गुणात्मक रुपमा स्वास्थ्य सेवालाई प्राथमिकता : स्वास्थ्यमन्त्री पन्थी

स्वास्थ्यमन्त्रीको पहिलो निर्णय :कपिलवस्तुको चन्द्रौटामा सरुवा रोग अस्पताल यथाशिघ्र सञ्चालन गर्ने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका नबनियुक्त स्वास्थ्यमन्त्री बिष्णु पन्थीले पदभार ग्रहण गर्नु भएको छ। पदभार ग्रहण पछि २ बटा नयाँ निर्णय गर्नु भएको छ।

मन्त्रालयका सचिव डा. विकास देवकोटा लगाएतका अधिकारी बाट स्वागत, छलफल सहित महत्वपूर्ण निर्णय भएको छ। नयाँ निर्णयमा कपिलवस्तुको चन्द्रौटा स्थीत सरुवा रोग अस्पतालको कार्य यथाशिघ्र सञ्चालन गर्ने र प्रदेशका सबै जिल्लाहरुमा कम्तीमा ४ वटा विशेषज्ञ सेवा ३ /३ महिनामा संचालन गर्ने निर्णय भएको छ ।

जसलेगर्दा प्रादेशिक अस्पताल बुटवलमा चाँप घट्नेछ। नवनियुक्त स्वास्थ्य मन्त्री पन्थीले पत्रकार हरु संग कुरा गर्दै उहाले आधारभुत स्वास्थ्यलाई गुणस्तरीय बनाउने बताउनु भएको छ।स्वास्थ्य सेवा सहज तरीकाले प्रदेशका सबै ठाउमा पुराउने बताउनु भएको हो।

स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्ने, साधन श्रोत अभाब हुन नदिने समेत बताउनु भयो। उहाले सरकारी चिकित्सकले अस्पतालमा धेरै बिरामी नहेर्ने र बाहिर किल्नीकमा बढी प्राथमिकता दिने भएकोले यसलाई गुणात्मक रुपमा सरकारी स्वास्थ्य सेवालाई प्राथमिकता दिने बताउनु भयो।

उहासंगै लुम्बिनी प्रदेश सरकारका ७ जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिनु भएको छ ।दाङको राप्ती गाउँपालिका मौरीघाट्मा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई शपथ दिलाउनु भएको हो।

सम्बन्धित शिर्षक :