सियारीमा १५ सैयाको अस्पताल निर्माण हुने गृहमन्त्रीद्धारा शिलान्यास

स्वास्थ्यसमाचार/ रुपन्देहीको सियारी गाउँपालिका ४ दयानगर छपियामा १५ सैयाको अस्पताल निर्माण हुने भएको छ । छपिया स्वास्थ्य चौकीको स्तरोन्नती गर्दै १५ सैयाको अस्पताल निर्माण गर्नका लागि आज सिलन्यास गरिएको छ ।

अस्पतालको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणले सिलन्यास गरेका हुन् । २१ करोड ८० लाख ५० हजार २९५ रुपैया अनुमान लागत राखेर टेण्डर आब्हान गरिएकोमा १८ करोड १ लाख ७ हजार ४८४ रुपैयामा निर्माण गर्ने गरी सम्झौता गरिएको छ ।

२०७९ असार ८ गते सम्झौता भएको अस्पतालको निर्माण २०८१ कार्तिक ७ गते भित्र सम्पन्न गरी सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

१० औं तहका डाक्टर ९मेडिकल सुपरिटेण्डेन० को नेतृत्वमा मेडिकल अधिकृत सहित डाक्टर, नर्स सहितको टिम रहने गाउँपालिकाले जनाएको छ ।अस्पताल निर्माण भएपछि सियारीवासीले चिकित्सकिय सेवा, आकस्मीक, ओपिडी, फार्मेसी, ल्याव, रेडियोलोजी लगाएतका सुबिधा प्राप्त गर्ने छन् ।

अस्पतालको सिलन्यास गर्दै गृहमन्त्री खांणले सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । मन्त्री खांणले सरकारले नागरिकको स्वास्थ्यलाई बिषेश ख्याल गर्दै एक पालिका एक अस्पतालको अवधारण ल्याएको बताए ।मन्त्री खांणले तोकिएको समयभित्रै अस्पताल निर्माणको काम सम्पन्न गर्न आग्रह गर्दै आगामि दुई बर्ष पछि सियारीका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न अन्य ठाँउ जान नपर्ने उल्लेख गरे ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले अस्पतालको निर्माण पछि सियारीबासी नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताए । उनले तोकिएको समयभित्रै अस्पतालको निर्माण सम्पन्न गर्न निर्माण व्यवसायिलाई आग्रह गरेका छन् । अध्यक्ष घिमिरेले गाउँपालिकाले शिक्षा र स्वास्थ्यमा उल्लेख्य सुधार गर्दै आएको बताउदै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने गरी नीति अबलम्बन गरेको बताए । अस्पताल निर्माणको जिम्मा कालिगण्डकी रविना जेभिले पाएको छ ।

कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ४ का सांसद प्रमोद कुमार यादव, लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँ लगाएतले बोल्दै सियारी गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पुर्वाधार बिकासमा उत्कृष्ट काम गर्दै आएको उल्लेख गरे ।सियारी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्रीराम यादवको स्वागतमा भएको कार्यक्रमको सञ्चालन लेखा अधिकृत नारायण पौडेलले गरेका थिए ।

 

सम्बन्धित शिर्षक :