स्वास्थ्यसमाचार/ सरकारले संसदमा प्रतिनिधित्व गर्ने ६ वटा राष्ट्रिय दलका घोषणापत्र समेटेर १८ बुँदे राष्ट्रिय प्रतिबद्धता पत्रको मस्यौदा तयार पारेको छ। नयाँ वर्षको पहिलो दिन प्रधानमन्त्री कार्यालयले संसदमा प्रतिनिधित्व गर्ने ६ वटा राष्ट्रिय दलका घोषणापत्र समेटेर १८ बुँदे राष्ट्रिय प्रतिबद्धता पत्रको मस्यौदा सार्वजनिक गरेको हो । कार्यालयले यो मस्यौदामा १० बैशाख भित्र राय सुझाव दिन राजनीतिक दलहरूलाई आग्रह गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद बैठकबाट पारित गरेको १०० दिने कार्यसूचीको तेस्रो बुँदामा सबै दलका घोषणापत्रका कार्यान्वयनयोग्य विषयहरू समेटेर राष्ट्रिय प्रतिबद्धतापत्र बनाउने भनेको थियो। उक्त प्रतिबद्धतापत्रमा उल्लिखित विषयहरूलाई…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
नयाँ वर्ष २०८३ : नयाँ सरकार, स्वास्थ्य क्षेत्रमा नयाँ अपेक्षा
स्वास्थ्यसमाचार/ नयाँ वर्ष २०८३ सँगै बनेको नयाँ सरकारले समग्र शासन सुधारसँगै स्वास्थ्य क्षेत्रप्रति पनि नागरिकको अपेक्षा उल्लेख्य रूपमा बढाएको छ। झन्डै दुई तिहाइ बहुमतसहित गठन भएको सरकारले सुशासन, पारदर्शिता र सेवा प्रवाहलाई प्राथमिकतामा राखेकाले स्वास्थ्य सेवा सुधारमा ठोस परिवर्तन आउने विश्वास गरिएको छ। नेपालमा स्वास्थ्य सेवा प्रवाह लामो समयदेखि जटिल प्रक्रिया, ढिलासुस्ती र अनियमितताबाट प्रभावित हुँदै आएको छ। सरकारी अस्पतालमा लाइन, औषधिको अभाव, उपकरणको कमी, र कर्मचारी व्यवस्थापनका समस्या सर्वसाधारणले भोग्दै आएका प्रमुख चुनौती हुन्। विशेषगरी ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा अझै पहुँचभन्दा बाहिर छ। नयाँ सरकारले सार्वजनिक…
स्वास्थ्य तथा खानेपानी मन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी
स्वास्थ्यसमाचार/ स्वास्थ्य मन्त्री निशा मेहतासँग ३० तोला सुनको गरगहना रहेको पाइएको छ ।आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ । यसको स्रोत दाइजो, उपहार र आफैंले खरिद गरेको विवरणमा उल्लेख छ ।मन्त्री मेहताको काठमाडौंको सौखेलमा ७ आना जग्गा रहेको उल्लेख छ । यसको स्रोत श्रीमान् र आफ्नो तलबका साथै ऋण रहेको उल्लेख छ । मन्त्री मेहताको माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार ५३५ रुपैयाँ, सानिमा बैंकमा १० लाख रुपैयाँ र २५ लाख रुपैयाँ हाराहारीको ब्रान्ड आई१० को एउटा गाडी रहेको छ ।…
प्रधानमन्त्रीको बैंकमा १ करोड ४६ लाख, आयस्रोत फेसबुक र युट्युब
स्वास्थ्यसमाचार/ प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सार्वजनिक भएको विवरण अनुसार, प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ । सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै बालेनको नाममा काठमाडौँमा ५ आना जग्गा र धनुषामा १.२ बिघा जग्गा रहेको उल्लेख छ । त्यस्तै महोत्तरीमा ९ बिघा जग्गा…
स्वास्थ्य मन्त्रालयको निर्देशन: नयाँ कार्यविधि नआएसम्म आइतबार पनि सेवा निरन्तर दिनू
स्वास्थ्यसमाचार/ सरकारले इन्धन खपत घटाउनका सार्वजानिक क्षेत्रमा शनिबार र आइतबार बिदा गरेको छ । स्वास्थ्य क्षेत्र संवेदनशील भएको भन्दै स्वास्थ्य मन्त्रालयले आइतबार सेवा सञ्चालन गर्नु र त्यसको सट्टामा अर्को दिन कर्मचारीलाई बिदा दिन स्वास्थ्य संस्थालाई निर्देशन दियो । तर कतिपय स्वास्थ्य संस्थाले भने स्वास्थ्य मन्त्रालयको निर्देशन मानेन् ।आइतबार ओपीडी बन्द गरे । सयौं बिरामी लाइनमा कुरे । तर अस्पतालले सेवा नदिएपछि घर फर्किन बाध्य भए । नेपाल चिकित्सक संंघ (एनएमए) ले चिकित्सकलाई सरकारले दोस्रो दर्जाको नागरिकझैं व्यवहार गरेको भन्दै जनशक्ति थप नभएसम्म र सेवा–सुविधाको विषयलाई उठाएर आइतबार सेवा दिन नसक्ने…
नर्सिङ जनशक्तिको अभाव देखाएर २ दिनको बिदाबाट वञ्चित गर्न पाइँदैन : नर्सिङ संघ
नेपाल नर्सिङ संघले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा (शनिबार र आइतबार) लागू भइसकेकाले सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूलाई पनि सो बिदा सुनिश्चित गर्नुपर्ने माग गरेको छ। संघले नर्सिङ जनशक्तिको अभावलाई कारण देखाएर बिदाबाट वञ्चित गर्न नपाइने स्पष्ट पारेको छ। संघका महासचिव डा. देवका कुमारी आचार्य र अध्यक्ष एफ. चन्द्रकला शर्माद्वारा जारी विज्ञप्तिमा नर्सहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै २ दिनको बिदा आवश्यक रहेको उल्लेख छ। यदि सेवा सञ्चालनमा जनशक्ति अपुग भए वैकल्पिक व्यवस्थापन गरी सेवा र बिदाको सन्तुलन मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरिएको छ। नेपाल नर्सिङ…
लुम्बिनी आयुर्वेद चिकित्सालयद्वारा ज्येष्ठ नागरिक तथा मातृशिशु स्वास्थ्य परीक्षण शिविर
स्वास्थ्यसमाचार/ बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयले मातृशिशु तथा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको छ। तिलोत्तमा नगरपालिका–४ स्थित श्रृगेश्वरधाममा आयोजना गरिएको उक्त शिविरमा एक सयभन्दा बढी जेष्ठ नागरिक तथा अन्य सेवाग्राहीले निःशुल्क स्वास्थ्य सेवा तथा औषधी प्राप्त गर्नु भयो । लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवलको आयोजनामा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको चिकित्सालयले जनाएको छ। लुम्बिनी आयुर्वेद चिकित्सालय विकास समितिका अध्यक्ष शालिकराम भुसालको अध्यक्षता तथा श्रृगेश्वरधाम जेष्ठ नागरिक मिलन केन्द्र रूपन्देहीका अध्यक्ष यदुनाथ पान्डेको प्रमुख अतिथि मोतिलाल उपाध्याय र महिला प्रतिनिधि कृष्णा लम्सालको…
रुकुम पूर्व अस्पतालको नवनिर्मित भवन उद्घाटन, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा विस्तार प्राथमिकता:मुख्यमन्त्री आचार्य
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेको रुकुम पूर्व अस्पतालको नवनिर्मित भवनको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुभएको छ । सिस्ने गाउँपालिका-५, रुकुमकोटमा आइतबार आयोजित एक औपचारिक कार्यक्रमका बीच मुख्यमन्त्री आचार्यले उक्त भवन उद्घाटन गर्नुभएको हो । साथै, नव निर्मित भवनबाट स्वास्थ्य उपचार सेवा समेत शुभारम्भ गरिएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले दुर्गम जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । `सर्वसुलभ रूपमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न जनशक्तिको अभाव हुन दिएका छैनौं । रिक्त हुँदा बित्तिकै जनशक्ति पठाउने व्यवस्था मिलाएका छौं,´…
वित्तीय संकटले लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निर्माण प्रभावित
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित गरेको विकासको ठूलो रकम खर्च नै गर्न सकेको छैन । धेरै आयोजनाहरुमा काम नै अघि बढ्न सकेको छैन । चालु आर्थिक वर्षको ९ महिना पूरा हुँदासमेत ती योजनाको सम्झौता नभएकाले अब बाँकी समयमा प्रकृया पूरा गरेर अघि बढ्ने संभावना धेरै कम देखिएको छ । तर प्रदेशकै गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निर्माणका लागि ठेकेदार कम्पनीसँग भएको पूर्वसहमतिअनुसार काम सकिएको रकम भुक्तानी दिन नसक्दा सरकारलाई ठूलो नोक्सानी परिरहेको छ । यो परियोजनाको ठेक्का पाएको कम्पनीले सम्झौताअनुसार…
लुम्बिनीमा लागुऔषध दुरुपयोगका चुनौती र नियन्त्रणका बारे छलफल
स्वास्थ्यसमाचार रुपन्देहीमा लागुऔषध दुरुपयोग नियन्त्रण गर्ने उद्देश्यले सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको आयोजना तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको समन्वय र व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यबाहक नगर प्रमुख कल्पना हरिजन प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी जिल्ला न्यायाधिवक्ता प्रकाश मरासिनी विशेष अतिथि तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली अतिथिका रूपमा सहभागी हुनुभएको थियो। अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरू, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै विभिन्न संघ–संस्थाका…

