रुरुक्षेत्र गाउँपालिकामा घर घरमा स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिने

स्वास्थ्यसमाचार/  रुरुक्षेत्र गाउँपालिकामा घर घरमा स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिने भएको छ। उक्त कार्यक्रम संञ्चालनको लागी स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरिएको हो ।

गाउँपालिकामा कार्तिक देखी सबै घरधुरीमा गई स्वास्थ्य सम्बन्धी तथ्यांकहरु संकलन गर्ने र मंसिरबाट प्रतेक महिनाको २ दिन घर घरमा गई गर्भवती, सुत्केरी, अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने उदेश्यक साथ आज स्वास्थ्यकर्मिलाई अभिमुखीकरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक छत्र अधिकारीले बताए ।

स्वास्थ्य परिक्षणमा ( प्रेसर जांच, सुगर जाच, पिसाब जाच आदि ) गरि आवश्यक औषधि तथा परामर्श दिईने अधिकारीले बताए।

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञाबलीले पालिका भित्रका सबै घरमा गई गर्भवती, सुत्केरी, अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने र उनीहरुलार्ई औषधी दिने ब्यबस्था गर्नलागीएको बताए।

घरबाट स्वास्थ्य संस्थामा जाननसक्नेको लागी गाउँपालिकाले यस्तो ब्यबस्था मिलाएको अध्यक्ष ज्ञाबलीले बताए। उनले स्वास्थ्य सबैभन्दा महत्वपुर्ण बिषय भएकोले अहिलेबाट यो कार्यक्रम सुरु गरिएको अध्यक्षले बताए।

 

 

सम्बन्धित शिर्षक :