स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्थापना दिवस तथा लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औ वार्षिकोत्सव समारोहको पुर्वसन्ध्यामा रक्तदान गरिएको छ। रक्तदानको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले ब्लड ब्याग हस्तान्तण गरेर रक्तदान शुभराम्भ गर्नु भएको थियो ।अस्पतालका मेसु, चिकित्सक, नर्स, पारामडिक्स बिभागिय प्रमुख ,सहयोगी कर्मचारी गरि१सय १३ जना रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमको संयोजन अस्पताल मानबहादुर श्रेष्ठ र सत्यराज शाक्यले गर्नु भएको थियो। रक्तदानकार्यक्रम मा ११३ पिन्ट रगत संकलन भएको शाक्यले बताउनु भयो।
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
स्वस्थ र स्वच्छ मासुका लागी बुटवलमा पशु वधशाला सञ्चालन गर्ने
स्वास्थ्यसमाचार/ बुटवलमा निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका बीचमा पशु बधशाला सञ्चालन गर्ने सहमति भएको हो । दुईपक्षबीच भएको सहमतिअनुसार पशु बधशाला छिटै सञ्चालनमा आउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणा बमोजिम बधशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिइने उहाँले बताउनुभयो । बधशाला सञ्चालनका लागि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई हस्तान्तरण गर्ने प्रमुख…
कपिलबस्तुको चन्द्रौटामा प्रादेशिक सरुवा रोग अस्पताल सञ्चालन हुने
स्वास्थ्यसमाचार/भवन भाडामा लिएर लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सरुवा रोग अस्पताल सञ्चालनको तयारीमा अगाडि बढाएको छ । प्रदेश स्वास्थ्यमन्त्री विष्णु पन्थीले नागरिक अगुवासँग भेटघाट गर्दै केही स्वास्थ्यकर्मी परिचालन गरेर भवन नबन्दै सेवा प्रदान गरिने बताउनुभयो । शङ्कर पोख्रेल नेतृत्वको प्रदेश सरकारले कपिलवस्तुको शिवराज नगरपालिका –५ चन्द्रौटामा प्रदेशस्तरको सरुवारोग अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । अस्पताल भवन निर्माणको लागि ठेक्का समेत लागेको छ । हाललाई भवन लिजमा लिएर सेवा सुरुवात गर्ने भवन निर्माण भएपछि स्थानान्तरण गर्ने मन्त्री पन्थीले बताउनुभयो । उहाँले मन्त्री भएपछि पहिलो निर्णय गर्दै अस्पताल सञ्चालनको प्रक्रिया अगाडि बढाएको…
डायलायसिस उपकरणको अभावमा सेवा प्रभावित
कावासोती -उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ। मिर्गौला रोगीका लागि अस्पतालले २०७९ मङ्सिर १३ गतेदेखि सो सेवा निःशुल्क थालनी गरेको थियो। अस्पतालमा हाल चार डायलायसिस गर्ने उपकरण रहेका छन्। तीमध्ये एक उपकरण ‘रिजर्भ’मा राखेर तीन मात्रै उपकरण सञ्चालनमा रहेर हाल नौ जनाले नियमित डायलायसिस सेवा लिइरहेका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा जितेन्द्र कँडेलले जानकारी दिए। उहाँका अनुसार मिर्गौला रोगीले हप्तामा कम्तीमा दुईपटक डायलायसिस गर्नुपर्ने हुन्छ। हाल अस्पतालले नौ जनालाई प्रदान गरेको सेवा आन्तरिक स्रोतबाट भर्पाइ भइरहेको र डायलायसिस सेवा सूचीकरण नहुँदा उक्त खर्चको सरकारबाट…
गुणात्मक रुपमा स्वास्थ्य सेवालाई प्राथमिकता : स्वास्थ्यमन्त्री पन्थी
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका नबनियुक्त स्वास्थ्यमन्त्री बिष्णु पन्थीले पदभार ग्रहण गर्नु भएको छ। पदभार ग्रहण पछि २ बटा नयाँ निर्णय गर्नु भएको छ। मन्त्रालयका सचिव डा. विकास देवकोटा लगाएतका अधिकारी बाट स्वागत, छलफल सहित महत्वपूर्ण निर्णय भएको छ। नयाँ निर्णयमा कपिलवस्तुको चन्द्रौटा स्थीत सरुवा रोग अस्पतालको कार्य यथाशिघ्र सञ्चालन गर्ने र प्रदेशका सबै जिल्लाहरुमा कम्तीमा ४ वटा विशेषज्ञ सेवा ३ /३ महिनामा संचालन गर्ने निर्णय भएको छ । जसलेगर्दा प्रादेशिक अस्पताल बुटवलमा चाँप घट्नेछ। नवनियुक्त स्वास्थ्य मन्त्री पन्थीले पत्रकार हरु संग कुरा गर्दै उहाले आधारभुत स्वास्थ्यलाई गुणस्तरीय बनाउने बताउनु भएको छ।स्वास्थ्य…
कण्डम दिवसका दिन बुटवलमा वृहत सांस्कृति कार्यक्रम हुने
स्वास्थ्यसमाचार/ सधै फेशनमा ,दोहोरो सुरक्षाका लागि कण्डम भन्ने नारा सहित फेब्रुअरी १३ अर्थात फागुन १ गते सोमबारका दिन अन्तर्राष्ट्रिय कण्डम दिवस मनाईदैछ । प्रणय दिवसको अवसरमा विश्वब्यापी रुपमा कण्डमको सहि तरिकाले प्रयोग गरी सुरक्षित यौन सम्पर्क बारे जनतचेतना फैलाउनको लागि रमाइलो तथा रचनात्मक तरिकारले अन्तराष्ट्रिय कण्डम दिवस बुटवलमा पनि मनाईने भएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले आईतबार बुटवलमा पत्रकारहरुसँग अन्तरक्रिया कार्याक्रमको आयोजना गर्दै कण्डम दिवसको बारेमा जानकारी गराएको हो ।अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा बुटवलको ट्राफिक चोकमा सांस्कृतिक कार्यक्रम सहित जनचेतना मुलक कार्यक्रमको आयोजना हुने स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ…
तिलोत्तमामा रगत तथा रक्त तत्त्व चेक जाचमा लाग्ने सेवा शुल्क नि:शुल्क
स्वास्थ्यसमाचार/ तिलोत्तमाका बासिन्दाका लागि रगत सम्बन्धी सबै सेवा निशुल्क हुने भएको छ । तिलोत्तमा नगरपालिका र रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी तिलोत्तमा नगरभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निशुल्क उपलब्ध गराउनेबारे तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँड र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासका बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । तिलोत्तमा नगरपालिका र रेडक्रस सोसाइटीका बीचमा आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरु सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी…
चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता
स्वास्थ्यसमाचार/ अस्पतालको सेवा नै बन्द गरि आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र सरकारबीच ६ बुँदे सम्झौँता भएको छ । सम्झौँता पछि चिकित्सकहरुले आव्हान गरेको सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । गत शुक्रबार राष्ट्रपतिको सवारीको क्रममा वीर अस्पताल अघि एक जना चिकित्सकमाथि प्रहरीले लाठी प्रहार गरेको विरोधमा चिकित्सकहरु आन्दोलन उत्रिएका थिए । घटनामा सम्लग्न प्रहरीमाथि कारवाही अघि बढीसकेको सन्दर्भमा अस्पताल बन्द सम्मको घोषणा गरेपछि चिकित्सक संघको कदमको आलोचना बढेको थियो । आज विहान ८ बजे देखि प्रधानमन्त्री कार्यालयका सचिव डा गणेश पाण्डे नेतृत्वको सरकारी बार्ता टोली र डा लोचन कार्की…
सरकार र आन्दोलनरत चिकित्सक संघबीच बार्ता
स्वास्थ्यसमाचार/अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरेको नेपाल चिकित्सक संघ र सरकारबीच बार्ता हुन थालेको छ । अहिले विहान ८ बजे देखि सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक संघका प्रतिनिधिबीच बार्ता हुन लागेको हो । बार्तामा सरकारी पक्षको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले गर्नेछन् । त्यसमा स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालयको प्रतिनिधिहरु रहनेछन् । यस्तै चिकित्सक संघको तर्फबाट नेतृत्व डा लोचन कार्कीले गर्ने भएका छन् । सो टोलीमा महासचिव डा बद्री रिजाल, डा रुद्र मरासिनी, संघका पूर्व अध्यक्षहरुको सहभागिता हुनेछ । ‘मुख्य त दुईवटा माग छ, पहिलो चिकित्सक तथा स्वास्थ्य…
भोलि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द रहने
स्वास्थ्यसमाचार/ भोली (आइतबार)मुलुकभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुने भएका छन्। नेपाल चिकित्सक संघले आज क विज्ञप्ति जारी गर्दै उक्त निर्णय गर्न बाध्य भएको जनाएको छ। संघका अध्यक्ष डा लोचन कार्की तथा महासचिव डा बद्री रिजालले संयुक्त रूपमा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, “माघ २९ गते आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ” भनिएको छ। त्यसैगरी विज्ञप्तीमा भनिएको छ…

