुन्छ भने डा. रुपेन्द्र श्रेष्ठ क्लिनिकल मोलिक्युलर जेनेटिसिष्ट पोष्ट–डोक, अल्बर्ट आइन्सटैन कलेज अफ मेडिसिन न्यूयोर्क अमेरिकमा कार्यरत हुनुहुन्छ ।)

सम्बन्धित शिर्षक :