कोरोनाबाट मुक्ति पाउन सरकारलाई केही सुझावहरु

कृष्ण पराजुली

कोरोना संक्रमणको दर दिनुहुँ बढीरहेको छ। विदेशबाट समेत नेपालीहरु आफ्नै मुलुकमा प्रवेश पाउँ भनेर दवाव दिईरहेको अवस्था छ।

यसै सिलसिलामा सर्वोच्च अदालतको फैसलाले पनि सरकारका नाउँमा नेपाली नागरिकहरुलाई स्वदेश ल्याउने उपयुक्त व्यवस्था मिलाउनू भन्ने आदेश जारी गरेको अवस्था छ।

विदेशबाट नेपाली नागरिकहरु ल्याएर राख्ने क्वारेन्टाईन निर्माण गर्न सक्ने अवस्था पनि छैन। सरकारसँग रहेका अस्पतालहरुको पूर्वाधारको अवस्था सामान्य छ। नीजि अस्पताल मुकदर्शक बनेर बसिरहेका छन।

यस सन्दर्भमा सरकारले अव कसरी कोरोनाबाट नेपाली नागरिकलाई जोगाउने भन्ने हम्मे हम्मे परिरहेको सन्दर्भमा देहाय बमोजिमका सुझावहरु प्रस्तुत गरिएको छ।

  • नेपालको वर्तमान संविधानको धारा २७३ बमोजिम संकटकालको घोषणा गर्ने
  • संसदबाट दुई तिहाई बहुमतबाट पारित गर्ने
  • संकटकाल घोषणा गरिसकेपछि सम्पत्तिको अधिकारलाई निलम्बन गर्ने
  • संकटकालमा निलम्बन भएको हक अधिकारको प्रचलनको लागि अदालत प्रवेशमा रोक लाग्छ
  • नीजि क्षेत्रका अस्पतालहरु सरकारले कोरोनाको अवस्था सामान्य नभईञ्जेल प्रयोग गर्ने
  • नीजिक्षेत्रका होटलहरु सरकारले क्वारेन्टाईन बनाउने
  • विदेशबाट आउने नागरिकलाई क्वारेन्टाईनमा राख्ने
  • क्वारेन्टाईनमा लागेको खर्च र औषधी उपचार गर्दा लागेको खर्च सरकारले नागरिकहरुबाट भराउने
  • रकम तिर्न नसक्ने नागरिकहरुलाई स्थानिय तहमा निर्माणको काम लगाएर पनि असूल गर्ने
  • काम गर्न नसक्ने बृद्ध अशक्तको हकमा राज्यले माफि दिने नीति बनाउने
  • क्वारेन्टाईनबाट भाग्नेको हकमा संक्रामक रोग ऐन अनुसार निको भएपछि फौजदारी मुद्दा चलाई कडा सजायको व्यवस्था गर्ने
  • ६ महिना सम्म पनि संकट समाधान नभए केही दिन खालि राखेर पुनः संकटकाल लागु गरिए संवैधानिक जटिलताबाट पनि समाधान पाईन्छ।
  • यो नैं कोरोनाबाट मुक्ति पाउने सर्वोत्तम उपाय हो भन्ने मलाई लाग्दछ।

सम्बन्धित शिर्षक :