रुपन्देही २(ख) बाट लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठ निर्वाचित

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ।  रुपन्देही निर्वाचन क्षेत्र नम्बर २(ख) बाट प्रदेशसभा सदस्यमा एमाले उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी हुनुभएको हो । श्रेष्ठले १६ हजार ३ मत सहित विजयी हुनुभएको छ।

भने श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार बामदेव क्षेत्रीले ९ हजार ४१० मत सहित दोस्रो हुनुभएको छ । श्रेष्ठ ६ हजार ८९० मतको मतान्तरले विजयी बन्नु भएको हो ।

हाम्रो नेपाली पार्टीका प्रदीप पन्तले ५ हजार ८७० मत प्राप्त गर्नु भएको थियो । पुर्व मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकारमा श्रेष्ठ स्वास्थ्यमन्त्री रहनु भएको थियो।

सम्बन्धित शिर्षक :