प्रदेशसभाका दुई सांसद सहित ११को आरडीटी रिपोर्ट पोजिटिभ

स्वास्थ्यसमाचार/ प्रदेश नम्बर ५ का सांसद सहित ११ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । आज गरिएको परिक्षणमा सांसद र सुरक्षाकर्मी गरी ११ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको हो ।

२ जना सांसद, २ जना चालक र अन्य कर्मचारीहरुको आरडिटी रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएपछि उनीहरुको पिसिआर परीक्षण गरिएको प्रदेशसभाका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले बताए ।

आज रिपोर्ट पोजेटिभ आएकाहरु पीसीआर रिपोर्ट नआउँदासम होम क्वारेटाईनमा बस्नेछन् ।४० जना पत्रकारको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रदेश नंं ५ को बजेट अधिवेशनमा सहभागी हुने सांसद, सुरक्षाकर्मी, सचिवालयका कर्मचारी तथा पत्रकारहरु सहित ३ सय ९८ जनाको आज आरडिटी परीक्षण गरिएको हो । संसद बैठक हुनुपूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित सांसदहरुको कोरोना परीक्षण गरिएको हो । भोलिदेखि प्रदेशसभाको बैठक बस्दैछ ।

सम्बन्धित शिर्षक :