प्रदेश ५ मा आजदेखि दैनिक कोरोना अपडेट सुरु

स्वास्थ्यसमाचार /प्रदेश नम्बर ५ मा आजदेखि दैनिक कोरोना अपडेट सुरु भएको छ । समाजीक विकास मन्त्रालयले कोरोना भाइरस कोभिड १९ सँग सम्बन्धी प्रदेशमा भएका गतिविधिलाई समेटेर दैनिक जानकारी गराउने उदेश्यका साथ कोरोना अपडेट सुरुगरेको हो ।

जस अनुसार आज प्रदेश ५ का १२ जिल्लामा भएका गतिविधि यस्तो छ । १२ जिल्लामा ७ सय ५० क्यारेनटाईन जसमा १५ हजार ४ सय ४७ व्यक्ति छन् ।

प्रदेश ५ का विभिन्न स्थानमा गरि २४ हजार ६ सय ९० क्षमताको  बेड छन् । आरडिटी टेष्ट  ९ हजार ७ सय ७९ गरिएको । त्यसमध्ये बाँके ३, अर्घाखाँची १ रुपन्देही १, नवलपरासी १, प्युठान २, कपिलवस्तु २२ गरि ५२ जनामा पोजेटिभ देखिएको छ ।

पिसिआर विधिबाट ६ हजार ८ सय ११ परीक्षण गरिएको । जसमा ५ हजार ४ सय ७४ जनाको रिपोर्ट आएको र १३ सय ३७ जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रदेश ५ का ३ स्थानमा रहेका प्रयोगशालाबाट परिक्षण भइरहेको छ । ती हुन भैरहवा, दाङ र नेपालगञ्ज । पिसिआरमा हालसम्म १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

प्रदेश ५ का अस्पताल विकास तथा चिकित्सक महाशाखाका प्रमुख डा. उमाशंकर प्रशाद चौधरीका अनुसार भारतबाट नेपाल आउनेको क्रम बढ्दै गएपछि क्वारेन्टाइनह?को व्यवस्थापन गर्ने तयारी भएको छ ।

सम्बन्धित शिर्षक :