लुम्बिनी प्रादेशिक अस्पतालको राष्ट्रिय कर्मचारी संगठन निजामती नयाँ नेतृत्व, अध्यक्षमा अमिर राई

स्वास्थ्यसमाचार / नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समितिको भेला ले नयाँ समिति चयन गरेको छ। बुटबलमा सम्पन्न भेलालले १९ सदस्यीय नयाँ समिती तथा ५ जनाको सल्लाहकार समिती चयन गरेको हो।

समितिको अध्यक्षमा अमिर राई बरिष्ठ उपाध्यक्षमा केशव पान्डे, उपाध्यक्षमा पुतला खनाल, प्रतिमा गौतम सचिबमा बिजय पान्डे सह सचिव भाबना गौतम कोषाध्यक्ष कृष्ण खडका रहेका छन।त्यस्तै सदस्यहरुमा प्रतिमा पौडेल, अकबर अलि, रिया थापा, जागेश्वरी ढकाल, शैलेन्द्र पन्थी, बिष्णु काफले, निषा पौडेल, जानुका रिजाल, मुस्कान थापा र एलिना लोपचन रहेका छन।

उक्त भेलाले ५ जनाको सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार डा श्रीधर आर्चाय, डा नेत्र राना, डा मनोज कुश्हवा, डा शम्भु खनाल र डा नबिन तिरुवा रहेका छन। भने समितिको ईन्चाजमा ईन्द्र राईलाई चयन गरिएको छ।भेलाको उदघाटन लुम्बिनी प्रादेशिक अस्पतालका पुर्व मेसु डा कृष्ण खनालले उद्घाटन गरेका थिए संघ र संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।

शुभकामना दिनेहरुमा नेकपा माओबादी जिल्ला अध्यक्ष निर्मल जिसी, लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ स्त्रीरोग प्रमुख डा श्रीधर आर्चाय, नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रिय सदस्य कृष्ण बन्जाडे, नेपाल राष्ट्रिय कर्मचारी महासंघ जिल्ला अध्यक्ष उत्सव न्यौपाने, राष्ट्रिय कर्मचारी महासंघ जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद पौडेल, नेपाल निजामती कर्मचारी युनियन लुम्बिनी प्रादेशिक अस्पताल ईकाई अध्यक्ष दया सागर पन्थी, नेपाल स्वास्थ्यकर्मि संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई कमिटीका अध्यक्ष भिम प्रसाद ज्ञवाली ,नेकपा माओबादी बुटबल नगर ईन्चार्ज पुष्पराज ढकाल(क्षितीज) लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

भेला संयोजक तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती रुपन्देहीका उपाध्यक्ष चेतनारायण न्यौपानेले कार्यक्रमको समापन गदै अस्पतालमा नयाँ समितिले अस्पतामा कर्मचारीको हकहितको लाग्नु पर्ने बताए। उनले लुम्बिनी प्रादेशिक अस्पताल यस क्षेत्रको ठुलो र धेरै बिरामी आउने केन्द्र भएकोले बिरामी तथा अन्य सरोकारका बारेमा पनि समितीले ध्यान दिनु पर्ने बताए।

सम्बन्धित शिर्षक :