लुम्बिनी मेडिकल कलेजको पाचौँ तलाबाट हाम फाल्दा गंगा बहादुरको मृत्यु

स्वास्थ्यसमाचार/ पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजबाट हाम फालेर एकजनाको मृत्यु भएको छ । रामपुर नगरपालिका –७ कठानका ४२ वर्षीय गंगा बहादुर सोमैको अस्पतालको छतबाट हाम फालेर मृत्यु भएको हो ।

गत बैशाख ९ गते भाइको घर पाल्पा रामपुरबाट आफ्नो घरतर्फ जाने क्रममा घर नजिकै सडकको नालीमा लडेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए ।लडेर घाइते भएका सोमैलाई उपचारका लागि रामपुर अस्पताल पुर्‍याइएकोमा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा रिफर गरिएको थियो।

उपचारका क्रममा रहेका सोमैले अस्पतालको पाचौं तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।प्रहरीका अनुसार हाम फालेका सोमैको घटनास्थलमै मृत्यु भएको हो । उनको शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।

सम्बन्धित शिर्षक :