नेपालमा डेंगु संक्रमण बाट ४४ जनाको मृत्यु, ३३ हजार ९७५ संक्रमित

स्वास्थ्यसमाचार/ डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म डेंगुबाट ४४ जनाको मृत्यु भएको हो ।

सातै प्रदेशको ७६ जिल्लामा फैलिएको डेंगुबाट साउनदेखि हालसम्म ३३ हजार ९७५ जना संक्रमित भइसकेका छन् । त्यसैगरी विगत २४ घण्टामा २७ जनामा कोभिड पुष्टि भएको छ ।

८६७ पीसीआर र ६७९ एन्टिजेन गरी १ हजार ५४६ वटा नमुना परीक्षणबाट २७ जनामा संक्रमण देखिएको हो भने २६ जना निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५६९ रहेको छ भने २४ घण्टामा डेंगीबाट मृत्यु हुनेको संख्या शून्य छ ।

सम्बन्धित शिर्षक :