दाङ १(१)बाट लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारू निर्वाचित

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारू प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

दाङ १(१) बाट माओवादी केन्द्रका थारू १ हजार ७ सय ७५ मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । थारूले १३ हजार ५ सय ५ मत प्राप्त गर्नुभयो भने नेकपा एमालेका गंगाराम भट्टराईले ११ हजार ७ सय ३० मत प्राप्त गर्नुभयो ।

थारू यस अघि नेकपा एमाले सँग तालमेल गरेर चुनाव जित्नुभएका थारू यसपालि पाँच दलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो ।२०६३ मा अन्तरिम विधायिका हुँदै २०६४ मा पहिलो संविधान सभा सदस्यमा नेपाली कांग्रेसका खुमबहादुर खड्कालाई पराजित गर्नुभएको थियो ।

सम्बन्धित शिर्षक :