कोरोनाबाट मृत्यु भएका गुल्मीका शिक्षककोे ३२ घण्टापछि शव उठ्यो

हिन्दु सस्कार अनुसार व्यवस्थापन

स्वास्थ्यसमाचार/रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कोरोना संक्रमित व्यक्तिको  ३२ घण्टा पछि शब व्यवस्थापन गरिएके छ । गुल्मीको मदाने गाँउपालिका ६ पुर्कोट दहका शिक्षकको आज दिउसो शब व्यवस्थापन गरिएको हो ।

अस्पाताल प्रशाशन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिको लामो समय सम्म चलेको छलफल पछि नेपाली सेनाको गरुण दल बुटवलले शबको व्यवस्थापन गरेको हो । मृतकको सवलाई अस्पतालले वाहिर सम्म ल्याईदिएको थियो त्यसपछि  गरुण दल बुटवलका क्याप्टेनको नेतृत्वमा आएको टोली शुरक्षित तरिकाले शबको व्यवस्थापन गरेको जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले जनाएको छ ।

कोरोना सक्रमित व्यक्तिको शब व्यवस्थापन कार्यबिधी अनुसार संक्रमित व्यत्तिको शब व्यवस्थापन गरिएको जनाईएको छ । संक्रमित व्यक्तिको शब देवदह नगरपालिका १० को जंगलमा हिन्दु सस्कार अनुसार व्यवस्थापन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

उनले जिल्लामा नयाँ घटना भएको तथा परिवार, अस्पतालसंग समन्वय तथा शब व्यवस्थापनका लागि समन्वय गर्नु परेकाले शब व्यवस्थापनमा ढिलाई भएको बताए ।शबको अन्तीम सस्कारमा उनका परिवार तथा आफन्त कसैको पनि सहभागिता नभएको मृतकका भाईले जानकारी दिए ।

मृतकका आफन्त खिम बहादुर कुँवरका अनुसार शब उठाउदा परिवारका कुनै सदस्यसँग पनि केही नसोधी उठाइएको छ् तर उपचारमा लाहप्रबाही भएकोले निधन भएको भन्नेमा हामी अडिग छौ ।

उपचारका लागि बैशाख ३१ गते राती ११ बजे रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पताल आईपुगेका उनको जेठ ८ बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रदेश ५ को सामाजिक बिकास मन्त्रालयले पुष्टि गरेको थियो ।

जन्डीसले ग्रसित भएपछि अस्पतालको आईसियमा उपचार गराईरहेका उनको जेठ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएको तीनदिन पछाडि उनलाई मृत घोषणा गरिएको थियो ।

शिक्षकको निधन पश्चात अस्पतालबाट २९ जनाको स्वाब परिक्षणका लगिएका शिक्षकका आफन्त ,चिकित्शक ,कर्मचारी सबैको रिपोट नेगेटिभ आएको  छ भने क्रिमसन अस्पताल आउनु अघी उपचार गरेको अर्घाखाचीको छाया पोलीक्लिनिकबाट लगिएका १० जनाकै स्वाब पनि नेगेटिभ आइसकेको छ।

सम्बन्धित शिर्षक :