गुल्मीका कोरोना संक्रमित शिक्षकको उपचारका क्रममा मृत्यु

नेपालमा कोरोनाबाट मृत्युहुने ३ पुग्यो

स्वास्थ्यसमाचार/ रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पताल  उपचाररत गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ ।भेन्टिलेटरमा उपचार भइरहेको उनको विहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रदेश ५ सामाजीक बिकास मन्त्रालय का कोभिड–१९ फोकलपर्सन डा उमाशंकर चौधरीले पुष्टि गरे । ४१ वर्षीय ती पुरुषको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको डा चौधरीले बताए।

स्वास्थ्य महाशाखा प्रमुख डा उमासंकर चौधरीले पनि उनको मृत्यु भएको पुष्टि गरे । उनको बिहान मृत्यु भएको बताएका छन ।

मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका पुरुष हुन् ।शिक्षण पेशामा रहेका उनि बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।

उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टीलेटरमा राखेर उपचार गराईको थियो ।गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परिक्षणमा कोरोना संक्रमण देखीएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।

अस्पतालले पनि केहि बेरमा बिज्ञेप्ती जारी गर्ने जनाएको छ । यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो । हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या भने ४४४ पुगेको छ । जसमा ४५ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित शिर्षक :