रुपन्देही २ मा डा. निकोलस सहित ३ जनाको उम्मेदवारी खारेज

स्वास्थ्यसमाचार/  रूपन्देहीको क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका हाम्रो नेपाली पार्टीका कमल भुसाल सत्ता गठबन्धनका राजु गुरुङ, र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी खारेज भएको छ।

तीन जनाविरूद्ध निर्वाचन आयोगमा परेको उजुरीमाथि छानबिन गरी उम्मेदवारी खारेज गरिएको निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका कमल भुसाल (डा. निकोलस) विरूद्ध निर्वाचन कार्यालयमा दुइटा उजुरी दर्ता भएको थियो।

भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो।

त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका हिमाल बस्यालको पनि प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड ’ङ’ बमोजिम उम्मेदवार बन्न पाउने योग्यता नपुगेकाले उम्मेदवारी खारेज गरिएको सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले जानकारी दिए।

 

सम्बन्धित शिर्षक :