तिलोत्तमाको सेमरा बजार स्वाथ्य चौकीमा एक्सरे सेवा शुभारम्भ

स्वास्थ्यसमाचार/  तिलोत्तमा नगरपालिका वडा नम्बर १० मा रहेको सेमराबजार स्वाथ्य चौकीमा भिडियो एक्सरे तथा एक्सरे सेवा सुरुवात गरिएको छ ।

रोटरी क्लव अफ रुपन्देहीले केही समयपहलिा उपलब्ध गराएको उपकारणको प्रयोग गरी तिलोत्तमा नगरपालिकाले आवश्यक व्यवस्थापन गरी भिडियो एक्सरे(युजिसी) र एक्सरे सेवा सुरुवात गरिएको हो ।

आईतबार स्वाथ्य चौकीमा एक कार्यक्रमको आयोजनागरी तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण, उप प्रमुख जागेश्वरदेवी चौधरीले संयुक्त रुपमा शुभारम्भ गरेका हुन । सेवा सुरुवात कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले सेमराक्षेत्रका स्थानीय, गर्भभवती महिला लगायत भिडियो एक्सरे, एक्सरे गर्ने प्रकृतिका विरामीका लागि नियमित रुपमा सेवाले राम्रो प्रभाव पार्ने बताए ।

उनले गाउँमा नै स्थापना गरिएको सेवाबाट अव मणिग्राम वा बुटवल जानुपर्ने बाध्यता अन्त्य हुने समेत बताए । समेरा बजार स्वाथ्य चौकीलाई १० बेडको अस्पतालको रुपमा स्तरउन्नती गर्नको लागि नगरपालिकाले निरन्तर पहल जारी राखेको भन्दै उनले अझै पनि पहल गर्ने बताए ।

उप प्रमुख जागेश्वर देवी चौधरीले विगतका दिनमा संघीय सरकारको सहयोगमा निर्माण गर्न लागिएको १० शैयाको अस्पताल सिलन्यासको तयारी गर्दा केन्द्रीय सरकार ढलेको कारण समस्या भएको भन्दै आफुले यसमा निरन्तर पहल गर्ने बताईन ।

यस्तै कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाबाट नियमित सेवाको लागि र उचित जनशक्ति व्यवस्थापन गर्ने बताए । हाल महिनामा ३ दिन मात्रै सेवा प्रभाव भएकोमायसलाई दैनिक सञ्चालनको लागि नगरले पहल गर्ने उनको भनाई रहेको थियो ।

कार्यक्रममा उपकरण सहयोगीसंस्था रोटरी क्लव अफ रुपन्देहीका आईपीपी रामप्रसाद खरेल, तिलोत्तमा वडा नम्बर १० का अध्यक्ष गोपाल घिमिरे, स्थानीय राजनीतिज्ञ कृष्ण पौडेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।

सेमरा स्वाथ्य चौधी प्रमुख कमल पाण्डेले गाउँमा नै एक्सरेको सेवा प्रदान गर्न पाउँदा खुसी लागेको भन्दै अझ बढिसेवा विस्तार गर्ने योजना रहेको बताए।

 

सम्बन्धित शिर्षक :