प्रा देवी भक्त ढकाल/ प्राणी मात्रको जीवनसँग एउटामात्र यस्तो साथी छ जसले सधैं-सधैं जीवलाई साथ दिन्छ । दुःखमा होस्, सुखमा, आँसु वा रोदनमा होस्, बाल्यकाल, यौवनकाल, वृद्धावस्थामा नै किन नहोस् सबै समयमा साथ दिने भनेको एउटामात्र साथी छ । त्यो हो जीवनको पर्यायवाची शब्द श्वासप्रश्वास । श्वासप्रश्वास र जीवनको सम्बन्धको व्याख्यान जटिल विषय हो । जीवसँग श्वासप्रश्वास छुट्टिने कल्पनासम्म गर्न सकिन्नँ । श्वासप्रश्वास र जीवनको नितान्त अभिन्न सम्बन्ध छ । जीवनसँगबाट श्वासप्रश्वासको तत्व छुट्टियो भने जीवको अस्तित्व तत् क्षण नै समाप्त हुन्छ । श्वासप्रश्वास र जीवनलाई भिन्नाभिन्नै कल्पना नै गर्न सकिँदैन ।
जीवनलाई अर्थात् जीवलाई त्यो श्वासप्रश्वास रूपी साथीले साथ छोड्यो भने जीवनको नै अस्तित्व समाप्त हुन्छ । जीवनको गति, प्रगति जस्ता तमाम क्रियाकलापहरूको निर्धारक र कारक नै जीवसँग अत्यन्तै अन्तरसम्बन्ध भएको क्रिया श्वासप्रश्वास क्रिया हो । यो क्रियाको सुसञ्चालन, व्यवस्थापन, रेखदेख, हेरचाह, अध्ययन, योग, ध्यान, आराधना, साधनाजस्ता विषयहरूले श्वासप्रश्वास क्रियाको सुसंचालन समेतमा प्रभाव पार्छ । यी र यस्ता विषयवस्तुको सूक्ष्म अध्ययन गर्ने विधाको नाम हो प्राकृतिक चिकित्सा । जीवन र प्रकृतिसँगको सम्बन्धलाई दिगो र व्यवस्थित गर्ने काम तथा विषयसँग प्राकृतिक चिकित्सा विज्ञान सम्बन्धित छ ।
प्रकृतिसँग निकटतम रहेर शरीरलाई स्वस्थ्य र स्फूर्त राख्ने कला र विज्ञान हो प्राकृतिक चिकित्सा विज्ञान । त्यसैले जीवन, श्वासप्रश्वास र स्वास्थका विषय बारे ज्ञान, अध्ययन र अनुभवको आदानप्रदान जीवधारीका लागि अत्यन्तै महŒवपूर्ण विषय हुन् । श्वासप्रश्वास प्रणाली सज जीवहरूले श्वास फेर्ने क्रियासँग सम्बन्धित प्रणाली हो । यो सजीवहरू सबैको अभिन्न प्रणाली हो । शरीरका सबै भागमा प्राणवायु आदानप्रदान गर्ने यसको मुख्य काम हो । शरीरका विभिन्न भागमा अक्सिजन पु¥याउने काम रक्तनलीहरूबाट बग्ने रगतले गर्दछ । शरीरका सबै प्रणालीलाई नियमित, सुव्यवस्थित गर्न जीवधारीको शरीरमा श्वासप्रश्वास क्रियाको निरन्तरता अनिवार्य शर्त हो । प्राकृतिक चिकित्साले शरीर विज्ञानका क्रियाकलापमा आधारित स्वास्थ्यका विषयलाई फरक ढंगले व्याख्या र विश्लेषण गर्दछ ।
प्राकृतिक रहनसहन एवं प्राकृतिक खानपिन र जीवनशैलीका माध्यमले स्वस्थ हुने उपायहरूको अभ्यास गर्न र बिरामी हुँदा प्राकृतिक वस्तुहरू अर्थात् पञ्चतत्वको सन्तुलन बनाउने विधि र प्रविधिको नाम प्राकृतिक चिकित्सा हो । प्राकृतिक चिकित्सा विधिको अनौठो विशेषता भनेको के हो भने शरीरलाई निरोगी राख्न निरोगी मानिसले समेत नियमित उपचार लिन्छन् । शरीरलाई स्वस्थ्य राख्न शरीरको सर्भिसिङ गर्ने विधि र प्रविधि प्राकृतिक चिकित्साको मुख्य विशेषता हो । एउटा रोगको उपचार गर्दैगर्दा शरीरमा भएका तमाम रोगहरूबाट शरीरलाई मुक्तमात्रै गर्दैन शरीरको जीवनी शक्तिलाई नै सशक्त बनाएर शरीरमा रोग प्रतिरोधात्मक क्षमतासमेतको विकास एकैसाथ गर्छ । आधुनिक चिकित्सासँग तुलना गर्दा यो चमत्कार भन्नुपर्छ ।
उपचारमा औषधिहरूको प्रयोग हुन्न । झट्ट सुन्ने व्यक्तिलाई के लाग्न सक्छ भने विनाऔषधि के उपचार सम्भव छ रु यो कौतुहलता आधुनिक चिकित्सामा विश्वास गर्नेका लागि स्वाभाविक भन्नुपर्छ । औषधि नहुने र खानपिन, प्राकृतिक मैत्री जीवनशैलीका माध्यमले रोग निवारण हुने हुँदा प्राकृतिक जीवनशैलीलाई अपनाउँदाको अवस्थामा यो विधाको उपचारले रोग पुनः नदोहोरिने विषयले यो विधाप्रति सबै आकर्षित हुने विषय स्वाभाविकै भन्नुपर्छ । औषधि नै भोजन हो र भोजन नै औषधि हो भन्ने सिद्धान्तले यो विधामा भोजनका विषयमा सबै शिक्षित र दीक्षित हुन अनिवार्य हुन्छ ।
भोजनलाई पाचन प्रणालीले राम्रोसँग पचाउन नसक्ने अवस्थामा भोजनबाट बन्ने विषाक्त वस्तुहुरू पेटमा जम्मा हुन्छन् र तिनै विषाक्त वस्तुहरूको उचित निष्काशन हुनसकेन भने शरीर रोग ग्रस्त हुन्छ । शरीरले हामीले खाएका वस्तुहरूलाई मल र मूत्रको रूपमा उचित निष्काशन गरेन भने त्यसैले रोगको उत्पत्ति गर्दछ । प्राकृतिक चिकित्साले शरीरको पाचन क्रियालाई चुस्त दुरुस्त राख्ने प्रकारका वस्तुहरूको सेवन गर्न र तदअनुकूलको जीवनशैली अवलम्बन गर्न प्रेरित गर्दछ । त्यो अनुशासनलाई व्यक्तिले जति पालना गर्छ उति नै ऊ निरोगी हुन्छ । प्राकृतिक चिकित्सा बारे जान्दैमा, पढ्दैमा वा ज्ञान हँुदैमा यसले लाभ दिँदैन । यस विधाबाट लाभ लिन उपचार लिनैपर्छ । आहार व्यवहार, जीवनशैली सबै प्राकृतिकमैत्री हुनैपर्छ ।
हामीले खाएको खाना पाचन क्रियाको माध्यमले रगतमा परिणत हुन्छ । रगत बन्ने खाद्य पदार्थ स्वस्थ भएन भने शरीरलाई अहित गर्ने रगत शरीरमा सञ्चालित हुने अवस्थामा रोगको प्रकोप हुन्छ । शरीरले भोजनका रूपमा ग्रहण गरेका वस्तुहरूमध्ये रगत बनेर रगत सञ्चालित हुँदै गर्दा त्यो रगत बन्ने क्रममा बाँकी बाहिर निष्काशन हुनैपर्ने पदार्थहरू पूरै ननिस्कने अवस्थालाई प्राकृतिक चिकित्सा विज्ञानले रोगको पूर्वाधारको अवस्था मान्दछ ।
आधुनिक चिकित्सकहरू रोगीसँग पहिलो प्रश्न नै दिसापिसाबको मात्रा, रंग, आकार प्रकृतिबारे जान्ने र बुझ्ने प्रयास गर्दछन् । अर्थात् दिसापिसाबको जाँचको आधारमा र रगतको जाँचको आधारमै औषधि दिने विषयवस्तुमा चिकित्सकहरू केन्द्रीकृत हुन्छन् । सबै जीवधारीहरू आफ्नो शरीर रक्षामा कृतसंकल्पित हुन्छन् । शरीरको रक्षा गर्नु जीवधारीको पहिलो धर्म भनिन्छ । तर, हामीले के त्यो धर्म इमानदारीसाथ निर्वाह गरेका छौं रु त्यसका आधारमा व्यक्ति निरोगी र रोगी हुने अवस्था सिर्जना हुन्छ ।
शरीरलाई निरोगी कसरी राख्ने चिन्तन, मनन्, अध्ययन, अनुसन्धान, छलफल, बहस, अन्तक्र्रियाले हामीमा सचेतना र ज्ञान अभिवृद्धि हुन्छ । के हामीहरूमा त्यस प्रकारको संस्कृति र प्रवृत्तिको विकास भएको छ रु यसको सकारात्मक उत्तरलाई सबैले काम र व्यवहारमा सकारात्मक अनुवाद गरेको देखिँदैन । किनकि हामीले अहिलेसम्म स्वास्थ्यलाई छलफल, बहस, अन्तक्र्रिया, अध्ययन, अनुसन्धानको विषय बनाएकै छैनौं । त्यसैले एकले अर्कोबाट कसरी निरोगी हुन सकिन्छ भनेर सिक्ने जान्ने र बुझ्ने अवसर नै समाजमा सिर्जना गर्ने चरित्र नै विकास भएको छैन । हामीमध्ये कतिले आफैंले आफ्नो दिसापिसाबको रङ मात्रा आकारको निरीक्षण र त्यसको विश्लेषण गर्छौं रु
आफूले निष्काशन गरेको मलमूत्रको अध्ययनले आफूले खाएका वस्तुहरूको शरीरमा कस्तो प्रतिक्रिया छ । नकारात्मक छ कि सकारात्मक छ भन्ने कुराको अध्ययन, अनुसन्धान र लेखाजोखा गर्न सकिन्छ । उदाहरणको रूपमा हामी सबैले थोरैमात्र आफ्नो दिसापिसाबको ख्याल गर्दा आफूले सेवन गरेका खाद्य वस्तुहरू हितकर छन कि छैनन् भन्ने निष्कर्षमा पनि पुग्न सकिन्छ । एउटा आफ्नै अनुभवलाई यहाँ साटासाट गर्ने अनुमति लिन्छु । दिसा गर्दा हामीले निष्काशन गरेको दिसा कहिले पानीमा उत्रन्छ कहिले उत्रँदैन किन रु यो सामान्य विषयलाई हामी कतिले ख्याल गरेका छौं । कतिले छैनौं रु यस्ता विषयको अध्ययन, अनुसन्धान र छलफल जरुरी हुन्छ ।
यस्ता अनुभवलाई छलफल र बहसको विषय बनाउँदा शरीरलाई स्वस्थ राख्न गर्नुपर्ने सावधानी सार्वजनिक हुन्छ । यसले अरूलाई पनि अध्ययनमा अनुसन्धानमा, बहसमा, छलफलमा र अन्तक्र्रियामा सहभागी हुन उत्प्रेरित गर्दछ । यस्तो उत्प्रेरणाले जनस्वास्थ्यमा सकारात्मक परिणाम दिन्छ । के त्यो सकारात्मक परिणामलाई हामीले बहस, छलफल र अन्तक्र्रियाको विषय बनाएका छौं रु बनाएका छैनौं । शरीरमा पर्ने प्रभाव र निष्काशन हुने वस्तुहरूको सूक्ष्म अध्ययन अनुसन्धान र लेखाजोखाले सचेतनालाई अभिवृद्धि गर्छ ।
सचेतनाले कसरी निरोगी बन्ने रु सम्भावित रोगबाट बच्ने विषयमा आमचासो, चिन्ता र उपायहरूको खोजीमा मानिस केन्द्रीकृत हुने अवस्थामात्रै हामीले सिर्जना गर्न सक्यौं भने जनस्वास्थ्यको स्तर र अवस्थामा आमूल परिवर्तन हुन्छ । के त्यस्तो सकारात्मक परिवनलाई पच्छ्याउने कोसिस हामीले गरेका छौं रु छैन । त्यसैले स्वास्थ्य सचेतनाको हाम्रो स्तरलाई हामीले उठाउन नै सकेका छैनौं । प्राकृतिक चिकित्सा विधाले शरीर, भोजन, जीवनशैली, कार्यशैली, योग, ध्यान प्राणायाम, पाकशैली, खानाखाने समय, खानाको बीचको अन्तर, केसँग के खाने रु केसँग के नखाने रु
कतिबेला के खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ रु कतिबेला उठने रु कतिबेला घुम्ने रु उपवासले दिने लाभ आदि तमाम विषयमा शिक्षित र दीक्षित गर्ने गर्दछ । मैले यसअघि एउटा उदाहरण पस्केको थिएँ । त्यसलाई हामी सबैले सधैं हेर्न, अनुसन्धान गर्न र विश्लेषण गर्न सक्छौं । हाम्रो दिशा पानीमा किन उत्रन्छ रु यो विषयबारे अध्ययन, खोज, अनुसन्धान नगर्नेहरूले जान्ने कुरै भएन । यसलाई अब कसैले जिज्ञासु दृष्टिकोणले अध्ययन, अनुसन्धान, खोज, लेखाजोखा गर्दा यसका कारणहरू थाहा भयो भने शरीरमा खानाको प्रत्यक्ष प्रभावलाई बुझ्न र जान्न सकिन्छ ।
चिल्लो पदार्थ अधिक मात्रामा सेवन गर्दा दिसा पानीमा उत्रन्छ । यसरी पानीमा दिसा उत्रियो भने मैले चिल्लो बढी खाएँ अब चिल्लो घटाउनुपर्छ भन्ने जानकारीले अधिक चिल्लोका कारण उत्पन्न हुने रोगलाई समयमै नियन्त्रण गर्न सकिन्छ । खानाको प्रभाव जान्ने यो सानु उदाहरणमात्र हो । दिसाको रङ, ठोसपन जस्ता विषयले हामीले पानीको मात्रा ठीक पिएका छौं रु छैनौं र खाद्य वस्तु कुनको प्रभाव शरीरमा कस्तो परेको छ रु
त्यसको लेखाजोखाले हामीलाई खानेकुराहरू के खाने रु कति खाने रु कसरी खाने रु कहिले खानेजस्ता कुरालाई मार्गनिर्देशन गर्दछ । शरीरले भोजनको प्रतिक्रियाबाट प्राप्त ज्ञान र अनुभवले हामीलाई सचेत, सतर्क र अनुशासित बनाउन कोसेढुंगा सावित हुन्छ । यो पानीमा तैरने र नतैरिने अवस्थाको अनुगमन र त्यसलाई प्रयोगात्मक अनुभवलाई मैले छलफल, बहस, अन्तक्र्रियाको विषय बन्नसक्ने सम्भावनालाई ध्यानमा राखेर यसबारे अनुभव साटासाट गरे ।
यस्ता अनुभवलाई व्याख्या, विश्लेषण र सार्वजनिक गर्दा यसले सचेतना र सुध्रनलाई अभिप्रेरित गर्छ भन्ने दृष्टिकोणले यसलाई विषयवस्तु बनाएको हो । यस्ता विषयवस्तु सार्वजनिक नगर्दा नै प्राकृतिक चिकित्सा जस्तो औषधिमा खर्च गर्नु नपर्ने विधालाई हामीले आमनेपालीसम्म पु¥याउन सकेका छैनौं । अब जनस्तरमा प्राकृतिक चिकित्साको सेवा लिने र सरकारीस्तरमा प्राकृतिक चिकित्साको सेवा दिने वातावरण बन्न सक्यो भने आफ्नै माटो, पानी र हावा जस्ता प्राकृतिक तत्वको उपयोगले नागरिक निरोगी बन्ने र नागरिकको जीवनीशक्ति बढ्ने विषयका सम्बन्धमा जनता, सरकार दुवैको प्रयासले हामीले दिगो, भरपर्दो, कम खर्चमै जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउँन सक्छौं । आफ्नो खाद्य वस्तुको प्रभाव शरीरमा के परेको छ रु
त्यसबारे जहिलेसम्म हामी शरीर र खाद्य वस्तुको प्रभाव सम्बन्धमा अनुसन्धानमुखी बन्दैनौं, त्यसलाई बहस, छलफल र अन्तक्र्रियाको विषय बनाउने चरित्र विकास गर्दैनौं, त्यतिबेलासम्म निरोगी समाज बनाउने हाम्रो सरकारी प्रयास प्रभावकारी हुँदैन । आशा गरौं आगामी दिनमा प्राकृतिक चिकित्सा प्रणालीले स्वास्थ्यसम्बन्धी अन्तक्र्रिया, छलफल र अनुसन्धानमुखी सक्रिय स्वस्थ र स्फूर्तसमाज निर्माण गर्न योगदान गर्ने नै छ ।
प्रतिकया दिनुहोस्