स्वास्थ्यसमाचार/प्रदेश ५ को मन्त्री परिषदको वैठकले तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने भएको छ।
आइसोलेसन केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका र कोभिड १९ को लक्षण नदेखिएका बिरामीलाई राख्ने र आइसोलेसन केन्द्र बनाउन कोभिड कोषबाट रकम दिन निर्णय गरेको छ ।
यस्तै प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकोमा उनले पाउनुपर्ने बीमा बापतको १० लाख रुपैंया प्रदान गर्ने निर्णय गरेको छ ।
मन्त्री परिषदको बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७७ -०७८ को नीति कार्यक्रम यही जेठ १० गते ३ बजे प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
मन्त्री परिषदको त्यसैगरि यही जेठ १५ गते गणतन्त्र दिवसमा दिपावली गर्ने निर्णय गरेको मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेर बहादुर केसीद्धारा जारी पे्रसनोटमा उल्लेख गरिएको छ ।
प्रतिकया दिनुहोस्