उपचारका क्रममा पूर्व राज्यमन्त्री चौधरीको निधन

स्वास्थ्यसमाचार/ हृदयाघात भएपछि उपचारका क्रममा पूर्व राज्यमन्त्री दुर्योधनसिंह चौधरीको निधन भएको छ । दुई दिन अघि हृदयाघात भएपछि उपचाका क्रममा बुटवलको गौतमबुद्ध सामुदायीक मुटु अस्पतालमा शुक्रबार चौधरीको मृत्यु हो।

रुपन्देहीको ओमसतिया गाउँपालिका निवासी चौधरी महिला बालबालिका तथा समाजकल्याण सहायक मन्त्री, आपूर्ति सहायक मन्त्री तथा स्थानीय प्रशासन राज्य मन्त्री गरि ३ पटक थिए ।

नेपाली कांग्रेसका महासमिति सदस्य चौधरीको ७० बर्षको उमेरमा निधन भएको उनका भतिजा सूर्यभान चौधरीले बताए । चौधरीका ३ छोरा १ छोरी र श्रीमती छन् । उनको मृत्युपछि नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।

सम्बन्धित शिर्षक :